युनिकोड    राशिफल    एफएम रेडियाे                        
163 पटक पढिएको

गण्डकी– गण्डकी प्रदेशका मुख्यमन्त्री पृथ्वीसुब्बा गुरुङले आज प्रदेश सभामा विश्वासको मत लिँदैछन् । तर, मुख्यमन्त्री गुरुङको सरकार टिकाउन खम्बा बनेका राजीव गुरुङ (दीपक मनाङे) ले अन्तिममा आएर उनको साथ छाडेका छन् ।

सरकार जोगाउनकै लागि एमालेको आग्रहमा मन्त्री बने पनि अहिले सरकार ढल्ने र प्रदेश सभा पनि विघटनको दिशामा गएकाले गुरुङ नेतृत्वको सरकारको साथ छाड्ने अवस्थामा दीपक मनाङे पुगेको बताइएको छ ।

मुख्यमन्त्री गुरुङले प्रदेशसभाबाट विश्वासको मत लिने प्रस्ताव मंगलबार संसद सचिवालयमा दर्ता गराएका थिए । गत वैशाख २९ गते प्रदेश प्रमुख सीताकुमारी पौडेलबाट मुख्यमन्त्री नियुक्त भएका मुख्यमन्त्री गुरुङले ३० दिन भित्रमा विश्वासको मत लिनुपर्ने संवैधानिक व्यवस्था अनुसार आज विश्वासको मत लिन लागेको हुन् ।

यस्तै मुख्यमन्त्री गुरुङले बहुमत हासिल गर्न नसके संसद विगठन गरेर मध्यावधि निर्वाचनमा जाने योजना बनाएपछि आफू एकजना विपक्षमा उभिदा संसद विघटनबाट जोगिने र प्रदेशमा स्थिरता काय हुने भएकाले विपक्षी गठबन्धनलाई साथ दिने सोच बनाएको मनाङेको भनाइ छ ।

बुधबार साँझ भएको मन्त्रीपरिषदको बैठकमा समेत मनाङे अनुपस्थित रहेका थिए । मनाङेले साथ छाडेपछि प्रदेशसभामा मुख्यमन्त्री गुरुङसँग अहिले २७ सांसदको मात्र समर्थन रहेको छ । गण्डकी प्रदेशसभाका ६० सांसद छन् । एमालेका २७ सांसदमध्ये प्रदेशसभामा माधव–झलनाथ खनाल पक्षका एकजना मात्रै सांसद इन्द्रलाल सापकोटा रहेका छन् ।

हाल उनले पृथ्वी सुब्बा गुरुङ नेतृत्वको सरकारलाई समर्थन गर्ने बताइरहेका छन्। तर,काँग्रेस नेतृत्वको गठबन्धनलाई समर्थन नगर्ने बताइरहेका जनमोर्चाका सांसद कृष्ण थापाले मुख्यमन्त्री गुरुङलाई मत दिन्छन् वा दिँदैनन्,त्यो खुलेको छैन। सांसद थापा पार्टी निर्देशन विपरीत गुरुङ नेतृत्वको सरकार जोगाउन लागेपछि कारबाहीमा परेका थिए ।
यदी सांसद थापाले एमालेलाई समर्थन गरेको अवस्थामा एमालेको सांसद संख्या २८ हुन्छ । ६० प्रदेशसभा सदस्य रहेको गण्डकी प्रदेशमा सरकार बनाउनका लागि ३१ मत आवस्यक पर्छ ।

विपक्षी गठबन्धनसँग माओवादी केन्द्रका सभामुख सहित १२, काँग्रेसका १५, राष्ट्रिय जनमोर्चाका ३ मध्ये २, जनता समाजवादी पार्टीका २ र मनाङे सहित ३२ मत पुग्ने छ । सभामुखले दुबै पक्षको बराबर मत भएको अवस्थामा मात्रै मत हाल्न पाउँछन् । राताेपाटी….

प्रतिक्रिया

सम्बन्धित खवर

लोक सेवा आयोग
प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय
सङ्घीय मामिला तथा सामान्य प्रशासन मन्त्रालय
गृह मन्त्रालय
अर्थ मन्त्रालय
परराष्ट्र मन्त्रालय
रक्षा मन्त्रालय
कानून, न्याय तथा संसदीय मामिला मन्त्रालय
सञ्‍चार तथा सूचना प्रविधि मन्त्रालय
कर्णाली प्रदेश
प्रदेश नं. ५
भौतिक पूर्वाधार तथा यातायात मन्त्रालय
स्वास्थ्य तथा जनसंख्या मन्त्रालय
शिक्षा विज्ञान तथा प्रविधि मन्त्रालय
कृषि तथा पशुपन्छी विकास मन्त्रालय
ऊर्जा, जलस्रोत तथा सिंचाइ मन्त्रालय
संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालय
उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्रालय
महिला बालबालिका तथा ज्येष्ठ नागरिक मन्त्रालय
गण्डकी प्रदेश
भूमि व्यवस्था,सहकारी तथा गरिबी निवारण मन्त्रालय
सहरी विकास मन्त्रालय
श्रम, रोजगार तथा सुरक्षा मन्त्रालय
वन तथा वातावरण मन्त्रालय
युवा तथा खेलकुद मन्त्रालय
खानेपानी मन्त्रालय
सर्वोच्च अदालत
निर्वाचन आयोग
प्रदेश नं. १
सुदूर पश्चिम प्रदेश
भुमि व्यवस्था, कृषि तथा सहकारी मन्त्रालय
उद्योग, पर्यटन, वन तथा वातावरण मन्त्रालय
भौतिक पूर्वाधार विकास मन्त्रालय
प्रदेश लेखा नियन्त्रक कार्यालय
आन्तरिक मामिला तथा कानून मन्त्रालय
सामाजिक विकास मन्त्रालय
प्रदेश सभा सचिवालय
आर्थिक मामिला तथा योजना मन्त्रालय
मुख्यमन्त्री तथा मन्त्रीपरिषद्को कार्यालय
प्रदेश प्रमुखको कार्यालय

बाजुरा स्थानिय सरकार

बडीमालिका नगरपालिका
त्रिवेणी नगरपालिका
बुढीगंगा नगरपालिका
बुढीनन्दा नगरपालिका
गौमुल गाँउपालिका
जगन्नाथ गाँउपालिका
स्वामिकार्तिक खापर गाँउपालिका
खप्तड छेडेदह गाँउपालिका
हिमाली गाँउपालिका
error: Content is protected !!