युनिकोड    राशिफल    एफएम रेडियाे                        
 BREAKING
साउने संक्रान्तीको अवसरमा विरेखोलामा देउडा कार्यक्रम हुनेु | बाजुरा अदालतमा आर्थिक बर्षमा १ सय ८० मुद्दा दर्ता , सबै भन्दाबढि सम्बन्ध विच्छेदका मुद्दा | बुढिगंगाका बुढथापाको नदिमा डुबेर मृत्यु | बाजुरा जिल्ला पूर्णखोप सुनिश्चित तथा दिगोपना घोषणा | मोबाईल पत्रकारिता तालिम मार्तडीमा सम्पन्न | ६ वटा निर्णय गर्दै जिल्ला सल्लाहकार समितिको बैठक सम्पन्न | बुढीनन्दा पूर्ण खोप सुनिश्चितता तथा दिगोपना घोषणा | प्रस्तावित बडीमालिका संरक्षणक्षेत्रको सरोकारवालासंग छलफल | मानव अधिकार पुस्तककाे पुर्व अर्धवार्षिक समीक्षा | बाम्काका अग्नी पिडितलाइ छेडेदहले एक लाख सहयोग गर्ने |
345 पटक पढिएको

धनगढी– सुदूरपश्चिम प्रदेश सरकारको भूमि व्यवस्था, कृषि तथा सहकारी मन्त्रालयले सञ्चालन गरेको कोरोना लक्षित युवा स्वरोजगार कार्यक्रम प्रभावहीन देखिएको छ।
मन्त्रालयले पहिलो लहरको कोरोना भाइरस फैलिएर विदेशबाट फर्किएका युवाहरूलाई स्वदेशमै रोजगारीका अवसर सृजना गर्न युवा लक्षित कृषि स्वरोजगार कार्यक्रम ल्याएको हो।
मन्त्रालयले कार्यक्रम कार्यान्वयनको लागि मापदण्ड बनाएको थियो। मापदण्डमा पशु विज्ञ ज्ञान केन्द्रतर्फ स्वरोजगार बन्न चाहने युवाहरूले स्वीकृत कार्ययोजना प्रस्तावका आधारमा गाईभैँसी पालन गर्न ६० हजार, बाख्रा, बङ्गुर र कुखुरा पालनका लागि ४० हजार र माछा पालन गर्न ३० हजार अनुदान पाउने उल्लेख गरिएको छ।
त्यस्तै कृषि ज्ञान केन्द्रतर्फ तरकारी, फलफूल, च्याउ खेती, पुष्प खेती, मौरी पालन र नर्सरी व्यवसायको लागि ३० हजार अनुदान दिने उल्लेख छ।
तर अनुदान रकम न्यून भएको र मन्त्रालयको मापदण्ड चित्त बुझ्दो नभएको भन्दै युवाहरू रोजगारीको लागि महामारीकै बिच भारत पलायन हुन बाध्य भएका छन्। उक्त कार्यक्रम सञ्चालनका लागि सुदूरपश्च्मि सरकारले चालु आर्थिक वर्षमा छुट्याइएको बजेटमध्ये आधा रकम फ्रिज जाने निश्चित भएको छ।
कृषि ज्ञान केन्द्र कैलालीले सम्झौता गरिएका ८८ कार्यक्रम सञ्चालनमा ल्याइएको दाबी गरेको छ। कृषि ज्ञान केन्द्र कैलालीका प्रमुख खगेन्द्र शर्माले यी कार्यक्रमका लागि जनही ३० हजार रकम हस्तान्त्रण गरिएको बताए। “कृषि ज्ञान केन्द्र कैलालीका लागि मन्त्रालयले यस वर्ष ४० लाख विनियोजन गरेको थियो,” उनले भने, “जसमध्ये ८८ कार्यक्रमका लागि जनही ३० हजार रकम हस्तान्त्रण गरिएको छ। आधा बजेट फ्रिज जाने देखिएको छ।”

पशु सेवा विज्ञ केन्द्रमार्फत पशु पालन कार्यक्रममा अनुदानका लागि मन्त्रालयले आवेदन पनि माग थियो। कैलालीका सबै स्थानीय तहबाट पहिलो चरणमा पशु सेवा विज्ञ केन्द्रमा १२ हजार ८ सय ५९ जनाले पशुपालन गर्ने इच्छापत्र पेश गरेका थिए। तर स्वरोजगार कार्यक्रम कार्यविधिको अनुसूची ३ अनुसार कार्ययोजना सहित ४ सय ४१ जनाको मात्रै दोस्रो चरणमा आवेदन आएको बताइएको छ।

पशु सेवा विज्ञ केन्द्र कैलालीका प्रमुख डाक्टर बसन्त बहादुर सिंहले अधिकांश कार्यक्रम सञ्चालनमा भइरहेको बताए।

