बाजुरा- जिल्लाको हिमाली गाउँपालिका १ सय ८ जना भुकम्प पीडितलाई राहत वितरण गरेका छन।
गएको सालको माघ १० गते आएको बाजुराको बिच्छया भुकम्प केन्द्र भएको स्थानका स्थानीय पीडित परिवारलाई गाउँपालिकाको आर्थिक सहयोगमा राहत वितरण गरिएको छ। हिमाली गाउँपालिका वडा नम्बर १ का ५८ घरपरिवार लाई ३० किलोग्राम चामल र ४ वटा त्रिपाल वडा नम्बर ३ का ५० कट्ठा चामल र १७ वटा त्रिपाल सहित पीडित लाई राहत वितरण गरिएको सूचना अधिकृत सागर रोकायाले बताएका छन।
उक्त राहत वितरण कार्यक्रममा हिमाली गाउँपालिका वडा नम्बर ३ का वडा अध्यक्ष मंगल बुढा गाउँपालिका कर्मचारी सूचना अधिकृत सागर रोकाया, सतेन्द्र रोकाया र कार्यालय सहयोगी धर्मतत्त पाण्डे लगायत स्थानीय सहभागिता भुकम्प र बाढी पीडितलाई १ सय ८ कट्ठा चामल २१ वटा त्रिपाल राहत वितरण गरिएको गाउँपालिकाले जनाएको छ।











