हिमाली गाँउपालिकामा एक १४ वर्षिय किशोरीको शव फेला परेको छ । जिल्ला प्रहरी कार्यालय बाजुराका अनुसार मृत अवस्थामा शव फेला परेकी किशोरी हिमाली गाँउपालिका वडा न १ नेटाकी स्थानीय तारा थापाकी १४ वर्षिय छोरी सर्पनसिला थापा रहेकी छन्।
उनि शनिबार बेलुका घरबाट बेपता भएकी थिइन् । हिजो सनिबार बेलुका घरबाट हराएकी उनको शव बिछ्याँ खोलामा मृत अवस्थामा भेटिएकको हो । स्थानीयले हिजो नै प्रहरीलाई खबर गरेका थिए । प्रहरी र स्थानीयले खोजतलास गर्दा उनको शव आइतबारआज बिहान सात बजे फेला परेको जिल्ला प्रहरी कार्यालय बाजुराका प्रहरी निरिक्षक दानसिंह भण्डारीले जानकारी दिएका छन् ।
घटना बारे थप अनुसन्धान भइरहेको पनि प्रहरी निरिक्षक भण्डारीको भनाई छ । घटना के कारणले भएको हो भन्ने कुरा अनुसन्धान पछि मात्रै थाहा हुने बताउदै उनले अहिले मृतक किशोरीको शव पोष्टमाटमका लागि कोल्टी प्राथामिक स्वास्थ्य चौकीमा राखिएको बताएका छन् । थप जानकारी पोष्टमाटम रिपोर्ट पछाडी मात्रै थाहा हुने उनको भनाई रहेकाे छ ।