बाजुरा – जिल्लाको त्रिवेणी नगरपालिका–४ तोलीको ढोगदेना गाउँ पछाडी सोमबार नवजात शिशु बेवारिसे अवस्थामा भेटिएको जिल्ला प्रहरी कार्यालय बाजुराले जनाएको छ ।
सोही नगरपालिका–४ तोलीका स्थानीयले बेवारिसे अवस्थामा नवजात शिशु झाडीमा फालेको देखेपछि प्रहरीलाई खवर गरेको थियो ।
प्रहरी चौकी मौरेबाट खटिएको प्रहरी टोलीले झाडीमा जिउदै नवजात शिशु फालेको अवस्थामा फेला पारेको हाे । शिशुकाे टाउकाेमा चाेट लागेकाले उपचारका स्थानीय महिलाको जिम्मा लगाएर अछामको बयालपाटा अस्पतालमा पठाइएको जिल्ला प्रहरी कार्यालय बाजुराका प्रहरी निरिक्षक तथा सूचना अधिकारी दानसिं भण्डारीले जानकारी दिएका छन् ।
उनले दिएको जानकारी अनुसार झाडी फालेका नवजात शिशु जिउदै रहेको प्रहरीले निरिक्षक भण्डारीको भनाई छ । नवजात शिशु बालक रहेको छ ।
नवजात शिशु कसले फालेको बारेमा जानकारी प्रहरीले लिइरहेको छ । नवजात शिशुलाई झाडीमा फालेको प्रहरीले थप अनुसन्धान गरि रहेको प्रहरी निरिक्षक भण्डारीले बताएका छन् ।