युनिकोड    राशिफल    एफएम रेडियाे                        
 BREAKING
नेपाली जनसमाज भारत पुर्बी दिल्ली नगर समिति महिला बिभागको तिज बिशेष कार्यक्रम सम्पन्न | नेपाल शिक्षक संघ बडीमालिका नगरकार्य समिति बाजुराद्धारा आपत्तिजनक बिज्ञप्ती, के लेखिएको बिज्ञप्तीमा हेर्नुस । | पहिरोले कुवाडी नदी थुनिएको आशंका ,सचेत रहन गाउँपालिका द्धारा आग्रह | तनहुँ बस दुर्घटनामा २७ जनाको मृत्यु भएको पुष्टि | अविरल वर्षाका कारण पिनालेखमा एक घर भत्कियो | बझाङमा पहिरोमा परी एकै परिवारका चार जनाको मृत्यु | धार्मिक आस्थाको धरोहर बडिमालिका,बुढीनन्दा लगायत क्षेत्रमा आज पुजाआजा गरिदै | पहाड भित्र लुकेको अर्को नँया संसार “बुढीनन्दा ” राज्यको नजरमा पर्न सकेन् | काँग्रेस बाजुराले दियो दर्शनार्थीहरुलाई शुभकामना | बडिमालिका नगरपालिकाले गर्यो बजार सरसफाई |
172 पटक पढिएको

धन बहादुर बोहरा – कोल्टी सम्बाददाता – बाजुरा जिल्लामा लगातारको अविरल वर्षासंगै आएको पहिरोले पुर्वी उत्तरी क्षेत्र पर्ने बुढीनन्दा नगरपालिका वडा न २,३ मा  रहेको कोल्टीको दान्सागुमा रहेको बड्डीगाड लघुजल विद्युत परियोजनाको नहरमा पहिरो गएर भत्किएर विद्युत सेवा अवरुद्ध भएको करिब छ सात महिना देखि बाल्न नपाउदा उपभोक्ता अध्यारोमा बस्न बाध्य भएका छन ।
अवरुद्ध भएको यति धेरै समय बितिसक्दा पनि त्यो विद्युत तिर कसैको ध्यान भने जान सकिरहेको छैन तर जिल्लाको पुर्वी उत्तरी क्षेत्रको बुढीनन्दा नगरपालिका–१,२,३,र ५ वडामा सञ्चालन भएको बड्ढिगाड लघु जलविद्युत भदौ महिनाको २५ गते राति आएको अविरल बर्षाका कारण गएको पहिरोले नहर भत्काएपछि  विद्युत अवरोध भएको चार पाँच महिना बितिसक्दा मर्मत  नहुँदा स्थानीयहरु अध्यारोमा बस्न बाध्य भएका छन् ।

पहिराले  विद्युतको नहर बगाएको चार पाँच महिना वितिसक्दा पनि नगरपालिका र विद्युत संचालक समितिले कुनै  चासो नदेखाएको सेवाग्राहीले बताएका छन् । उक्त महिनासम्म अध्यारोमा बस्दा पनि सरकारवाला निकायले यसमा कुनै चासो नदेखाएपछि  सेवाग्राही उज्यालो पाउनबाट बञ्चित भएको स्थानीयले गुनासो गर्न थालेका छन् । विद्युत सेवा उपयोग गर्दै आएका स्थानीयहरु अध्यारोबाट छुटकारा कहिले पाउने भन्ने बारेमा अन्यौलमा रहेका छन् । पाँच महिना पहिले बत्ती आउने जाने गरेको भएपनि उज्यालो बाल्न पाएका थियौ । अहिले  पहिरोले नहर नै बगाएको लामो समय भइसक्दा पनि  निर्माण नगर्नु विद्युत संचालक समिति गैर जिम्मेवार बनेको सोही नगरपालिका वडा न ३ का स्थानीय शुकविर खड्काले बताएका छन् ।
विद्युतको नहर भन्दा माथि नगरपालिकाले काटेको सडकका कारण पटक पटक अवरुद्ध हुदै आएको विद्युत सेवा नहरमा  माटो जमेर बगाएपछि हालसम्म नहर निर्माण नगर्नु संचालनकको लापरबाही भएको खड्काको भनाई छ । नहरमा भरिएको माटोले पानी थुनेर बगाएपछि विद्युत अवरुद्ध भएको करिब पाँच महिना जति बाल्न नपाउदा अध्यारोमा बस्न बाध्य भएको स्थानीय र खड्काले बताए ।

