युनिकोड    राशिफल    एफएम रेडियाे                        
 BREAKING
नेपाली जनसमाज भारत पुर्बी दिल्ली नगर समिति महिला बिभागको तिज बिशेष कार्यक्रम सम्पन्न | नेपाल शिक्षक संघ बडीमालिका नगरकार्य समिति बाजुराद्धारा आपत्तिजनक बिज्ञप्ती, के लेखिएको बिज्ञप्तीमा हेर्नुस । | पहिरोले कुवाडी नदी थुनिएको आशंका ,सचेत रहन गाउँपालिका द्धारा आग्रह | तनहुँ बस दुर्घटनामा २७ जनाको मृत्यु भएको पुष्टि | अविरल वर्षाका कारण पिनालेखमा एक घर भत्कियो | बझाङमा पहिरोमा परी एकै परिवारका चार जनाको मृत्यु | धार्मिक आस्थाको धरोहर बडिमालिका,बुढीनन्दा लगायत क्षेत्रमा आज पुजाआजा गरिदै | पहाड भित्र लुकेको अर्को नँया संसार “बुढीनन्दा ” राज्यको नजरमा पर्न सकेन् | काँग्रेस बाजुराले दियो दर्शनार्थीहरुलाई शुभकामना | बडिमालिका नगरपालिकाले गर्यो बजार सरसफाई |
60 पटक पढिएको

बाजुरा — खप्तड छेडेदह गाउँपालिका ३ धनाल्त बस्ती पहिरोको उच्च जोखिमा रहेको छ । बर्षायामको अबिरल बर्षाका कारण गाउँ वरिपरि पहिरोले चिराचिरा हुँदा धनाल्तका करिब ७० परिवार उच्च जोखिममा रहेका छन् । धनाल्तमा सयौं बर्ष पहिले नै पहिरो लागेको अनुमान छ ।

बर्खायाम सुरु भएसँगै धनाल्तका स्थानीयबासी चिन्तामै रात बिताउँन बाध्य भएका छन् । गाउँको वरिपरी र तलमाथीबाट निरन्तर बग्न थालेको पहिरोले बस्ती नै बगाउँछ भन्ने डरले उनीहरु वर्खाको समयमा चिन्ताइ चिन्ताले रात बिताउँन बाध्य भएका हुन् ।धनाल्त गाउँ माथीबाट गएको पहिरोले त्यहाँका स्थानीयबासीको ठुलो मात्रामा जमितमासमेत क्षति गरेको छ । खेती योग्य जमिन र हिँड्ने बाटो पनि पहिरोमा परिणत् भएपछि अहिले त्यहाँका स्थानीयलाईआउजाउ गर्न पनि निकै सास्ती खेप्तै आउनु परेको स्थानीयहरुको दुखेसो छ ।गाउँमा पहिरो नजानु भन्दा पहिला खेती पाती गरेर राम्रो सँग जिवन धान्दै आएका धनाल्तबासीको जमिन अहिले पहिरोले बगाउन थालेपछि के खाने, का बस्ने भन्दै चिन्तित बनेका छन ।यो पीडा धनाल्तबासीको मात्र होइन पीडा त ठेग्गाउँ टुनीसैन बस्तीमा पनि उस्तै छ । त्यहाँका नागरिकहरलाई पनि मेलापात घाँस दाउँरा गर्न निकै समस्या भएको छ ।महिला दिनरात मेलापाल गरेर नै दैनिकी गुर्जादै आएका छन् । हिउँद घाँस दाउँरा गर्न जाँदा ढुक्क मनले बन गएर घरमा आइन्थ्यो, वर्खा भने बनमा जानेलाई पनि डर छ , हामी घरका बुढापाखालाई पनि बन गएका घरमा नआए सम्म चिन्ता नै हुन्छ ।यहाँका स्थानीयले पहिरो रोकथाम गर्नका लागि कयौँ पटक राजनितिक दल सँग कुरा राखेको भएपनि कतैबाट पहिरो रोकथामको पहल नै छैन् ।

 

वर्खाको समयमा यहाँका धनाल्त, धुर्तोला, पुडाबाउला , ठेकगाउँ, टुनीसैन लगायतका धेरै बस्ती खोला र पहिरोको निकै जोखिममा छन् । यहाँका यी बस्तीलाई स्थानीय सरकारले केही गर्न सक्ने अवस्था नै छैन ।हिउँदको समयमा खासै त्यति जोखिम नभएपनि बर्षा शुरु भए लगतै पुरै गाउँ जोखिममा रहेको स्थानिय त्यहाका स्थानीयहरुले बताएका छन ।गाउँको तल सडकले पहिरो लागेको र माथिबाट समेत पहिरो लाग्दा बिचमा पुरै गाउँ जोखिममा परेको स्थानीय बिर बहादुर बुढाले बताए । गाउँमा बर्षौ देखि लागेको पहिरो अहिले गाउँ नजिकै पुग्दा स्थानीयबासी झन त्रसित बनेका छन । गाउँ वरिपरि चिराचिरा परेको छ भने अहिले झन त्यसैको बिचमा सडक ल्याउदा पुरै गाउँ जोखिममा रहेको स्थानीय गोपाल रावतले बताएका छन । गाउँ नजिकै पुगेको पहिरोले त्याहाका स्थानीयहरुका खेत समेत बगाएको छ ।

