बाजुरा = विकास निर्माणमा सहज पुर्याउन बुढीनन्दा नगरपालिकाले डोजर खरिद गरेको छ । बुढीनन्दा नगरपालिकाले आफ्नै नयाँ डोजर खरिद गरेको छ । नगरपालिकाभित्र भौतिक पूर्वाधार निर्माण तथा सडक निर्माण गर्न आफ्नै डोजर खरिद गरेको नगरप्रमुख जनक कुमार बोहराले बताएका छन् ।नगरपालिकाको वार्षिक निति तथा कार्यक्रम अनुसार पालिकाले नयाँ डोजर खरिद गरिएको हो । डोजर खरिद पछि नगरपालिका भित्रका अवरुद्ध सडक खुलाउन तथा नयाँ सडक निर्माण गर्न सहज हुने नगर प्रमुख बोहराको भनाई रहेकाे छ ।यसभन्दा अगाढी नगरपालिका भित्रका सडक निर्माण तथा मर्मत गर्नको लागि अरुका मेसिन भाडामा लिएर काम गर्नु पर्ने वाध्यता थियो जसका कारण नगरपालिकाको खर्च बढी हुने गरेको थियो अव आफ्नै डोजर खरिद भएपछि नगरपालिकाको खर्च कम हुने पालिकाले बताएको छ ।
नगरपालिकाले नयाँ डोजर खरिद गरेसंगै वर्षा र पहिरोका कारण अवरुद्ध हदै आएको मार्तडी कोल्टी सडक र नगरपालिका भित्रका वडा कार्यालयसम्म जाने सडक मर्मत गरिने भएका छन् ।नगरपालिकाले यस अघिको कार्यपालिकाको बैठकबाटै डोजर खरिदको निर्णय गरेको थियो। यस्तै आगामी आर्थिक वर्षको साउन भित्रै नगरपालिकामा १ एम्वुलेन्स, १ कृषि एम्बुलेन्स र १ नगर बस खरिद गरेर सेवा संचालन गर्न लागिएको नगरपालिकाले जनाएको छ ।