सडकले गर्दा अहिले हामीले विद्युत बाल्न नपाएको विद्युत संचालक समितिले जनाएको छ ।  पहिले माथी सडक नहुदा त कहिले काहीँ नहर भत्किए पनि बनाएर विद्युत सञ्चालनमा ल्याउथ्यौ । पहिरोले नहर नै बगाएपछि कुनै सम्भावना नभएपछि विद्युत सेवा सुचारु गर्न नसकेको बड्डीगाड लघु जल विद्युतका व्यवस्थापक ध्रुव रेग्मीले स्वीकार गरेका छन् ।

आर्थिक अभावका कारणले विद्युतको नहर बनाउन  समस्या भएको व्यवस्थापक रेग्मीले बताए । कुनै उपाय आयो भने विद्युतको नहर बनेपछि बत्ती बाल्न सकिएला नभए सपना देखेजस्तै हुने उनले भने । विद्युत संचालनका लागि पहिलेको नहरबाट ल्याउने सम्भावना छैन दुई तिन ठाँउमा ठूलो पहिरो गएको छ ।  एक ठाउँमा भने पहिरो त गएको छैन जाने सम्भावना भएकोले पहिलेको ठाउँबाट नहर बनाएर विद्युत बाल्न सकि रहेका छैनौ । विद्युत सुचारुका लागि नहर निर्माणको कुनै नयाँ ठाउँबाट बनाएपछि उपभोक्तालाई अध्यारो मुक्त गर्न सकिन्छ । तर कुनै उपाय लागेन भने उपभोक्ता अध्यारोको नै बस्नुपर्ने अवस्था आउने व्यवस्थापक रेग्मीले  दाबी गरेका छन ।

प्रतिक्रिया

सम्बन्धित खवर

लोक सेवा आयोग
प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय
सङ्घीय मामिला तथा सामान्य प्रशासन मन्त्रालय
गृह मन्त्रालय
अर्थ मन्त्रालय
परराष्ट्र मन्त्रालय
रक्षा मन्त्रालय
कानून, न्याय तथा संसदीय मामिला मन्त्रालय
सञ्‍चार तथा सूचना प्रविधि मन्त्रालय
कर्णाली प्रदेश
प्रदेश नं. ५
भौतिक पूर्वाधार तथा यातायात मन्त्रालय
स्वास्थ्य तथा जनसंख्या मन्त्रालय
शिक्षा विज्ञान तथा प्रविधि मन्त्रालय
कृषि तथा पशुपन्छी विकास मन्त्रालय
ऊर्जा, जलस्रोत तथा सिंचाइ मन्त्रालय
संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालय
उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्रालय
महिला बालबालिका तथा ज्येष्ठ नागरिक मन्त्रालय
गण्डकी प्रदेश
भूमि व्यवस्था,सहकारी तथा गरिबी निवारण मन्त्रालय
सहरी विकास मन्त्रालय
श्रम, रोजगार तथा सुरक्षा मन्त्रालय
वन तथा वातावरण मन्त्रालय
युवा तथा खेलकुद मन्त्रालय
खानेपानी मन्त्रालय
सर्वोच्च अदालत
निर्वाचन आयोग
प्रदेश नं. १
सुदूर पश्चिम प्रदेश
भुमि व्यवस्था, कृषि तथा सहकारी मन्त्रालय
उद्योग, पर्यटन, वन तथा वातावरण मन्त्रालय
भौतिक पूर्वाधार विकास मन्त्रालय
प्रदेश लेखा नियन्त्रक कार्यालय
आन्तरिक मामिला तथा कानून मन्त्रालय
सामाजिक विकास मन्त्रालय
प्रदेश सभा सचिवालय
आर्थिक मामिला तथा योजना मन्त्रालय
मुख्यमन्त्री तथा मन्त्रीपरिषद्को कार्यालय
प्रदेश प्रमुखको कार्यालय

बाजुरा स्थानिय सरकार

बडीमालिका नगरपालिका
त्रिवेणी नगरपालिका
बुढीगंगा नगरपालिका
बुढीनन्दा नगरपालिका
गौमुल गाँउपालिका
जगन्नाथ गाँउपालिका
स्वामिकार्तिक खापर गाँउपालिका
खप्तड छेडेदह गाँउपालिका
हिमाली गाँउपालिका
error: Content is protected !!