युनिकोड    राशिफल    एफएम रेडियाे                        
 BREAKING
साउने संक्रान्तीको अवसरमा विरेखोलामा देउडा कार्यक्रम हुनेु | बाजुरा अदालतमा आर्थिक बर्षमा १ सय ८० मुद्दा दर्ता , सबै भन्दाबढि सम्बन्ध विच्छेदका मुद्दा | बुढिगंगाका बुढथापाको नदिमा डुबेर मृत्यु | बाजुरा जिल्ला पूर्णखोप सुनिश्चित तथा दिगोपना घोषणा | मोबाईल पत्रकारिता तालिम मार्तडीमा सम्पन्न | ६ वटा निर्णय गर्दै जिल्ला सल्लाहकार समितिको बैठक सम्पन्न | बुढीनन्दा पूर्ण खोप सुनिश्चितता तथा दिगोपना घोषणा | प्रस्तावित बडीमालिका संरक्षणक्षेत्रको सरोकारवालासंग छलफल | मानव अधिकार पुस्तककाे पुर्व अर्धवार्षिक समीक्षा | बाम्काका अग्नी पिडितलाइ छेडेदहले एक लाख सहयोग गर्ने |
363 पटक पढिएको

बाजुरामा लोकतन्त्र बिहानी अनलाईन न्युज संचालनमा, एक कार्यक्रमका साथ जुम मार्फत औपचारिक उद्घाटन
बाजुरा:– लोकतन्त्र बिहानी मिडिया हाउसद्वारा सञ्चालित लोकतन्त्र बिहानी अनलाइन न्युजको जुम मार्फत सोमबार एक कार्यक्रमका साथ उद्घाटन सम्पन्न भएको छ । सहि सुचना सत्य समाचारको नारा सहितको अनलाइनको बिधिवत रुपमा उद्घाटन सम्पन्न भएको हो ।

लोककतन्त्र बिहानी मिडिया हाउसका अधयक्ष देवराज पाध्यायको अध्यक्षतामा संचालन भएको कार्यक्रमको उद्घाटन नेपाली काँग्रेस जिल्ला कार्य समिति बाजुराका सभापति कविराज पण्डितले गर्नु भएको हो । कार्यक्रममा शुभकामना मन्तब्य दिदै प्रमुख अतिथीले बाजुरा जस्तो दुर्गम जिल्लामा पत्रकारिता गर्न निकैै नै चुनौति भएकोले नेपाली काँग्रेस सधै पत्रकारको साथमा रहेको बताए । अनलाँइनको उद्घाटन ब्यानेर पढेर प्रमुख अतिथी कविराज पण्डितले गर्नु भएको थियो ।

उद्घाटन कार्यक्रमा नेपाली काग्रेस बाजुराका सभापति कविराज पण्डित प्रमुख अतिथी रहनु भएको थियो भने नेपाल पत्रकार महासंघका केन्द्रीय अध्यक्ष विपुल पोख्रेल, नेपाल प्रेस युनियनका केन्द्रीय अध्यक्ष बद्री सिग्देल, नेपाली काँग्रेस महासमिति सदस्य जुना दानी, बडिमालका नगरपािलकाका मेयर पदम बडुवाल, उप–मेयर कविता बिष्ट र खप्तड छेडेदह गाँउपालिकाकी उपाध्यक्षा कुन्ती बुढा (साँउद), नेपाली काँग्रेस जिल्ला कार्य समितिका सचिव रनसिँह ऐडी, नेपाल पत्रकार महासंघ बाजुराका अध्याक्ष छक्क मल्ल लगायतका बिशिष्ट अतिथी रहनु भएको थियो ।

नेपाल महिला संघकी जिल्ला अध्यक्ष अमृता सिँह, नेपाल प्रेस युनियनका जिल्ला अध्यक्ष प्रेम रौले, नेपाल बिद्दार्थी संघका कार्यबाहक अध्यक्ष जनक थापा, नेपाली काँग्रेस बाजुरा दिल्ली सम्पर्क समितिका अध्यक्ष लोकेन्द्र बुढा लगायत अतिथी रहनु भएको थियो ।