धनाल्त बस्ती बर्षौदेखि पहिरोको चपेटामा रहँदापनि सरकारले अहिलेसम्म केही वास्ता नगरेको त्याँहाका स्थानीयबासीहरुले दुखेसो पोखेका छन ।
यस बर्ष सुदुरपश्चिम प्रदेशले धनाल्त बस्तीमा पहिरो रोकथामका लागि दस लाख बजेट छुट्याएको थियो । अहिले उक्त बजेटबाट पहिरो रोकथाम गर्नका लागि करिब ५० वटा ग्याविनसहित केही बिरुवा रोपिएको समितिका अध्यक्ष धन बहादुर रावतले बताएका छन । गाउँको पहिरो रोकथामका लागि एउटै सरकारले मात्रै नभई स्थानीय सरकारदेखि केन्द्र सरकारले समेत पहल गर्नुपर्ने समिती अध्यक्ष रावतले बताए ।यसैगरी खप्तड छेडेदह गाँउपालिकामा करिब १५ भन्दाबढि गाउँ पहिरोको उच्च जोखिममा रहेका छन् । गाउँपालिकाका मेलतोला, आरूगडा, नाउली खोला गाँज्रा, बल्दे, नाइना, धनाल्त, टुनीसैन, गुइवन, चास्ला माडिखोला, छडिपाताल, गुम्लागाउँ पहिरोको उच्च जोखिममा रहेका छन् ।

प्रतिक्रिया

सम्बन्धित खवर

लोक सेवा आयोग
प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय
सङ्घीय मामिला तथा सामान्य प्रशासन मन्त्रालय
गृह मन्त्रालय
अर्थ मन्त्रालय
परराष्ट्र मन्त्रालय
रक्षा मन्त्रालय
कानून, न्याय तथा संसदीय मामिला मन्त्रालय
सञ्‍चार तथा सूचना प्रविधि मन्त्रालय
कर्णाली प्रदेश
प्रदेश नं. ५
भौतिक पूर्वाधार तथा यातायात मन्त्रालय
स्वास्थ्य तथा जनसंख्या मन्त्रालय
शिक्षा विज्ञान तथा प्रविधि मन्त्रालय
कृषि तथा पशुपन्छी विकास मन्त्रालय
ऊर्जा, जलस्रोत तथा सिंचाइ मन्त्रालय
संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालय
उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्रालय
महिला बालबालिका तथा ज्येष्ठ नागरिक मन्त्रालय
गण्डकी प्रदेश
भूमि व्यवस्था,सहकारी तथा गरिबी निवारण मन्त्रालय
सहरी विकास मन्त्रालय
श्रम, रोजगार तथा सुरक्षा मन्त्रालय
वन तथा वातावरण मन्त्रालय
युवा तथा खेलकुद मन्त्रालय
खानेपानी मन्त्रालय
सर्वोच्च अदालत
निर्वाचन आयोग
प्रदेश नं. १
सुदूर पश्चिम प्रदेश
भुमि व्यवस्था, कृषि तथा सहकारी मन्त्रालय
उद्योग, पर्यटन, वन तथा वातावरण मन्त्रालय
भौतिक पूर्वाधार विकास मन्त्रालय
प्रदेश लेखा नियन्त्रक कार्यालय
आन्तरिक मामिला तथा कानून मन्त्रालय
सामाजिक विकास मन्त्रालय
प्रदेश सभा सचिवालय
आर्थिक मामिला तथा योजना मन्त्रालय
मुख्यमन्त्री तथा मन्त्रीपरिषद्को कार्यालय
प्रदेश प्रमुखको कार्यालय

बाजुरा स्थानिय सरकार

बडीमालिका नगरपालिका
त्रिवेणी नगरपालिका
बुढीगंगा नगरपालिका
बुढीनन्दा नगरपालिका
गौमुल गाँउपालिका
जगन्नाथ गाँउपालिका
स्वामिकार्तिक खापर गाँउपालिका
खप्तड छेडेदह गाँउपालिका
हिमाली गाँउपालिका
error: Content is protected !!