बाजुरा- जिल्लाको हिमाली गाउँपालिका भरी ३ हजार १ सय ६३ जना बालबालिकालाई दादुरा रुवेला खोप लगाएको छ।
जेष्ठ महिनाको २५ गतेदेखि २८ गतेसम्म गाउँपालिका भित्र रहेका ६ महिना देखि १५ वर्ष मुनीका बालबालिकाहरुलाई वडाका स्वास्थ संस्था तथा बिधालय खोप केन्द्र खोप सञ्चालन गरिएको छ। बालबालिका दादुरा रोगलाई नियन्त्रण गर्न विषेश गरी खोप लगाएको छ। पालिका भरी ३२ वटा खोप केन्द्र मा ६४ जना स्वयंसेवीका ३२ जना स्वास्थ कर्मचारी खटिएको हिमाली गाउँपालिका स्वास्थ शाखा प्रमुख प्रेमकला मल्लले बताएका छन।
गाउँमा अधिकतम् रूपमा लाग्ने रोग दादुरा रुवेला लाई कम गर्नका लागि दादुरा खोप गाउँपालिका भित्रका वडा नम्बर १ मा ३ सय १८ जना वडा नम्बर २ मा ४ सय वडा नम्बर ३ मा २ सय ६६ जना वडा नम्बर ४ मा ३ सय २५ जना वडा नम्बर ५ मा ७ सय ९३ जना वडा नम्बर ६ मा १ हजार जना वडा नम्बर ७ मा १ सय ६१ जना लगायत जम्मा ३ हजार १ सय ६३ जना बालबालिकालाई दादुरा रुवेला खोप लगाएको स्वास्थ शाखा प्रमुख मल्लले बताएका छन।