कार्यक्रमका प्रमुख अतिथीले शुभकामना मन्तब्यमा पत्रकारहरुले समाजका घटनाहरु सत्य तथ्य रुपमा पर्दामा ल्याउनु पर्ने कुरामा जोड दिनु भयो । बिकासमा नाममा भ्रष्ट्राचारीको बिगबिगी भएकोले यस्ता कार्यको कुनै पनि डर त्रास नमानी पत्रकारले लेख्नु पर्ने कुरामा नहडबडाउन अनुरोध गरे । बडिमालिका नगरपालिकाको तालिम हलबाट संचालन भएको उद्घाटन कार्यक्रममा बोल्दै बिशिष्ट अतिथी नेपाल पत्रकार महासंघका केन्द्रीय अध्यक्ष विपुल पोख्रेलले पत्रकारहरुलाई कुनै पनि दैविक प्रकोप, महामारी र राजनितक उदण्डतामा पनि फन्टलाइनमा खटेर काम गर्नु पर्ने भएको हुदा सम्बन्धीत निकायहरुले साथ दिनु पर्ने कुरामा जोड दिए ।

उद्घाटन कार्यक्रममा शुभकामना मन्तब्य दिदै बिशिष्ट अतिथी नेपाल प्रेस युनियनका केन्द्रीय अधयक्ष बद्री सिग्देलले बाजुरा जस्तो दुर्गम जिल्लामा पत्रकारहरुले चुनौति बोकेर पत्रकारिता गर्नु पर्ने एक ठाँउमा छ भने त्यसैमा जिल्लामा क्रियाशिल पत्रकारहरु र मिडियाहरु जन्मिनुमा दुर्गमको प्रतिनिधित्व गर्ने स्थानिय तहहरुले पनि पत्रकारको पेषागत सुरक्षामा ध्यान दिनु पर्ने केरामा जोड दिए । कार्यक्रमलाई रेडियो पौरखी ९०.४ मेगार्हले प्रत्यक्ष प्रसारण गरेको थियो ।

औपचारिक जुम मार्फत संचालन भएको स्वागत मन्तब्य लोकतन्त्र बिहानी नयुजका प्रवन्धक एबम् कार्यकारी सम्पादक राम बहादुर दानीले गरेका हुन भने कार्यक्रमको संचालन अनलाइनका सह–सम्पादक राजेन्द्र रोकायाले गरेका हुन ।
सुरेन्द्र गीरीले खुसी हुदै नगर प्रमुख रावललाई लेखे खुला पत्र ।
खुला पत्र
आदरणिय नेता राम सिंह रावल ज्यु ।
बुढिगङगा नदिमा मोटरेबल पुलका लागि २०६४ साल देखि सिंहदरबारमा रहेको यातायात ब्यबस्था मन्त्रालय, राष्ट्रिय योजना आयोग तथा अन्य निकायहरुमा धाउदा धाउदै धेरै जोर जुत्ता फाटे होलान । तपाईंका हस्तलिखित कतिपय केही डकुमेन्ट आज पनि स्व. डबल कटुवाल संग छन र केहि म संग ताजै छन । सुशील कोइराला नेतृत्वको सरकारमा बिमलेन्द्र निधि र शेरबहादुर देउवा नेतृत्वको सरकारमा वीर बहादुर बलायर यातायात मन्त्री हुदा तपाईं हामी मन्त्रालयमा जादा तत्कालिन मन्त्री वीर बहादुर बलायर ज्युको ठाडो तोक अदेशले डि पि आर भयको होइन र ? मुलुक गणतन्त्र कार्यान्वयनको दिशामा अघिबढी रहदा ने क पा को दुई तिहाइको सरकारले पुलको ठेक्का गर्न आनाकानी गरेन र ? केही तत्वोको सामान्य अबरोध र सरकारले आनाकानी गर्दागर्दै पार्टिका केही नेता तथा कार्यकर्ताको साथ लियर तपाइको अनबरत यात्रा जारी रहेन र ? सफल हुनु भो ! आज खुशी छौ, म पनी स्वर्गमा रहेको डबल पनि ! नथाक्नु होला, न डगमगाउनु होला, डराउने त तपाइको बानिनै छैन ! बाजुरा जिल्लाका तमाम युवा तपाइको साथमा छन, त्रिवेणीका त सबै युवा तपाइको साथमा छन् ! आगामी दिन सफलताका दिन हुनेछन शुभकामना !!
छुवाछुत अन्त्य दिवसको अबसरमा नगर प्रमुख रावलद्वारा गरियो एक घर एक सिलाई मेसिन सहयोग
राम बहादुर बि.क. बाजुरा–
त्रिवेणी नगरपालिका वडा नं ८ मा दलित समुदायमा गरिवीको रेखामुनी रहेका दलित परिवारहरुलाई एक घरमा एक सिलाई मेसिन सहितका समाग्री सहयोग गरिएको छ ।
त्रिवेणी नगरपालिकाको आर्थिक सहयोगमा एक घरमा एक सिलाई मेसिन सामाग्री सहयोग गरिएको स्थानिय भरत बहादुर बुढाले बताउनु भएको छ । विहिवार नगरप्रमुख रामसिहं रावल उक्त वडामा पुगी सिलाई मेसिन सहित सिलाईमा चाहिने सवै सामाग्री हस्तान्त्रण गरिएको स्थानिय बुढाले बताएका छन ।
त्रिवणी नगरपालिका वडा नं ८ मा सिलाई कटाईको व्यवसाय गर्दै आएका दलित परिवार सवैलाई सो सामाग्री सहयोग गरिएको नगरपालिकाले बताएको छ । यता नगरपालिकाले सिलाई कटाई व्यवसाय गर्न चाहने तर आर्थिक अभावका कारण व्यवसायमा संग्लन हुन नसकेका परिवारलाई विभिन्न किसिमका तालिम , गोष्ठि र सामाग्री सहयोग गर्दै आएको नगरप्रमुख रामसिंह रावलले बताएका छन ।
नगरपालिकाले बढिजसो लक्षित बर्ग लगाएत अन्य नागरिकहरु समेटिने गरी बढि प्राथमिकतामा राखेको नगरप्रमुख रावलको भनाई रहेको छ ।
सिलाई मेसिन हस्तान्त्रण कार्यक्रममा नगरप्रमखु रामसिंह रावल , कार्यपालिका सदस्य हरि नेपाली लगाएत स्थायिहरुको सहभागिता रहेको थियो । साथै सिलाई मेसिन सहयोग कार्यक्रम संगै उतm वडाका सिलाई कटाई व्यवसायीहरुलाई एक महिना निशुल्क सिलाई कटाई तालिम समेत संचालन भएको छ ।

