कोभिड-१९ को संक्रमण उच्च रहेकै बेला रोकथाम नियन्त्रण गर्न मंगलबार साईन नेपालका अध्यक्ष भक्तराज जोशीले गाउँपालिकाका अध्यक्ष गोबिन्द बहादुर मल्ललाई अक्सिजन कन्सन्ट्रेटर लगायतका स्वास्थ्य सुरक्षाका सामाग्री हस्तान्तरण गरेको हो ।
साईन नेपालको कोभिड–१९ रिलिफ सपोर्ट परियोजना अन्तर्गत हिमाली गाउँपालिकालाई कन्सेन्ट्रेटर ५ लिटरका २ थान अक्सिजन कन्सन्ट्रेटर, नेबुलाइजर २ थान अक्सिपल्स मिटर ५ थान, पिपिई सेट ३ थान, सर्जिकल मास्क, ग्लोब्स र थर्मलगन १ थान गाउँपालिकालाई सहयोग गरेको संस्थाका अध्यक्ष जोशीले जानकारी दिए ।
साईन नेपालबाट कन्सेन्ट्रेटर सहितको सामाग्री प्राप्त गर्दै गाउँपालिकाका अध्यक्ष मल्लले सो स्वास्थ्य उपकरणले गाउँपालिका भित्र अक्सिजनको कमी भएका बिरामीहरुका लागि उपचारमा निकै सहज हुने बताए ।
हिमाली गाउँपालिकामा कोरोना रोकथाम तथा नियन्त्रणका लागि स्वास्थ्य सामाग्री हस्तान्तरण गरेपछि साइन नेपाललाई अध्यक्ष मल्लले धन्यवाद समेत दिएका थिए ।
अक्सिजनको कमी भएका बिरामीहरुका लागि कन्सेन्ट्रेटरले उपचारलाई निकै सहज हुने र यश परिस्थितिमा कोरोना रोकथाम तथा नियन्त्रणका लागि संस्थाले गरेको सो सामाग्री निकै उपयोगी हुने भन्दै खुशी व्यक्त गरे ।
उनले संस्थाले आगामी दिनमा पनि गाउँपालिका प्रतिको दृष्टिकोण सकारात्मक रहने पुर्ण विश्वास लिएको र संस्थालाई आवश्य पर्ने सहयोगका लागि आफु तयार रहेको बताए ।