बाजुरा- जिल्लाको हिमाली गाउँपालिका वडा नम्बर ३ युना गाउँका बाढी पहिरो पीडित राहत वितरण गरेका छ्न।
गाउँपालिका आर्थिक सहयोगमा युना गाउँका १४ घरपरिवारलाई राहत वितरण गरिएको छ। साउन ११ गते आएको अविरल वर्षाले क्षति भएका घरपरिवार पीडित परिवारलाई राहत अनौपचारिक कार्यक्रम गरि पालिकामा राहत वितरण गरिएको छ।
युना गाउँका ११ परिवारलाई त्रिपाल र चामल वितरण गरिएको छ। भने ३ जनालाई त्रिपाल मात्र वितरण गरिएको छ। ३ घरपरिवार लाई त्रिपाल र चामल सहित बाल्टिङ बल्केट ओछ्यान कार्पेट समेत व्यवस्था गरी पालिका मार्फत राहत वितरण गरिएको हिमाली गाउँपालिकाले सूचना प्राविधिक अधिकृत सागर रोकायाले बताएका छन।
राहत वितरण कार्यक्रम सूचना प्राविधिक अधिकृत सागर रोकाया, नेपाली काङ्ग्रेस सुदुरपश्चिम प्रदेश शिक्षा युवा तथा खेलकुद विभागीय सदस्य दल बहादुर मल्ल, हिमाली गाउँपालिका वडा नम्बर ३ वडा अध्यक्ष मंगल बुढा लगायत सहभागितामा युवा गाउँका बाढी पहिरो पीडित लाई राहत वितरण गरिएको वडा अध्यक्ष मंगल बुढाले बताएका छन।
बाढी पीडित घरपरिवारलाई गाउँपालिका पीडित व्यक्ति लाई राहत निरन्तर दिदै आइरहेको छ। अब केहि गाउँ घरमा भएको बाढी तथा पहिरो लाई राहत व्यवस्थापन गर्न तयार भएको छ। थप आवश्यक अनुसार बाढी पीडितमा पढेका ठाउँमा राहत व्यवस्थापनको लागि लागिपरेको रोकायाले बताएका छन।