
बाजुराः– केहि दिन अगाडी कोरोना पुष्टि भएकी हिमाली गाउँपालिका–५ की ८१ वर्षीया एक महिलाको होम आइसोलेसनमा शनिबार राति मृत्यु भएको स्वास्थ्य कार्यालय बाजुराका वरिष्ठ जनस्वास्थ्य अधिकृत दयाकृष्ण पन्तले जानकारी दिएका छन् ।
पन्तका अनुसार मृत्यु हुने महिला लामो समय देखि दमको रोगले ग्रस्त भएकी र निज महिलाको कोरोना संक्रमणबाट मृत्यु भएको बताइएको छ ।
बाजुरामा कोरोना भाइरस (कोभिड–१९) को नयाँ भेरियन्टबाट मृत्यु हुनेको संख्या ८ पुगेको वरिष्ठ जनस्वास्थ्य अधिकृत पन्तले बताए ।
जिल्ला अस्पताल बाजुरामा उपचारका क्रममा पाँच जनाको मृत्यु भएको हो । भने दुई जनाको होम आइसोलेसनमा मृत्यु भएको थियो ।
अक्सिजिनको समस्याका कारण जिल्ला अस्पताल बाजुराले रिफर गरिएका तीन जना कोरोना संक्रमितको मृत्यु समेतेड्दा मृत्यु हुनेको संख्या ११ जना पुगेको स्वास्थ्य कार्यालयले जनाएको छ ।
११ जना मृतक मध्य तीन जना संक्रमितको डडेल्धुरा जिल्ला अस्पतालमा उपचारका क्रममा मृत्यु भएको थियो भने ८ जनाको जिल्लामा नै मृत्यु भएको जिल्ला स्वास्थ्य कार्यालयले जनाएको छ ।