बाजुरा- अाईतवारडोटीबाट बाजुरा पुगेको साईन नेपालको टिमले पुनः आफ्नो कार्यलाई निरन्तरता दिएकाे छ ।
काेराेना भाईरस (कोभिड-१९) को संक्रमण रोकथाममा कटिबद्ध देखिएका साईन नेपालका अध्यक्ष भक्तराज जोशीले आईतवार बाजुराको बुढीगंगा नगरपालिकालाई पनि स्वास्थ्य सामाग्री सहयोग गरेका हुन ।
नगरपालिकालाई २ थान अक्सिजन कन्सन्ट्रेटर, २ थान अक्सिपलमिटर,१ थान थर्मलगन २ थान नेबुलाईजर र २ सेट पिपिई लगायतका सामाग्री नगर प्रमुख दिपक बिक्रम शाहलाई हस्तान्तरण गरेको संस्थाका अध्यक्ष जोशीले जानकारी दिए ।
नगरपालिकाले सामाग्री सहयोग गर्न पुगेको साईन नेपालको टिमलाई नगर प्रमुख, उपप्रमुख र प्रमुख प्रशासकिय अधिकृतले भव्य स्वागत गरेका थिए । यसरी यस्ताे महामारीमा जनताकाे सेवामा लागेर गरेकाे याे अपुरणिय कामकाे लागि धन्यबाद दिएका छन । यसणताे महामारीले अाक्रान्त बाजुरा जिल्लामा पुगेर अहिलेको स्वास्थ्य सामाग्री वितरण गर्नु ठुलाे देन भएकाे नगरप्रमुख शाहकाे भनाई रहेकाे छ । यसै क्रममा सोमबार हिमाली गाउँपालिकामा पुगेर स्वास्थ्य सामाग्री वितरण गर्ने सँस्थाका अध्यक्ष जाेशीले बताए ।