कृषि ज्ञान केन्द्र बाजुराले कृषकहरुलाई बर्षेे फलफुलका बोटहरु वितरण गर्दै
कृषि ज्ञान केन्द्र बाजुराले जिल्लामा व्यवसायीक कृषकहरुलाई वर्षे फलफुलका विरुवाहरु वितरण गर्ने भएको छ ।
ज्ञान केन्द्रले शुक्रबार एक सूचना जारी गर्दै जिल्लाका कृषकहरुलाई जेठ २५ गते भित्र कृषि ज्ञान केन्द्र र सम्वन्धित स्थानीय तहमा सम्पर्क गरेर कम्तिमा ५० वटा वर्षे फलफुलका विरुवाको माग गर्ने सुुुुुुचनामा बताइएको छ ।
“फलफुल रोपौं, कृषक पेन्सन कार्यक्रममा सहभागी बनौं” भन्ने नाराका साथ संचालन गरिएको रोपण वर्ष २०७७ को अवसरमा कृषकहरुलाई वर्षे फलफुलका विरुवा वितरण गर्न लागिएको कृषि ज्ञान केन्द्र बाजुराका सूचना अधिकारी मिन प्रसाद जैशीले लोकतन्त्र बिहानी न्युजलाई बताए ।

जैशीका अनुसार सूचना जारी भएको समय भित्र सम्पर्क गर्ने व्यवसायिक कृषकलाई कागती, सुन्तला, मौसमी, आँप र लिचिको वगैचा व्यवस्थापनका लागि सहयोग गरिने बताए ।
बाउली खोलामा गाडी पुल निर्माणका लागि आव्वाहान, चाँडै बाउली खोला (ठुली साँगु) गाडी पुल निर्माण हुने सम्भावना
बाजुरा– बडीमालिका नगरपालिकाको निरन्तर अनुरोधमा सडक विभाग पुल महाशाखाबाट बाउली खोलामा (ठुली साघु) पुल निर्माणको ठेक्का आब्हान भएको छ । नगरपालिकाका वडा नँ. १ २ ३ र ९ का उखाडी चौराटा वस्ती, गौमुल गांउपालिका र खप्तड छेडेदह गांउपालिका हुदै बझांगसम्मको यात्रा सहज हुने बुद्दीजिवि वीर बहादुर विष्टको भनाई रहेको छ । पुल निर्ममाण कार्यका लागि बडीमालिका नगर प्रमुख पदम बडुवाल, गौमुल गाउंपालिका अध्यक्ष हरी बहादुर रोकाया, संघीय माननीय लाल बहादुर थापा, प्रदेश माननीय प्रकाश शाह र इन्जीनियर जँग बहादुर थापा लगायतको पहलमा सो पुल निर्माण हुने भएको छ । बिगत लामो समय देखि मार्तडी थामलेख सडक खण्ड र गौमुल गाँउपालिका सम्म जोड्ने सडक खण्ड निर्माण भै सुचारु भएता पनि बडीमालिका नगरपालिकाको निरन्तर अनुरोधमा सडक विभाग पुल महाशाखाबाट पुल निर्ममाणका लागि पहल भएको हो । त्यस क्षेत्रका स्थानिनियहरुले बाउली खोलामा पुल नहुदा निकै नै कठिनायी भोग्नु पर्दै आएको छ ।
