बाजुरा–गुदुगाड झुलुङ्गे पुल सञ्चालनमा आएको छ । निर्माण कार्य सुरु गरिएको ६ महिना नबित्दै गुदुगाड झुलुङ्गे पुल सञ्चालनमा आएको निर्माण प्राविधिक खडकराज जैशीले बताएका छन् । पुलको निर्माण कार्य गत वर्ष २०७९ को मंसिर १५ बाट सुरु गरिएको थियो
२०७८ सालको बाढी पहिरोले बगाएर क्षति पुगेको पुल पुन निर्माण गरिएको हो । २०७९ मंसिर १३ गते सम्झौता गरेर २०८० को जेष्ठ ३१ गते हस्तान्त्रण गरिएको छ । पुलको खप्तड छेडेदह गाउँपालिकाका अध्यक्ष दीलबहादुर रावत, उपाध्यक्ष विशु नाथले सयुक्त रुपमा रिवन काटेर सञ्चालनको घोषणा गरेका हुन् ।
पुल पीसविन नेपाल र खप्तड छेडेदह गाउँपालिकाको सयुक्त सहकार्य र टिवीएसीको प्राविधिक सहयोगमा निर्माण गरिएको हो । ९२ मिटर लामो पुल निर्माण पछि गुदु र खाती गाउँका स्थानीयलाई आवत जावतमा सहज भएको छ । पुल बाढी पहिरोले बगाएपछि बार्जुगाड खोलामा स्थानीयलाई आवत जावतमा निकै कठिन हुने गरेको थियो ।
हिउँदको समयमा खोलामा काठेपुलको निर्माण पछि वारपार सहज भएपनि बर्षादको बेला वारी पारीका स्थानीयले लामो बाटो काटेर डोगडीबाट वारपार गर्नु पर्ने बाध्यता थियो । ५९ लाख २४ हजार १ सय १३ रुपैया लागतमा निर्माण भएको पुलमा १८ सय जनाले रोजगारी पाएका छन् ।
पुल उद्घाटन समारोहमा पालिका अध्यक्ष उपाध्यक्ष सहीत पालिका ४ का वडा अध्यक्ष दलबहादुर रावत, ७ का अध्यक्ष खगेन्द्र रावत, पुल प्राविधिक भीमबहादुर गुयाल सहीत स्थानीय सहभागि थिए । करिब ३ हजार ४० जनाले प्रत्यक्ष लाभ लिएपनि सिंगो खप्तड छेडेदह गाउँपालिकाका स्थानीय लाभान्वीत बनेका छन् ।
पालिका अध्यक्ष दिलबहादुर रावतले छिटो समयमै काम सम्पन्न गरि सेवा सहज पार्न स्थानीय स्तरबाट गरिएको योगदान प्रति धन्यवाद दिएका छन् । उपाध्यक्ष बिसुदेवी नाथले निर्माण कार्यमा सहकार्य गर्ने सबै पक्षलाई धन्यवाद दिएकी छन् ।
167 पटक पढिएको
अनलाइनमा सरकार
भौतिक पूर्वाधार तथा यातायात मन्त्रालय
स्वास्थ्य तथा जनसंख्या मन्त्रालय
शिक्षा विज्ञान तथा प्रविधि मन्त्रालय
कृषि तथा पशुपन्छी विकास मन्त्रालय
ऊर्जा, जलस्रोत तथा सिंचाइ मन्त्रालय
संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालय
उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्रालय
महिला बालबालिका तथा ज्येष्ठ नागरिक मन्त्रालय
गण्डकी प्रदेश
सुदूर पश्चिम प्रदेश
भुमि व्यवस्था, कृषि तथा सहकारी मन्त्रालय
उद्योग, पर्यटन, वन तथा वातावरण मन्त्रालय
भौतिक पूर्वाधार विकास मन्त्रालय
प्रदेश लेखा नियन्त्रक कार्यालय
आन्तरिक मामिला तथा कानून मन्त्रालय
सामाजिक विकास मन्त्रालय
प्रदेश सभा सचिवालय
आर्थिक मामिला तथा योजना मन्त्रालय
मुख्यमन्त्री तथा मन्त्रीपरिषद्को कार्यालय
प्रदेश प्रमुखको कार्यालय
© 2024, सर्वाधिकार सुरक्षित लाेकतन्त्र विहानी न्यूज
Made with ❤️ By Gorkhaly Labs