
बाजुरा- बडीमालिका नगरपालिकाको निरन्तर अनुरोधमा सडक विभाग पुल महाशाखाबाट बाउली खोलामा (ठुली साघु) पुल निर्माणको ठेक्का आब्हान भएको छ । नगरपालिकाका वडा नँ. १ २ ३ र ९ का उखाडी चौराटा वस्ती, गौमुल गांउपालिका र खप्तड छेडेदह गांउपालिका हुदै बझांगसम्मको यात्रा सहज हुने बुद्दीजिवि वीर बहादुर विष्टको भनाई रहेको छ । पुल निर्ममाण कार्यका लागि बडीमालिका नगर प्रमुख पदम बडुवाल, गौमुल गाउंपालिका अध्यक्ष हरी बहादुर रोकाया, संघीय माननीय लाल बहादुर थापा, प्रदेश माननीय प्रकाश शाह र इन्जीनियर जँग बहादुर थापा लगायतको पहलमा सो पुल निर्माण हुने भएको छ । बिगत लामो समय देखि मार्तडी थामलेख सडक खण्ड र गौमुल गाँउपालिका सम्म जोड्ने सडक खण्ड निर्माण भै सुचारु भएता पनि बडीमालिका नगरपालिकाको निरन्तर अनुरोधमा सडक विभाग पुल महाशाखाबाट पुल निर्ममाणका लागि पहल भएकाे हाे । त्यस क्षेेेेेेत्रका स्थानिनियहरुले बाउली खोलामा पुल नहुदा निकै नै कठिनायी भोग्नु पर्दै आएको छ ।
उसो त बाउली खोलाको पुलका लागि मात्र गरिएको पहलले थामलेख सम्म जोड्ने सडक खण्डले पुर्णता नपाउने भएको छ । बाउली खोलाको पुल निर्माणले भौनेरा र गौमुल गाँउपालिका सम्म मात्र सहज हुने देखिन्छ यता भौनेराको बुढीगँगा नदिका लागि पनि गाडी पुलको निर्माण कार्य चाँडै गर्न जरुरी देखिन्छ । बडीमालिका नगरपालिकाको वडा नम्बर १ र २ का स्थानियहरले भने अँझै लामो समय सम्म भौनेरामा गाडी पुल नबने सास्ति खेप्नु पर्ने सम्भावना देखिन्छ । गत बर्षको बाढीले भौनेराको बस्तिनै उजाड हुने गरि बगाए पछि सो ठाँउमा लगाईएको काठे पुल पनि बैसाखमा नै बगाएर लिए पछि १ नम्बर र २ नम्बरका स्थानियहरुलाई दैनिक उपभोग्य सामानहरु ढुवानी गर्न कठिनायी भएको छ । मार्तडी थामलेख सडक खण्ड जोड्ने भाैनेरा पुल निर्माणका बिषयमा पनि स्थानिय सरकारको ध्यान जावस भन्ने ठहर त्यस ठाँउका बासिन्दाहरुको रहेको छ ।