कमल रावल, अछाम– अछामको मंगलसेन नगरपालिका वडा नम्बर ४ मा पर्छ नागातोला। त्यसैको अलि परपट्टि पर्छ सान्टुडाको गाईवस्तु चराउने चौर। जुन चौरमा दैनिकजसो बिहान–बेलुकीको समयमा भेटिन्छन्, १२र१३ जना बालबालिकाको समूह।
कोरोना भाइरसको संक्रमण जोखिमका कारण निषेधाज्ञा हुँदा अधिकांश विद्यालय उमेरका बालबालिका घरमा छन्। विद्यालय बन्द हुँदा घरमा रहेका नागातोलाका बालबालिका बाँझो भिरालो भिर जस्तै चौरमा क्रिकेट खेल्न व्यस्त हुन्छन्।
प्रत्येक आलि ५ मिटर चौडाई तथा २५ मिटर जति लम्बाई भएका ३ वटा आलि सान्टुडा चौर बाँझो छ। त्यही बाँझोलाई सदुपयोग गरी क्रिकेट खेल्न व्यस्त छन् उनीहरु।
नागातोलाका बालबालिकाले क्रिकेट खेल्दै आएको चौरको तल्लो र माथिल्लो पट्टि पुरै खेतीयोग्य जमिन छ। खेती लगाएको ठाउँमा बल गएका ब्याट्सम्यान आउट हुने उनीहरुको आफ्नौ नियम छ। वर्षातको समय भएकाले चौर हरभरा देखिन्छ। चौरको बिचमा ढुङ्गाले चिनेर उनीहरुले क्रिकेट पिच बनाएका छन्। त्यही पिचमा उनीहरु खेलिरहेका भेटिन्छन्।
साँफेबगर, कैलाशखोला, मंगलसेन कैलाशखण्ड सिर्जना चोक माथिपट्टि हुने क्रिकेट खेलतिर कसैको ध्यान गएको थिएन।
गत शनिवार स्थानीय शिक्षक धनकुमार केसी घरमा हुँदा ती बालबालिका खलिरहेको स्थानमा पुगेका थिए। उनले सबैभन्दा पहिले आइतबार बेलुकी मात्रै बालबालिकाले खेलिरहेको फोटो फेसबुकमा पोष्ट गरेपछि मेरो ध्यान फोटोले निकै केन्द्रित गरेको थियो।
सानो छँदा मोजाको बल काठको ब्याट बनाएर खेलेको याद फोटोले दिलाएको थियो। धन सरको अनुमतिमा मैले सामाजिक संन्जालमा शेयरसहित क्रिकेटसँग सम्बन्धित पेज, खेलाडी, खेलप्रेमीलाई समेत शेयर गरेको थिए।
जुन तस्बिर सामाजिक सञ्जालमा भाइरल समेत बनिरहेको छन्। म स्वंम् स्थलमा नपुगेपनि शिक्षक केसीका अनुसार बालबालिकाहरु पुराना कपडालाई मोजाभित्र थुपारेर बल बनाएर स्थानीय काठबाटै बजनेको ब्याट समेत बनाई खेल्न खोज्दैछन्।
खेल्ने चाहना र इच्छा सबैको हुन्छ त्यसमाथि पनि बालापनमा खेल खेल्ने चाहना अझै बढी हुन्छ। त्यसैले पिचको बिचमा उखेल्नै नसकिने ठूलो ढुङ्गाको प्रवाह नगरी फिल्डिङ गर्दाको सुरक्षा र जोखिम त अझै बढी देखिएको छ।
शिक्षक केसीले भने ‘सुरुमै देखेर निकै भावुक बने अलिकति फराकिलो जग्गा भए कति रमाउँदा हुन रु राम्रो मैदानमा होस, टेनिस बल होस, फेसनसहित सहरिया ब्याट होस। कहिले मैदानमा खेल्न पाउने हुन् चाडै रु छिट्टै उनीहरुले मैदानमा खेल्न पाएको भए कति खुसी हुने थिए।’
अछाममा स्तरिय रुपमा क्रिकेट खेल्नका लागि खेल मैदान नै छैन। क्षेत्र नम्बर १ को साँफेबगरको रिडीकोट, बान्नीगढी जयगढ गाउँपालिकाको थालाकोटमा खेलमैदान भएतापनि अझै सुविधा सम्पन्नसहित खेल्न योग्य छैन।
अछाम क्षेत्र नम्बर २ मा भने अझैपनि सामान्य खेल मैदान छैन। गाउँगाउँमा आएका सिंहदरबार स्थानीय सरकारले खेलाडीको लगानी मेहनतलाई समेत मध्येनजर गर्दै उचित भौतिक संरचना निर्माण गर्न नितान्त आवश्यक देखिन्छ।