बाजुरा- जिल्लाको स्वामीकार्तिक खापर गाउँपालिका वडा नम्बर ५ को मिगु गाउँमा ७० जनाको घर परिवारलाई सोलार वितरण गरेका छन।
२०७९ सालको असोज महिना १९ देखि २४ गतेसम्म आएको निरन्तर अविरल वर्षाले गर्दा गाउँमा भएको सानो बत्तीको नहर भत्किएको हुँदा अध्यारो अवस्थामा बस्नुपर्ने बाध्य रहेका थिए। अध्यारो बस्तीलाई उज्यालो बनाउन मिगु गाउँमा ७० जनाको घर परिवारलाई ५० वाटको सोलार गाउँपालिका अध्यक्ष भरत रोकायाको पहलमा गाउँमा पुगेर घरको दैलोमा गएर वितरण गरिएको छ।
गाउँमा तत्काल बत्तीको नहर बन्ने अबस्थामा नहुदा गाउँ सोलार दिएर अध्यारो मिगु बस्ती उज्यालो बनाउने उद्देश्यले हामी गाउँपालिका अध्यक्ष भरत रोकाया उपाध्यक्ष मैना जैशी वडा अध्यक्ष लगायत टोलि वितरण कार्यक्रम सहभागी रहेकोे बताए। वडामा रहेकोे स्वास्थ र शिक्षा गुणस्तरीय बनाउन स्थलगत अनुगमन पनि गरेको छ। जनता सेवामुलक र बिधालयमा पाउने बालबालिकालाई शिक्षा आदानप्रदान गर्न कार्य राम्रो हुनु संगै गुणस्तरीय बनाउन स्वामीकार्तिक खापर गाउँपालिका अध्यक्ष भरत रोकाया लागिपरेको बताएका छन।