
बाजुरा- कृषि ज्ञान केन्द्र बाजुराले जिल्लामा व्यवसायीक कृषकहरुलाई वर्षे फलफुलका विरुवाहरु वितरण गर्ने भएको छ ।
ज्ञान केन्द्रले शुक्रबार एक सूचना जारी गर्दै जिल्लाका कृषकहरुलाई जेठ २५ गते भित्र कृषि ज्ञान केन्द्र र सम्वन्धित स्थानीय तहमा सम्पर्क गरेर कम्तिमा ५० वटा वर्षे फलफुलका विरुवाको माग गर्ने सुुुुुुचनामा बताइएकाे छ ।
“फलफुल रोपौं, कृषक पेन्सन कार्यक्रममा सहभागी बनौं” भन्ने नाराका साथ संचालन गरिएको रोपण वर्ष २०७७ को अवसरमा कृषकहरुलाई वर्षे फलफुलका विरुवा वितरण गर्न लागिएको कृषि ज्ञान केन्द्र बाजुराका सूचना अधिकारी मिन प्रसाद जैशीले लाेकतन्त्र बिहानी न्युजलाई बताए ।
जैशीका अनुसार सूचना जारी भएको समय भित्र सम्पर्क गर्ने व्यवसायिक कृषकलाई कागती, सुन्तला, मौसमी, आँप र लिचिको वगैचा व्यवस्थापनका लागि सहयोग गरिने बताए ।