बाजुरा- गाउँमा सडक जोडिए पछि आवतजावत संगै खाद्यान्न सामाग्री ढुवानी गर्न स्थानीयलाई सहज भएको छ।
हिमाली गाउँपालिका वडा नम्बर ६ स्थिति पाँडी गाउँ पहिले परिस्थिति भन्दा अहिले धेरै भिन्नता भएको छ। बजार वाट खाद्यान्न चामल, तेल, नुन लगायतका सामाग्री पिठ्युँमा बोकेर ४ घण्टा पैदल यात्रा गरेर घरमा पुगिने गरिन्थ्यो। अहिले गाउँ नजिकै ३० मिनेट हिडेर गाडी चडन पाएका छन। लामो समय देखि अति दुर्गम तथा भौगोलिक विकट हिसाबले पछाडी परेको गाउँमा सडक संजाल जोडिएको हुँदा स्थानीयलाई समान सहित मान्छेलाई आवतजावत गर्न सजिलो भएको हिमाली गाउँपालिका वडा नम्बर ६ का स्थानीय रमेश रोकायाले बताएका छन।
गाउँपालिका वा बजार बाट घरमा आउन जान धेरै घण्टा हिड्नु पर्ने अवस्था अहिले कम भएको छ। घण्टा हिडेर गाउँ बाट टाढा जानुपर्ने समस्या आजभोलि गाउँ नजिकै सडक जोडिएको कारणले गाडीमा आउतजावत निकै सजिलो रूपमा गर्न सकिन्छ। बजारको समान किनेर घरमा ल्याउदा जिप वा ट्याक्टर मार्फत भारी ओसारपसारमा सजिलो भएको हुँदा पिठ्युँमा बोकेर ल्याउन पर्ने अवस्था नरहेको स्थानीय दीर्घ थापाले बताएका छ्न।
घरबाट बजार तथा पालिका कामकाजको आउन र जान दुई दिन लाग्ने ठाउँमा आजभोलि गाडी चल्दा बिहान घर बाट गएपछि साझाको समयमा घरफिर्ती हुने गरेका छौ। सडक जोडिएको हुँदा निर्माण सामाग्री चाहिने सिमेन्ट, सरिया, र बालुवा गाउँमा ल्याउन गाडीमा ढुवानी गर्ने सरल तरिकाले भित्र्याउन सकिन्छ। पहिलो दुख जतिसुकै गरेपनि अहिले त्यति दुख गर्नुपरेको छैन। समान ओसारपसार सहित मान्छेलाई आउनजान राम्रो भएको एक हिमाली गाउँपालिका वडा नम्बर ६ का स्थानीय विर्ख रावलले बताएका छ्न।
सडक गाउँमा पुर्याउन उदेश्यले यो आर्थिक वर्षमा गाउँपालिका बाट २५ लाख बजेट विनियोजन गरिएको छ। गाउँ नजिकै सडक सडक संजाल जोडिएको छ। अब त्यहाँका स्थानीय मान्छेलाई घरको दैलो बाट गाडीमा यात्रा गरेर आवतजावत सहज हुने भएको छ। त्यसका लागि आफू लागिपरेको छु। जहाँ गाउँपालिकाका सबै गाउँ बस्तीमा सडक संजाल जोड्ने विकास निकास निरन्तर लागेको छु। सडक लगायत शिक्षा, स्वास्थ, संचार, कृषि, भौतिक पुर्वाधार विकासका निम्ति आफू सधैं लागिपरेको हिमाली गाउँपालिका अध्यक्ष गोबिन्द बहादुर मल्लले बताएका छन।