दयाराम पण्डित
२२ जेठ/बाजुरा:
बाजुरामा पछिल्लो समयमा अधिकारीहरुले कोरोना विरामी घटीरहेको भनिरहेको बेला गाउँमा बिरामी देखिन थालेका छन् । ज्वरो आउने टाउको दुख्ने बिरामले जिल्लाका नौवटा पालिकाका कुनै गाउँ खाली छैनन् ।
गौमुल गाउँपालिका दहकोट स्वास्थ्य चौकीका इन्चार्ज धर्म खत्रीले भन्नुभयो टाउको दुख्ने, ज्वरो आउने , पसिना आउने , टाउको दुख्ने , कमजोर महसुस हुने , जिउ काप्ने , आँखा रातोहुने दुख्ने पोल्ने , हात खुट्टा को मसल दुख्ने, पखाला लाग्ने, ढाड दुख्ने यस्तै यस्तै छन् ।
एकै घरका तिन चार जना ज्वरोको विरामीले थला परेका छन् । तर, कोरना पुष्टी होलकी भन्ने डरले स्वास्थयचौकीमा चेकजाँच नै गर्न आउदैनन् स्वास्थ्यचौकी इृन्चार्ज खत्रीले भन्नुभयो ।
जिल्लाको पुर्बी उत्तरी क्षेत्रमा पनि गाउँगाउमा बिरामी छन् । धेरै कमजसोले कोरोना परिक्षण गराउन आउँछन् । चेकगरेका प्रायको कोरोनाका लक्षण देखिन्छ । गाउँबाट कोराना परीक्षण गर्न आउँदै आउँदैनन हिमाली गाउपालिकाकी स्वास्थ्य अधिकृत प्रेमकला मल्ले भन्नुभयो ।घर–घर गएर स्वास्थय परिक्षण गर्नेहो भने जवरोका विरामी कुनै घर खाली रहने छैनन् अधिकृत मल्लले भन्नुभयो ।
बडिमालिका नगरपालिका–७ सिराडीकी सुशिला वि.क लाई दुई साता अघि ज्वरोले निकै सतायो, उनी उठ्न नसक्ने गरी थला परिन्, विश्वभरी नै कोरोना महामारीको लहर चलिरहेका बेला ज्वरो आएपछि उनि भित्रभित्रै राए । कतै कोरोना भाइरसले संक्रमण पो गर्यो कि ? आफुलाई कोरोना भाइरसको संक्रमण देखाउने डरले नजिकै स्वास्थ्य चौकी भएपनि सुशिला जँचाउन गइनन्, बरु दिनानुदिन बढीरहेको ज्वरोसंगै प्रतिस्पर्धा गर्न थालिन् । केही दिनको ज्वरो लगायतका बिरामसंगैको लडाईपछि बिस्तारै तग्रिन थालिन् ।
उनलाई ज्वरो आएको एक सातापछि उनकी बहिनी निर्मला वि.क लाई पनि अत्याधिक ज्वरोले च्याप्यो, सुशिला बिस्तारै तग्रिदै गइन् तर उनकी बहिनी निर्मला भने दिनप्रतिदिन थला पर्दै गइन् । निर्मलाले पनि सुशिलाको जस्तै कोरोना भाइरसको संक्रमण देखिने डरले चेकजाँच गराइनन् बरु घरमै बसेर अत्याधिक मात्रामा देखिएको ज्वरोसंग लडिन् ।
केही समयपछि वडा नं ७ को सिराडी गाउँनै ज्वरोले प्रभावित भएको वा नं न सातका राम बहादुर विकले भन्नुभयो । गाउँ नै प्रभावित भएको खबरपछि वडा नं ७ वडा कार्यालयको समन्वयमा चुथी स्वास्थ्य चौकीका चिकित्सकहरुले घर–घरमै गएर परिक्षण, संगै स्वास्थय परामर्श र स्वास्थ्य सामाग्री प्रदान गरेको वडाध्यक्ष धर्मराज पाध्यायले भन्नुभयो ।
त्यस्तै बुढीगंगा नगरपालिकाका केही बस्तीहरुमा पनि परिक्षणको डरले संक्रमण बढ्न थालेको नगरप्रमुख दिपक विक्रम शाहले बताए । उनले बुढीगंगा नगरपालिका वडा नं १ को अम्कोटमा पनि परिक्षणको डरले नै संक्रमण फैलिएको बताए ।
बाजुराका अधिकांश बस्तीमा कोरोना संक्रमण फैलिने कारण परिक्षणको डर नै भएको चिकित्सकहरु बताउँछन् । अहिले पनि गाँउघरमा ज्वारेका बिरामी बढीरहेकाले खासगरी बुढीगंगा नगरपालिका, हिमाली गाउँपालिका र गौमुल गाउँपालिकामा चिकित्सकहरुले घर–घरमै गएर परिक्षण सहित परामर्श गरिरहेको र अन्य पालिकाका स्वास्थ्य शाखालाई पनि चिकित्सकहरुलाई परिक्षणको लागि घर–घरमै पठाउन जिल्ला स्वास्थ्य कार्यालयले आग्ह्र गरिरहेको कार्यालय प्रमुख दयकृष्ण पन्तले बताउनुभयो ।
कोरोना संक्रमण देखिने डरले गाउँमा चेकजाँच नगर्ने र चेकजाँच पनि सावधानी नहुने भएकाले संक्रमण बढी फैलिएको चिकित्सकहरुको अनुमान छ ।
बाजुरा:जिल्लामा पछिल्लो समयमा कोरोना भाइरस तथा (कोभिड १९को)दोस्रो लहरबाट संक्रमित हुनेको संख्या फेरि बुद्धि हुन थालेको छ ।स्वास्थ्य कार्यालय बाजुराले दिएको जानकारी अनुसार जिल्लामा पछिल्लो २४ घण्टामा थप ४३ जनामा कोरोना संक्रमण पुष्टि भएको बताएका छन ।
शनिबार ६० जनामा एन्टिजेन विधीबाट गरिएको परिक्षणबाट थप ४३ जनामा कोरोना भाइरस संक्रमण पुष्टि भएको स्वास्थय कार्यालय बाजुरा प्रमुख दयाकृष्ण पन्तले जानकारी दिनुभयो ।
जिल्ला स्वास्थ्य कार्यालय बाजुराका अनुसार बाजुरा जिल्लामा सनिबार थप ४३ जनामा कोरोना संक्रमण पुष्टि भए संगै संक्रमितको संख्याको ६ सय १६ जना पुगिसकेको प्रमुख पन्तले ानकारी दिनु भयो । त्यस्तै २४ घण्टा पछि ४ जनाले कोरोना जितेर घर फर्किए संगै हाल सम्म कोरोना संक्रमणबाट निको हुनेको संख्या ३ सय ७२ जना पुगिसेको स्वास्थ्य कार्यालय बाजुराको तथ्याङमा रहेको छ ।
हाल सम्म बाजुरामा संक्रिय संक्रमितको संख्या २ सय ३७ जना पुगेको छ भने २ सय २९ जना होम आइसोलेसनमा रहेका छन् ।
यो संगै ८ जना संक्रमित आइसोलेसनमा रहेका छन र हालसम्म कोरोनाकै कारण जिल्लामा ९ जनाको मृत्यु भइसको छ ।











