बाजुरा= स्वामिकार्तिक खापर गाउँपालिकामा खोलाले बगाएर एक महिला बेपत्ता भएकी छन् । बेपत्ता हुनेमा सोहि गाउँपालिका–१ मुक्तिकोटका प्रसाने बिककी ६५ वर्षीया श्रीमति गुवा बिक रहेकी छन् । विक सोमबार दिउँसो बेपत्ता भएको प्रहरीले जनाएको छ । प्रहरीका अनुसार कोल्टीबाट घर फर्किने क्रममा सोही ठाउँको रोडी खोला तर्ने क्रममा गुवालाई खोलाले बगाएको हो । प्रहरी चौकी जुड्डी र अस्थायी प्रहरी पोष्ट मुक्तिकोटको संयुक्त टोलीले स्थानीयको सहयोगमा बेपत्ता वृद्धाको खोजी कार्य भइरहेको जनाइएको छ ।











