बाजुराः जिल्ला अस्पताल बाजुराको शैयामा रगतको अभावले छटपटाईरहेकी जिल्लाको स्वामिकार्तिक खापर गाँउपालिका वडा.नं ४ वाई छापु कि १४ बर्षिया आशा दमाईलाई गौमुल गाँउपालिका वडा.नं ६ घर भएका नेपाली कांग्रेस जिल्ला कार्य समिति सदस्य तथा त्रिबेणी ऋण सहकारी संस्था लिमिटेड कार्यसमिति सदस्य गणेश बहादुर थापाले रगत दिनुभएको छ । कुनै पनि मानिस समस्यामा पर्दा त्यसको सहयोग गर्नु मानवको कर्तब्य हो त्यसैमा रगतको अभावले अस्पतालको शैयामा दमाई छटपटाइरहेको खबर सुन्दा आफु रगत दिनको लागी अस्पताल पुगेको थापाले बताएका छन । दमाईको शरिरमा रगतको मात्रा एकदमै न्युन भएका कारण गत साउन १४ गतेबाटै बिरामी पर्न थाल्नुभएको थियो । पहिला कुनै पनि यस्तो समस्या नदेखिएको तर एक्कासी यस्तो समस्या आँउदा गाँउघरतिर अलिअलि उपचार गरेतापनि थप उपचार सम्भव नभएर जिल्ला अस्पताल बाजुरा ल्याइएको दमाईका बुबा जयरुप दमाईले बताएका छन । छोरी रगतको अभावले अस्पतालको शैयामा छटपटाईरहेको अबस्था अस्पतालमै पुगेर रगत दिएकोमा दमाईले थापालाई धन्यबद समेत दिएका छन ।
जयरुप दमाईकि चौध बर्षिया छोरीको शरिरमा ओ पोजेटीभ रगतको आबश्यक थियो । रगत नपाँउदा उनकी छोरी अस्पतालकै शैयामा रहनुभएको थियो दमाई अस्पतालको शैयामा रगतको कमिले छटपटाएको खबर तत्काल थाहा पाँउदा अस्पताल पुगेर आफुले एक पोइन्ट ओ पोजेटीभ रगत दिएको थापाले बताएका छन । रगतको अभावले छटपटाइरहेकी आशा दमाई श्री कालिका आधारभुत बिद्यालय कक्षा आठमा अध्ययनरत रहेकी छन । थापाले यो भन्दा अगाडी पनि सात पटक रगत दान गरेर मृत्युको मुखमा पुगेका ब्यक्तिहरुको ज्यान समेत बचार्ई सक्नुभएको छ । थापा भन्नुहुन्छ म मानव हुँ कसैलाई सहयोग गर्नु मेरो मानवता हो आजमात्र होइन आँउदा दिनहरुमा पनि यदि कोहि कसै रगतको अभावले अस्पतालको शैयामा छटपटाइरहेको खबर सुने भने मेरो रगतसंग मिल्ने जुनसुंकै ब्यक्तिलाई पनि तत्काल रगत दिन उपस्थित हुने पनि थापाले बताउनुभएको छ ।