बाजुरा — गौमुल गाउँपालिमा महिला मैत्री स्थल सञ्चालनमा आएको छ । भुकम्प प्रभाबित तथा हिंसामा परेका ब्यक्तिलाइ सहयोग गर्ने उद्देश्यले महिला मैत्री मैत्री स्थल सञ्चालनमा आएको गाउँपालिका उपाअध्यक्ष सिता थापाले वताएकि छन् । भुकम्प प्रभाबित क्षेत्रमा लैङिगक हिंसा न्युनिकरण तथा सहजीकरण गर्ने उदेश्यका साथ महिला मैत्री स्थल स्थापना भएको हो । पालिकामा भुकम्प प्रभाबित तथा लैङिगक हिंसाका प्रभाबितहरुको स्वास्थ्य तथा मनोसामाजिक परामर्श सेवा दिनका लागि केन्द्रको स्थापना गरिएको महिला मैत्री स्थल केन्द्रकी इन्चार्ज गौरि भण्डारीले वताएकि छन् ।
स्नेह केन्द्रमा भुकम्प तथा अन्य प्रकृतिका विपदको अवस्थामा महिलाहरुलाई सुरक्षित र आराम गर्ने महिला मैत्री स्थल प्रदान गरी भुकम्प जस्ता प्राकृतिक विपत्तिले उनीहरुमा पैदा गरेको तनावलाई कम गर्न यसको उदेश्य रहेको छ । बिशेष गरि सुत्केरी, गर्भवती महिला तथा किशोरीहरुलाइ सहयोग हुने भएको छ । संघीय जनसंख्या कोष युएनएफपीए संगको आर्थिक तथा प्राविधिक सहयोग, महिला पुनःस्थापना केन्द्र ओरेक नेपाल को सहकार्य तथा पालिकाको समन्वयमा महिला मैत्री स्थल सञ्चालनमा ल्याएको हो ।मनोविमर्श सेवा, लैंगिक हिंसा, वेचविखन, यौन तथा प्रजनन स्वास्थ्य समस्याका बारेमा सुचना तथा जानकारी दिनुका साथै हिंसा प्रभावित महिलाहरुलाई अल्पकालिन आश्रयस्थल सहितको सेवा उपलव्ध गराउने गरेको ओरेक नेपालकि कार्यसमिति सदस्य संगिता अधिकारीले वताएकि छन् ।
मनोविमर्श सेवा लिन नसक्ने अवस्थाका व्यक्तिहरुलाई घरदैलोमै गई आवश्यक सेवा तथा सुचना प्रदान गर्ने गरेको अधिकारीले वताएकि छन् । मनोविमर्शकर्ताले भुकम्प प्रभावित क्षेत्रका सवै टोल तथा बस्तीहरुमा प्राथमिक मनोवैज्ञानिक सहयोग जस्ता विषयमा सचेतना अभिबृद्धि गरिरहेका छन् ।पालिकामा रहेका ६ वटै वडाका प्रत्येक टोलमा मनोविमर्शकर्ता पुग्ने संगिता अधिकारीले बताएकी छन ।स्थल सञ्चालन भएपछि १२ जनाले प्रत्यक्ष सेवा लिइरकेका छन् भने ४४ जनालाइ सन्देश दिइसकेको छ ।गौमुल गाउँपालिकामा गतबर्ष भुकम्पकले एकजनाको महिलाको मृत्यु भएको थियो भने दर्जनौ परिवार बिस्थापित भएका छन् ।यो स्थलले पालिकामा भुकम्प प्रभाबित तथा लैङिगक हिंसाका प्रभाबितहरुको ठुलो सहयोग हुने पालिका अध्यक्ष हरि बहादुर रोकायाले वताएका छन् । संघीय जनसंख्या कोष युएनएफपीए संगको आर्थिक तथा प्राविधिक सहयोगमा सुदुर पश्चिमका भुकम्प प्रभावित जिल्लाहरु डोटी र बाजुराका ३ वटा पालिकामा लक्षित गरी स्नेह केन्द्र महिलामैत्री स्थल संचालन गरिरहेको छ ।











