बाजुरा- जिल्लाको हिमाली गाउँपालिका धुलाचौरमा बिजुली बत्ती सञ्चालनका पोल जडान कार्य तिव्र रूपमा अगाडी बढाएको छ।
हिमाली गाउँपालिका वडा नम्बर ५ को कवाडी स्थिति रहेको कवाडी जलविद्युत आयोजना २०६८ सालमा संचालन गरिएको थियोे। उर्जा प्रबर्द्धन केन्द्र ९० प्रतिशत र हिमाली गाउँपालिका कार्यालयले १० प्रतिशत लगानीमा जलविद्युत आयोजना निर्माणकार्य सम्पन्न गरिएको थियोे। बत्तीको काम सकिने बित्तिकै गाउँपालिका अध्यक्ष गोबिन्द बहादुर मल्ल र प्रमुख प्रशासकीय अधिकृत राज बहादुर भण्डारी लगायत स्थानीय सहभागिता भइ २०७८ साल चैत १२ गते कवाडी बजार आसपास स्थानमा विद्युत सुचारु गरि उज्यालो बस्ती थियोे।
विद्युत १०० वाट क्षमता बत्ती रहेकोे छ। बत्ती सञ्चालन भएको केहि समय पछि वडा नम्बर ५ रुगिन, नदापाटा र बक्षा लगायत बस्तिका घरपरिवारले उज्यालो बत्तीमा बस्ने गरेको कवाडी जलविद्युत आयोजना अध्यक्ष प्रबल बुढथापाले बताएका छन।
अहिले हिमाली गाउँपालिका वडा नम्बर ४ को फैती र बोर्ता गाउँमा बत्तीको तार जडान गरी परिक्षण काम भैसकेको छ। अहिले विद्युतको घरबाट बत्तीको लाइन छोडेको छैन। विद्युतको लाइन फैती गाउँ हुँदै हिमाली गाउँपालिका केन्द्र धुलाचौरमा बजार लगायत आसपासका क्षेत्रमा विद्युतको फोल रोप्ने काम भैरहेको छ। तार जडान गर्नका लागि सम्बन्धि ठाउँमा समान पुगेको छैन। तार पुग्ने बित्तिकै तार जडान गरी उज्यालो हिमाली बनाउन एक हप्ता भित्र विद्युत बालेर उज्यालो बस्ती बनाउन लागिपरेको कवाडी जलविद्युतका आयोजनाका अध्यक्ष बुढथापाले बताए।