मन्त्रालयले केन्द्रलाई १ करोड ८५ लाख बजेट अनुदानमा उपलब्ध गराएको छ। सो रकममध्ये पनि २०र२५ लाख रकम फ्रिज जाने पशु सेवा विज्ञ केन्द्र कैलालीका प्रमुख डाक्टर बसन्त बहादुर सिंहले बताए।

कोरोना प्रभावित तथा विदेशबाट फर्केका युवा लक्षित स्वरोजगार कार्यक्रमका लागि मन्त्रालयले प्रदेशका ९ वटै जिल्लाका कृषि ज्ञान केन्द्र र पशु सेवा विज्ञ केन्द्रलाई गरी कुल १५ करोड विनियोजन गरेको छ। मन्त्रालयका अनुसार स्वरोजगारको लागि कृषि तथा पशुपालनतर्फ व्यावसाय गर्न इच्छापत्र आह्वान गरिएकोमा ८१ हजार इच्छापत्र संकलन थियो। सो इच्छापत्रको आधारमा सुदूरपश्चिका २१ वटा कृषि ज्ञान केन्द तथा पशु विज्ञ केन्द्रमा बजेट बाँडफाड गरिएको बताइएको छ।

प्रदेश सरकारले कोरोना प्रभावित विदेशबाट फर्किएका युवाहरूलाई स्वदेशमै रोजगारी दिन स्वरोजगार कार्यक्रम ल्याएको हो। तर अनुदान रकम न्यून र मन्त्रालयको मापदण्ड चित्त बुझ्दो नभएको भन्दै युवाहरू रोजगारीको लागि महामारीकै बीच भारत पलायन हुन बाध्य भएका छन्।
प्रदेशमा स्वरोजगार कार्यक्रम लागु गरिएपनि कञ्चनपुरको गौरीफन्टा र गड्डाचौकी नाका भएर अहिले दैनिक १ हजारको संख्यामा नेपालीहरू भारत पलायन हुन बाध्य छन्।

प्रतिक्रिया

सम्बन्धित खवर

लोक सेवा आयोग
प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय
सङ्घीय मामिला तथा सामान्य प्रशासन मन्त्रालय
गृह मन्त्रालय
अर्थ मन्त्रालय
परराष्ट्र मन्त्रालय
रक्षा मन्त्रालय
कानून, न्याय तथा संसदीय मामिला मन्त्रालय
सञ्‍चार तथा सूचना प्रविधि मन्त्रालय
कर्णाली प्रदेश
प्रदेश नं. ५
भौतिक पूर्वाधार तथा यातायात मन्त्रालय
स्वास्थ्य तथा जनसंख्या मन्त्रालय
शिक्षा विज्ञान तथा प्रविधि मन्त्रालय
कृषि तथा पशुपन्छी विकास मन्त्रालय
ऊर्जा, जलस्रोत तथा सिंचाइ मन्त्रालय
संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालय
उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्रालय
महिला बालबालिका तथा ज्येष्ठ नागरिक मन्त्रालय
गण्डकी प्रदेश
भूमि व्यवस्था,सहकारी तथा गरिबी निवारण मन्त्रालय
सहरी विकास मन्त्रालय
श्रम, रोजगार तथा सुरक्षा मन्त्रालय
वन तथा वातावरण मन्त्रालय
युवा तथा खेलकुद मन्त्रालय
खानेपानी मन्त्रालय
सर्वोच्च अदालत
निर्वाचन आयोग
प्रदेश नं. १
सुदूर पश्चिम प्रदेश
भुमि व्यवस्था, कृषि तथा सहकारी मन्त्रालय
उद्योग, पर्यटन, वन तथा वातावरण मन्त्रालय
भौतिक पूर्वाधार विकास मन्त्रालय
प्रदेश लेखा नियन्त्रक कार्यालय
आन्तरिक मामिला तथा कानून मन्त्रालय
सामाजिक विकास मन्त्रालय
प्रदेश सभा सचिवालय
आर्थिक मामिला तथा योजना मन्त्रालय
मुख्यमन्त्री तथा मन्त्रीपरिषद्को कार्यालय
प्रदेश प्रमुखको कार्यालय

बाजुरा स्थानिय सरकार

बडीमालिका नगरपालिका
त्रिवेणी नगरपालिका
बुढीगंगा नगरपालिका
बुढीनन्दा नगरपालिका
गौमुल गाँउपालिका
जगन्नाथ गाँउपालिका
स्वामिकार्तिक खापर गाँउपालिका
खप्तड छेडेदह गाँउपालिका
हिमाली गाँउपालिका
error: Content is protected !!