उसो त बाउली खोलाको पुलका लागि मात्र गरिएको पहलले थामलेख सम्म जोड्ने सडक खण्डले पुर्णता नपाउने भएको छ । बाउली खोलाको पुल निर्माणले भौनेरा र गौमुल गाँउपालिका सम्म मात्र सहज हुने देखिन्छ यता भौनेराको बुढीगँगा नदिका लागि पनि गाडी पुलको निर्माण कार्य चाँडै गर्न जरुरी देखिन्छ । बडीमालिका नगरपालिकाको वडा नम्बर १ र २ का स्थानियहरले भने अँझै लामो समय सम्म भौनेरामा गाडी पुल नबने सास्ति खेप्नु पर्ने सम्भावना देखिन्छ । गत बर्षको बाढीले भौनेराको बस्तिनै उजाड हुने गरि बगाए पछि सो ठाँउमा लगाईएको काठे पुल पनि बैसाखमा नै बगाएर लिए पछि १ नम्बर र २ नम्बरका स्थानियहरुलाई दैनिक उपभोग्य सामानहरु ढुवानी गर्न कठिनायी भएको छ । मार्तडी थामलेख सडक खण्ड जोड्ने भौनेरा पुल निर्माणका बिषयमा पनि स्थानिय सरकारको ध्यान जावस भन्ने ठहर त्यस ठाँउका बासिन्दाहरुको रहेको छ
फेरियन यहाँको जीवनस्तर–फेरियन मेरो स्वामिकार्तिक खापर गाँउपालिका– केशव भण्डारी
बाजुरा– कर्णाली पारी, राजधानीको नजरमा सुदुरपश्चिमको पनि दुरदराजको मेरो बाजुरा,उक्त सदरमुकाम देखि कयौँ कोष टाडा, मेरो जन्मभुमि मेरो जन्म भुमि स्वामिकार्तिक खापर गाँउपालिका, यहि स्थानिय तहमा छ मेरो वस्ति, बिडम्वना खै कता छ राज्य, नत सणथानिय सरकारको नै आँखो जान्छ मेरो बस्तिमा न त सँघ र प्रदेशको सरकारको नै आँखो जान्छ त्यो कन्धाराको बस्तिमा ।भन्न मन लाग्छ वेला– वेला आफ्नो जन्म र कर्म थलोलाइ सम्झेर सराप्नेको कमि छैन यहाँ, आफ्ना पाखुराहरुले त्यो चट्टानलाइ फोरेर बाली उब्जाउन संधै तल्लिन रहिरहने किसानहरुको बासस्थान हो मेरो स्वामिकार्तिक मेरो प्रिय जन्मभुमि ३ बर्षको चार महिना समणम पनि रहर पूरा गर्ने उद्देश्य बनेकेका घर परिवारको लुगाफाटो र खानपानको जोहो गर्न गार्हो पर्ने मेरो ठाउँ यो समयमा पनि धेरै बुवाहरु र साथिहरु कोहि खाडी मुलुक तिर त कोहि भारतका कुना कन्दरामा भौंतारिरहेका छन् । मो सरकार दाललाइ स्वादिष्ट पार्न नुनको खाँचो संधै परिरहने मेरो ठाँउ मा उन उब्जाउने भेडा र बाख्रा पालनमा आवद्ध किसानहरुको भने कमि छैन यहाँ १ आलु सिमी र स्याउ फलाउन बर्षे सिजनमा लेखतिर धाइरहनेहरुको पनि कमि छैन यहाँ१ लेख,वेसि,उकाली र ओराली गरेर विहान वेलुकाको छाक गुजारा गर्न हिडिरहेकाहरुले आज भोली काम को शिलशिलामा बाटोमा भिडै भिड छ १ कतिबेला लाग्छ आहा १ कति रमाइलो तर यो हिँडाइको वास्तविक रहस्यामा डुब्ने हो भने पिडै पीडा मा हिडिरहेका मान्छेका मन फाटेका र जलेका छन् ।

आमाहरुलाई कहिले चुहिने छानोले रुवाँउछ त कहिले छाक टार्न मानोले रुवाँउछ, कहिले मुग्लिनका श्रीमान र छोराहरुलाई सम्झेर आमाका आँसु खसेका हुन्छन त कहिले छोराछोरीको पेट भोको र जिउ नाँङ्गोले रुवाँउछ ।

