
बाजुरा– जिल्लामा पछिल्लो २४ घण्टापछि थप २८ जनामा कोरोना संक्रमण पुष्टि भएको स्वास्थ्यका कार्यालय बाजुराले बताएको छ ।
सोमबार बाजुरामा १ सय २६ जनामा गरिएको एन्टिजेन बिधीबाट गरिएको परिक्षण्बाट थप २८ जना संक्रमण पुष्टि भएको स्वास्थ्य कार्यालय बाजुराका कार्यालय प्रमुख दयाकृष्ण पन्तले बताए । यो संगै बाजुरामा हालसम्म संक्रमितको संख्या ६ सय ७९ पुगेको स्वास्थ्य कार्यालय बाजुराका प्रमुख पन्तले बताए ।
उनका अनुसार बिहीबार संक्रमित हुनेमा जना बडिमालिका नगरपालिकाका ३, बढीनन्दा नगरपालिका ३, बुढिगंगा नगरपालिकाका १, त्रिवेणी नगरपािलकाका ४, खप्तड छेडेदह गाउँपालिकाका ३, गौमुल गाउंपालिका २, हिमालीक १० र स्वामिकार्तिक गाउंपालिकाका २ जना रहेको बताइएको छ ।
साथै पछिल्लो २४ घण्टामा ४६ जना कोरोना संक्रमित संक्रमणमुक्त भइ घर फर्केका छन् । यो संगै जिल्लामा हालसम्म कोरोना संक्रमणबाट निको हुनेका संख्या ४ सय ३० पुगेको पनि स्वास्थ्य कार्यालय बाजुराले जनाएको छ ।
हालसम्म जिल्लामा सक्रिय संक्रमितको संख्या २ सय ४० जना रहेको छ । जसमध्ये भने २ सय ३१ जना होम आइसोलेसनमा र ९ जना स्थानिय तह तथा स्वास्थय कार्यालय बाजुराको आइसोलेशनमा उपचाररत रहेको स्वास्थ्य कार्यालय बाजुराको तथ्याङ्कमा रहेको छ । भने बाजुरामा अहिलेसम्म ९ जनाको कोरोनाका संक्रमणका कारण मृत्यु भइसकेको छ ।