बाजुरा–जिल्लाको पुर्वीउत्तरी भेगको बुढीनन्दा नगरपालिका–२मा पर्ने कोल्टी प्रथामीका स्वास्थ्यमा यातायातका ब्यबस्था नहुदा एकजना बिरामीको ज्यान गएको छ।
बिरामिलाई सुबिधा सम्पन्न अस्पतालमा लैजान समयमै यातायातको ब्यबस्था नहुदा मुगुका बिर्ख बहादुर कार्कीले कोल्टी प्राथमिक स्वास्थ्य केन्द्रमै ज्यान गुमाएका छन् ।
प्रेसरका बिरामी रहेका कार्कीको टाउकोमा रगत जमेपछि प्रथामिक स्वास्थ्य केन्द्रमा उपचार हुन नसकि नेपालगंज रिफर गरिएको भएपनि समयमै यायातको ब्यवस्था नहुदा मंगलबार राति १२ः०० बजे कार्कीको मृत्यु भएको प्राथमिक स्वास्थ्य केन्द्र कोल्टीका कार्यालय प्रमुख डाक्टर प्रतिक न्यौपानेले जानकारी दिनुभएको छ ।
मुगुको खत्याड गाउँपालिका घर भएका कार्कीलाई उपचारको लागी आफन्तले कोल्टी प्राथमि स्वास्थ्य केन्द्र कोल्टीमा पुर्याएका थिए । आज बिहान नेपालगंज लिने कुरा भएको र जहाज नआउने भएपछि हेलिकप्टरको समेत कुरा गरीएको तर राति नै मृत्यु भएको डाक्टर न्यौपानेले बताउनुभयो ।











