बाजुरा- शनिवार दिउँसो देखि हराएकी गौमुल गाउँपालिका वडा नम्बर १ अन्द्राडीकी ४ वर्षिया करिस्मा रोकाया अझै फेला परेकी छैनन्। घरबाट दुई घण्टा टाढा रहेको गौडा भैसी खर्क भन्ने ठाउँमा करिस्माका बुवा लाल बहादुर रोकायासंग भैसी चराउन दिउँसाे गएकी थिईन्। बुवा लाल बहादुर राेकाया भैसीसंगै दाउरा काट्न लाग्ने क्रममा दिउसो १ बजेर ३० मिनेटमा हराएकी करिस्माका दाइ धन बहादुर रोकायाले बताए । उनले भने शनिवार देखि स्थानीय बासी र वडा कार्यालयका जन प्रतिनिधिहरूले निरन्तर खोजि कार्य गरेको तर आज सम्म पनि फेला पार्न नसकेको रोकायाले बताएका छन ।