बुवाहरु र युवाहरुलाइ आफ्नी घरकि प्यारी सम्झेर, नाबालक छोराछोरी सम्झेर, बुडेसकालका बा आमा सम्झेर अनि त्यो घरका खेतहरु बाँझै रहेहुन् भन्ने पिर परेर त कहिले के खाए के लाए भन्ने सम्झेर पोलिरहेका छन् वहाँहरुका मन ।

अचेल यहाँ तराई बसाइँसराई गर्न होडबाजी चहिरहेको छ। यहाँको धेरै जमिन बाँजो रहेको छ, चौतारीहरु शून्य भयका छन धेरैले बाआमालाइ घरमै छोडेर आफु अन्त बसाइँसराइ गरेका छन् ।
यहाँ विडम्बना र समस्या माथि सरकारको हेर्ने नजर खासै सकरात्मक देखियको छैन् १ यहाँका बाटो(घाटो हरु उस्तै छन, विद्यालय र अस्पतालको अवस्था मा पनि कुनै नौलोपन छैन, पानी भर्न पधेँमा धाइरहनु परकै छ, खाद्यान्न किन्न दिनभरिको बाटो धाउनै परेको छ ११ कठै ११ मेरो सरकार बाजुराको दुरदराज त्यसैमा सदरमुकामबाट कयौ कोषमा अबस्थित मेरो स्वामिकार्तिक खापर गाँउपालिकामा कहिले तेरो आँखो पर्ला । सुत्केरीले खान नपाएर बच्चाहरु सुकेनास लागेर बाल मृत्युदर बढि भएको पनि समाचारमा आई रहेको मेरो त्यहि गाउपालिका हो मेरो सरकार ।
केशब भण्डारी
स्वामिकार्तिक खापर गाँउपालपका बाजुरा

प्रतिक्रिया

सम्बन्धित खवर

लोक सेवा आयोग
प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय
सङ्घीय मामिला तथा सामान्य प्रशासन मन्त्रालय
गृह मन्त्रालय
अर्थ मन्त्रालय
परराष्ट्र मन्त्रालय
रक्षा मन्त्रालय
कानून, न्याय तथा संसदीय मामिला मन्त्रालय
सञ्‍चार तथा सूचना प्रविधि मन्त्रालय
कर्णाली प्रदेश
प्रदेश नं. ५
भौतिक पूर्वाधार तथा यातायात मन्त्रालय
स्वास्थ्य तथा जनसंख्या मन्त्रालय
शिक्षा विज्ञान तथा प्रविधि मन्त्रालय
कृषि तथा पशुपन्छी विकास मन्त्रालय
ऊर्जा, जलस्रोत तथा सिंचाइ मन्त्रालय
संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालय
उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्रालय
महिला बालबालिका तथा ज्येष्ठ नागरिक मन्त्रालय
गण्डकी प्रदेश
भूमि व्यवस्था,सहकारी तथा गरिबी निवारण मन्त्रालय
सहरी विकास मन्त्रालय
श्रम, रोजगार तथा सुरक्षा मन्त्रालय
वन तथा वातावरण मन्त्रालय
युवा तथा खेलकुद मन्त्रालय
खानेपानी मन्त्रालय
सर्वोच्च अदालत
निर्वाचन आयोग
प्रदेश नं. १
सुदूर पश्चिम प्रदेश
भुमि व्यवस्था, कृषि तथा सहकारी मन्त्रालय
उद्योग, पर्यटन, वन तथा वातावरण मन्त्रालय
भौतिक पूर्वाधार विकास मन्त्रालय
प्रदेश लेखा नियन्त्रक कार्यालय
आन्तरिक मामिला तथा कानून मन्त्रालय
सामाजिक विकास मन्त्रालय
प्रदेश सभा सचिवालय
आर्थिक मामिला तथा योजना मन्त्रालय
मुख्यमन्त्री तथा मन्त्रीपरिषद्को कार्यालय
प्रदेश प्रमुखको कार्यालय

बाजुरा स्थानिय सरकार

बडीमालिका नगरपालिका
त्रिवेणी नगरपालिका
बुढीगंगा नगरपालिका
बुढीनन्दा नगरपालिका
गौमुल गाँउपालिका
जगन्नाथ गाँउपालिका
स्वामिकार्तिक खापर गाँउपालिका
खप्तड छेडेदह गाँउपालिका
हिमाली गाँउपालिका
error: Content is protected !!