युनिकोड    राशिफल    एफएम रेडियाे                        
560 पटक पढिएको

बाजुराः बर्षादका कारण अवरुद्ध बनेको मार्तडी कोल्टी सडकखण्ड को बडिमालिका नगरपालिकका वडा नं ७ जिल्ली पहिरो पन्छाए संगै सडकखण्ड एक दुई दिनमै पुन सुचारु हुने भएको छ । जेठको अन्तिम साताबाट अवरुद्ध सडक लामो समयपछि सडकखण्डको पहिरो पन्छाएसंगै सडकखण्ड एक दुई दिनमै संञ्चालनमा ल्याउन सकिने बडिमालिका नगरपालिका वडा नं ७ का वडाअध्यक्ष तथा बडिमालिका नगरपालिका नगरप्रबक्ता धर्मराज पाध्याये बताएका छन । सडकबाट छिटफुट गाडीहरु वारपार गर्न सकिरहेका छन भने भोली अर्थात पर्सिबाट पुर्ण रुपमा यातायातका साधनहरु संञ्चालन गर्न सकिने अध्यक्ष पाध्यायले बताएका छन । सडक मर्मतको काम अस्तिबाटै नै सुरु गरीएको र काम अन्तिम चरण पुगीसकेको अबको एक अर्थात दुई दिन भित्रै सडकखण्ड पुर्ण रुपमा संञ्चालनमा ल्याउन सकिने पनि उहाँले बताएका छन । भौतिक पूर्वाधार विकास कार्यालय साँफे र बडीमालिका नगरपालिकाको सयुक्त सहकार्यमा सडक मर्मत कार्य सुचारु गरिएको पनि उहाँले बताएका छन ।

 

बडिमालिका ७ को जिल्ली देखि माथि भत्केको सडकखण्ड मर्मत गरि जिल्ली कोल्टी सडक सुचारु भइसकेको छ भने जिल्ली पहिरोको व्यवस्थापन गर्न अबको एक दिन जति लाग्ने भौतिक पूर्वाधार विकास कार्यालय प्रमुख रुद्र बोगटीले बताएका छन् ।कार्यालय प्रमुख बोगटी सहीतको टिम जिल्ला बाजुरा आएको छ । सडकको अवस्था बारे जानकारी लिन पनि बडीमालिका नगरपालिकाका प्रमुख अमर खड्का नेतृत्वको टोली पनि उक्त सडकखण्डमा पुगेको थियो ।बडीमालिका नगरपालिकाले पनि पानी रोकिएसँगै लगत्तै बाटो मर्मत गर्न पहल थालिरहेको थियो ।

जिल्ली पहिरोमा होम पाइप हालेर सडक सुचारु गर्ने तयारी प्राविधिकको टिमले गरेको छ । कालोपत्रेको काम भइरहेको मार्तडी कोल्टी सडक बर्षादको समयमा बन्द हुने गरेको छ । यो पटक पनि बन्द भएको थियो । लामो समयसम्म सडक बन्द हुँदा कोल्टीसम्मको यात्रा पैदल गर्नु पर्ने र बीच बीचमा जीप बदलेर जाँदा महँगो भाडा तिर्नू पर्ने यात्राहरुसँग बाध्यता थियो । बोकेर समान लैजानु परेपछि कोल्टी क्षेत्र लगायत चुथी रजातोली ढम्कने पाण्डुसैनका स्थानीयलाई महँगीको मार समेत खेप्नु परेको थियो ।

लामो समयपछि सडकखण्ड पुन संञ्चालन आउने आशाले जिल्ली बासीहरु हर्षित समेत बनेका छन । सडक चाँडो संञ्चालनमा आए बिद्यालयमा पनि नियमित पढाई संञ्चालन गरीने लक्ष्मी माध्यामिक बिद्यालयका प्रधानाध्यापक लालचन्द्र जैशिले बताउनुभएको छ । सडक संञ्चालनमा ल्याउन पहल समन्वय सहकार्य गर्ने सबैलाई वडाबासीहरुले धन्यबाद समेत ब्यक्त गरेका छन ।

 

प्रतिक्रिया

सम्बन्धित खवर

लोक सेवा आयोग
प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय
सङ्घीय मामिला तथा सामान्य प्रशासन मन्त्रालय
गृह मन्त्रालय
अर्थ मन्त्रालय
परराष्ट्र मन्त्रालय
रक्षा मन्त्रालय
कानून, न्याय तथा संसदीय मामिला मन्त्रालय
सञ्‍चार तथा सूचना प्रविधि मन्त्रालय
कर्णाली प्रदेश
प्रदेश नं. ५
भौतिक पूर्वाधार तथा यातायात मन्त्रालय
स्वास्थ्य तथा जनसंख्या मन्त्रालय
शिक्षा विज्ञान तथा प्रविधि मन्त्रालय
कृषि तथा पशुपन्छी विकास मन्त्रालय
ऊर्जा, जलस्रोत तथा सिंचाइ मन्त्रालय
संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालय
उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्रालय
महिला बालबालिका तथा ज्येष्ठ नागरिक मन्त्रालय
गण्डकी प्रदेश
भूमि व्यवस्था,सहकारी तथा गरिबी निवारण मन्त्रालय
सहरी विकास मन्त्रालय
श्रम, रोजगार तथा सुरक्षा मन्त्रालय
वन तथा वातावरण मन्त्रालय
युवा तथा खेलकुद मन्त्रालय
खानेपानी मन्त्रालय
सर्वोच्च अदालत
निर्वाचन आयोग
प्रदेश नं. १
सुदूर पश्चिम प्रदेश
भुमि व्यवस्था, कृषि तथा सहकारी मन्त्रालय
उद्योग, पर्यटन, वन तथा वातावरण मन्त्रालय
भौतिक पूर्वाधार विकास मन्त्रालय
प्रदेश लेखा नियन्त्रक कार्यालय
आन्तरिक मामिला तथा कानून मन्त्रालय
सामाजिक विकास मन्त्रालय
प्रदेश सभा सचिवालय
आर्थिक मामिला तथा योजना मन्त्रालय
मुख्यमन्त्री तथा मन्त्रीपरिषद्को कार्यालय
प्रदेश प्रमुखको कार्यालय

बाजुरा स्थानिय सरकार

बडीमालिका नगरपालिका
त्रिवेणी नगरपालिका
बुढीगंगा नगरपालिका
बुढीनन्दा नगरपालिका
गौमुल गाँउपालिका
जगन्नाथ गाँउपालिका
स्वामिकार्तिक खापर गाँउपालिका
खप्तड छेडेदह गाँउपालिका
हिमाली गाँउपालिका
error: Content is protected !!