बाजुराः सदरमुकाम मार्तडीमै बसपार्क नहुँदा गाडी पार्किङ्गमा समस्या हुने गरेको छ। बसपार्क नहुँदा दुर्घटना हुने जोखिम बढ्ने भन्दै बजार बासिहरु समेत त्रासमा रहेका छन् ।सदरमुकाम मार्तडीको सडक छेउछाउमा जताततै गाडी पार्किङ्ग गर्नुपर्ने बाध्यता रहेको छ । साँगुरो सडकमा गाडीहरु आवतजावत गरिरहने र मान्छेको भिडभाड नि त्यस्तै हुने हुँदा दुर्घटना हुने जोखिम बढेको हो । बाजुराको मुटु जिल्ला सदरमुकामा उचित गुणस्तरीय बसपार्क नहुँदा गाडी पार्किङको लागी निकै समस्या भएको छ । यति मात्र होइन त्यसरी चारैतिर यततत्र छरिएर गाडी पार्किङ गर्दा दुर्घटनाको जोखिम पनि निकै बढेको पाइन्छ । स साना केटाकेटीहरुको लागी थप जोखिम समेत बढेको छ । चलिरहेका गाडीहरु पनि सहजै जान सकिरहेका छैनन यसको नियन्तण तथा राम्रो गुणस्तरीय बसपार्कको लागी कतैबाट पहल भएको दखिदैन यस बिषयमा नगरपालिका समेत बेखबर रहेको पाइन्छ । यसरी बसपार्क नहुँदा दैनिक आवतजावतका साथै अन्य सवारी साधनलाई समेत समस्या भइरहेको बजारबासीहरुले बताएका छन ।
बसपार्क को कुरा त परै छोडौ सदरमुकाममा उचित फोहार व्यवस्थापनको लागी पनि कुनै पहल भएको पाइदैन सदरमुकामकै चारैतिर फोहार मात्रै देखिने गरेको छ । उचित बसपार्कको ब्यबस्था गर्न नसकेतापनि बजारको दुर्गन्ध हटाउन सकेतापनि अलि सदरम्ुकामको वातावरण स्वच्छ रहने बजारबासीको गुनासो रहेको छ तर त्यो सम्भव भएको देखिदैन । बजारबासीले जतिसक्दो चाँडो बसपार्क निमार्ण गर्नुपर्छ भन्ने पक्षमा सबैको एकमत रहेकोसमेत बताएका छन । दैनिक आवतजावतमा मात्रै समस्या नभई गाडी चालकहरुलाई पनि गाडी पार्किङ्ग कता गर्ने रु भन्ने समस्या एकातिर छ भने अर्कोतिर पैदलयात्रिहरु आवतजावत गरिरहने हुँदा जोखिम मोलेर चलाउनुपर्ने बाध्यता रहेको गाडी चालकहरुले बताउदै आएका छन । समृद्ध नगर सुखी नगरबासी नगरको नार भएतापनि सदरमुकामको अबस्था हेर्दा त्यो नारा खाली नारामा मात्र सिमित भएको पाइन्छ बजारबासीका पिडाहरु जेनका तेन रहेका छन । यसबारे नगरपालिकाले चाँडो पहल गरी सदरमुकामका हरेक समस्याहरुको चाँडो समाधान गर्न बजारबासीले अनुरोध गरेका छन ।
“गाडी पार्किङ्गका लागि बसपार्कको मात्रै समस्या छैन, शौचालय, खोनेपानीको पनि सुविधा छैन,दिनभर सडकमै उभिएर बस्नुपर्ने हुन्छ, बस्नका लागि कुनै व्यवस्था गरेको छैन” जयमालिका यातायात प्रालिका यातायात व्यावसायि बिर बहादुर नेपालीले भने, बिगत लामो समय देखि बडीमालिका नगरपालिका–८ मा निर्माणाधिन अवस्थामा रहेको बसपार्क अलपत्र परेको छ । बसपार्क निर्माणको एक दशक वितिसक्दा पनि निर्माण हुन सकेको छैन । तत्कालिन जिल्ला विकास समिति बाजुराको २३ औं जिल्ला परिषदबाट दुई लाखबाट निर्माण कार्य थालनी भएको थियो ।व्यवस्थित बसपार्क, बसपार्कमै खानेपानीको व्यवस्था, शौचालय, गर्मीको समयमा सडकमै उभिनुपर्ने, वर्षातको समयमा ठुलो पानीको झरिमा पनि भिजेर सडकमै उभिरहनुपर्ने बाध्यता हटाउन प्रतिक्षालयको व्यवस्था गरिदिनुपर्ने यातायात व्यावसायिको माग रहेको छ । तर नगरपालिकाले भने खासै वास्ता दिएको पाइदैन समस्याहरु जस्ताका त्यस्तै रहेका छन।
।
बसपार्क निर्माणका लागि अहिलेसम्म स्थानीय सरकारले ९० लाख बढी रकम खर्च गरिसकेको भएपनि निर्माण कार्य भने अझै अलपत्र अबस्थामा रहेको छ । पुरा गर्नका लागि सुरसार पनि देखिदैन अलपत्र अवस्थामा रहेको बसपार्क निमार्णका लागि स्थानीय सरकारका तर्फबाट आवश्यक पहल र लगानी गरिएको बडीमालिका नगरपालिकाका नगरप्रमुख अमर खड्काको दावी रहेको छ ।तर पहल मात्रै भइरहेको काम गर्न नसकेको स्थानियले बताएका छन । तत्काल यस्ता खालका समस्याहरुको समाधान गर्न समेत बजारबासीहरुले नगरप्रमुख खड्का संग अनुरोध गरेका छन ।











