बाजुरा- जिल्लाको हिमाली गाउँपालिकाका वृक्षारोपण कार्यक्रम प्रभावकारी हुँदा प्रोत्साहन स्वरूप कृषकलाई चामल वितरण गरिएको छ।
कृषकलाई लगाएका फलफूल स्याउ ओखर अन्य बिरुवाको एक बोट बचाए बापत ५ किलोग्राम चामल वितरण गरिएको छ। हिमाली गाउँपालिका वडा नम्बर १ मा १ सय ९५ कुइन्टल वडा नम्बर २ मा २ सय नौ कुइन्टल वडा नम्बर ३ मा १ सय ९४ कुइन्टल वडा नम्बर ४ मा १ सय ६३ कुइन्टल वडा नम्बर ५ मा ३ सय ९८ कुइन्टल वडा नम्बर ७ मा १ सय ६ कुइनटल गरि जम्मा १६ हजार ६ सय ८० कुइनटल चामल वितरण गरिएको छ। वडा नम्बर ६ चामल वितरण हुन बाकी रहेकोे कृषि बिकास शाखा प्रमुख टोपबहादुर शाहीले बताएका छन।
जम्मा १६ हजार ६ सय ८० कुइनटल चामल वितरण मध्य वडा नम्बर ६ मा ४ सय ८३ कुइनटल वितरण गर्न बाकी रहेकोे छ। असार महिनामा अविरल वर्षाले गर्दा ढुवानी गर्ने क्रममा सडक ठाउँ ठाउँमा पहिरोले बन्द भएको कारणले ढिलासुस्ती भएको छ। अब बाकी रहेको वडा दुई दिन भित्रमा कृषकलाई चामल वितरण कार्य निरन्तर अगाडी लैजाने कृषि विकास शाखा प्रमुख शाहीले बताएका छन।
“आजको लगानी बोट, भोलिको प्रतिफल नोट एक व्यक्ति पाँच रुख अनिवार्य लगाऔ, फलफूल बेची गरिबी भगाऔ” भन्ने नाराका साथ यस हिमाली गाउँपालिकाले संचालन गर्दै आएको खाद्य सुरक्षाका लागि वृक्षारोपण कार्यक्रमलाई निरन्तर गर्दै फलफूल तथा अन्य विरुवा संरक्षरण गरे बाफत प्रोत्साहन स्वरूप खाद्यान्न वितरण गरिएको हिमाली गाउँपालिका अध्यक्ष गोबिन्द बहादुर मल्लले बताएका छन।
कृषकहरूले उत्पादन गरेको फलफूलहरु र अन्य नगदेबालीहरु भण्डार गर्न कृषि सित गृह (कोलड स्टोर) निर्माणकार्य भैरहेको निर्यातका लागि बजारीकरण कार्यक्रम संचालनमा ल्याइने भएको छ। कृषि क्षेत्रको आधुनिकीकरण व्यवसायीकरण र बजारीकरण प्रबर्द्धन गर्ने कार्यक्रमलाई प्राथमिकता साथ कार्यान्वयन गरिने छ। हिमाली गाउँपालिकामा उत्पादीत कृषि तथा पशुजन्य उत्पादनलाई बजारीकरण गर्नका लागि कृषि एम्बुलेन्स सञ्चालन गर्न बजेट विनियोजन समेत व्यवस्था गरिएको अध्यक्ष मल्लले बताए।











