बाजुरा- हिमाली गाउँपालिकामा व्यवसायीक योजना सम्बन्धि १ दिने तालिम सम्पन्न गरेका छन।
हिमाली गाउँपालिका कार्यालयको आयोजना र सुनौलो कृषि बचत तथा ऋण सहकारी संस्था लिमिटेड सहजीकरणमा पालिकाको सभा हलमा तालिम सञ्चालन गरिएको छ। व्यवसाय मुख्य उदेश्य नाफा आर्जन गर्ने पैसा कमाउने साथै बस्तु तथा सेवा उत्पादन गरी उपलब्ध गराउने क्रियाकलाप व्यवसाय भन्ने बुझान्छ। गाउँ टोलमा उत्पादनमूलक व्यवसाय र सेवामूलक व्यवसाय गर्दा राम्रो हुने तालीम सहजकर्ता कमला बुढाले बताएका छन।
हामीले व्यवसाय गर्दा आत्मनिर्भर हुन सक्ने, नाफा कमाउन संगै समाज इज्जत कमाउने गरिन्छ। आफ्नो मालिक आफै बन्ने हुँदा व्यवसाय गर्न राम्रो उचित देखिन्छ। व्यवसाय सफल उधमी बन्न आत्मविश्वास, लक्ष्य निर्धारण, सिर्जनशिलता र धैर्य खालको गुण हुनुपर्छ। व्यवसायिक अवसरको पहिचान गर्ने किसिमको हुनुपर्छ। व्यवसाय सुरु गर्नु भन्दा पहिला जुन स्थानमा आयात निर्यात हुने बस्तुको अध्यन गर्न, स्थानीय कच्चापदार्थको अध्यन गर्नेका साथै नयाँ प्रविधिको प्रयोग गर्दा व्यवसाय फस्टाउन सक्ने तालीम सहजकर्ता कमला बुढाले बताएका छन।
उक्त तालिम सञ्चालन कार्यक्रम हिमाली गाउँपालिका अध्यक्ष गोबिन्द बहादुर मल्ल अध्यक्षतामा तालिम संचालन गरेका छन। उपाध्यक्ष राजकला सार्की, निमित्त प्रमुख प्रशासकीय अधिकृत राज बहादुर भण्डारी, सुनौलो कृषि बचत तथा ऋण सहकारी संस्था लिमिटेड अध्यक्ष तिलक राज तिमिल्सिना सहित धुलाचौर बजार व्यवसायिकहरुको उपस्तिथिमा व्यवसायीक योजना सम्बन्धि १ दिने तालिम सञ्चालन गरिएको छ। सोही तालीम सहजीकरण हिमाली गाउँपालिका उधम बिकास सहजकर्ता कमला बुढाले गर्नुभएको गाउँपालिकाले बताएको छ।