बाजुरा= जिल्लाको बुढीगंगा नगरपालिकाका चार जना कर्मचारी विरुद्ध जाहेरी दर्ता भएको छ । कार्यालय समयमा सेवा लिन गएका बेला नगरपालिकामा कार्यरत कर्मचारीेले अभद्र व्यवहार गर्दै गाली गलौज र ज्यान मार्ने धम्की दिएको भन्दै जिल्ला प्रहरी कार्यालय बाजुरामा जाहेरी दर्ता भएको छ ।नगरपालिकाको वडा नम्बर ७ मा निर्माण भइरहेको योजनाको भुक्तानीका लागि कार्यालय जाँदा नगरपालिका ईन्जिनियर उपेन्द्र साउँद, प्रधानमन्त्री रोजगार संयोजक गोविन्द बहादुर थापा, शिक्षा शाखाका प्राविधिक सहायक डम्म बहादुर थापा र प्रशासन सहायक बसन्त बहादुर थापाका नाममा जाहेरी दर्ता भएको जिल्ला प्रहरी कार्यालय बाजुराले जनाएको छ ।
जाहेरीमा असार २१ गते सेवाग्राही दिलिप केसीलाइ कार्यलय भित्र गाली गलौज गरेको भन्दै अभद्र गर्न नहुने कसुरमा जाहेरी दर्ता भएको प्रहरीले जनाएको छ । जोहरी दर्ता भएकाको खोजी कार्य भइरहेको प्रहरीले जनाएको छ । कार्यालयका कर्मचारी र सेवाग्राही बीच विवाद भएपछि कार्यालयमा थुनेर राखिएका केसी भने प्रक्राउ परिसकेका छन् । नगरपालिकाका निमित्त प्रमुख प्रशासकीय अधिकृत नरेन्द्र नाथ र इन्जिनियर उपेन्द्र साउदलाई हातपात, गाली गलौज गरेको आरोपमा उनलाइ बिहीबार नै प्रक्राउ गरेको जिल्ला प्रहरी कार्यलय बाजुराका प्रमुख डिएसपी कबिन्द्र बोहराले बताएका छन् ।
कर्मचारीका अनुसार योजनाको काम कम भएको तर बिल उठाएर पुरै भुक्तानी दिनुपर्ने भन्दै उनले कर्मचारी माथि हातपात र गाली गलौज गरेको बताउदै आएका छन् । केसीले पहिला फोनबाट पनि कर्मचारीलाइ धम्काइरहेका थिए, पछि कार्यलयमै पुगेर हातपात र गालि गलौज गरेको कर्मचारीले बताउँछन् ।कर्मचारीले काम अनुसारको बिल उठाउने भनेका थिए, तर उनले पुरै बिल उठाउने भन्दै कर्मचारी माथि आक्रमण गर्न खोजेको उपप्रमुख माया कुवरले बताएकी छन् ।