युनिकोड    राशिफल    एफएम रेडियाे                        
 BREAKING
देउबालाई स्वागत गर्न शुदुरपश्चिमबाट प्लेन चढेर काठमाण्डौ आए नेता कार्यकर्ता | नेपाली कला सँस्कृति प्रतिष्ठानकाे दाेस्राे बार्षिकाेत्सव हटेल किम्चिमा सम्पन्न | बाजुरामा बाढीपहिरोका कारण १६ घरपरिवार प्रभावित, साँफे–मार्तडी सडकखण्ड अवरुद्ध | नीति तथा कार्यक्रम खारेज गरी पुनर्लेखन गर्न एमालेको माग | वीर बहादुर बिष्टकाे "खण्सापका" मुक्तक विमाेचन | दार्चुलामा भूकम्पको धक्का महसुस | साउने संक्रान्तीको अवसरमा विरेखोलामा देउडा कार्यक्रम हुनेु | बाजुरा अदालतमा आर्थिक बर्षमा १ सय ८० मुद्दा दर्ता , सबै भन्दाबढि सम्बन्ध विच्छेदका मुद्दा | बुढिगंगाका बुढथापाको नदिमा डुबेर मृत्यु | बाजुरा जिल्ला पूर्णखोप सुनिश्चित तथा दिगोपना घोषणा |
305 पटक पढिएको

प्रमित विक बाजुरा: जिल्लाकाे गौुमल गाउँपालिकामा रहेको दडीपाट गाउँमा खानेपानीको चरम अभाव भएको छ । हिउँदे मौसम सुरु हुनै लाग्दा गाउँमा खानेपानीको चरम अभाव सुरु भएको हो । बर्खे सिजनमा समेत खानेपानीको अभाव हुने गरको स्थानीय विष्णु रोकायाले बताएका छन् ।दडीपाटा गाउँ गौमुल गाउँपालिकाको केन्द्र घट्मना नजिकको बस्ती हो । प्रायःजसो बार्है महिना गाउँमा खानेपानीको अभाव हुने गरेको भएपनि अहिले सम्म कसैले चासो नदिँदा समस्या समाधान नभएको स्थानीय औला रोकायाले बताइन् । गाउँपालिका नजिककै गाउँमा लामो समयदेखि त्यहाँका स्थानीय खानेपानीको समस्या झेल्दै आएका छन् ।दडीपाट गाउँलाई तरकारीको पकेट क्षेत्रका रुपमापनि मानिन्छ । तरकारी उत्पादन गर्न प्रशस्त मात्रामा पानीको आवश्यकता हुन्छ । तर तरकारी फलाउनलाई त परै जावस खानलाई पनि पानी नपुग्ने गरेको औलाले बताएकी छन् । १८ घरपरिवार रहेको उक्त गाउँमा धेरै वर्ष अगाडी केयर नेपाल नामक संस्थाले बनाईदिएका २ वटा धारा छन् ।

उक्त संस्थाले मुहानमा ट्याङकी सहीत धारा निर्माण गरी खानेपानीको समस्या समाधान गरिदिएपछि केही मात्रामा सहज त भयो पुरै गाउँको समस्या हल भने हुन सकेन् । ती धारामा समेत पनि पानी नआउँदा खानेपानीको चरम अभाव हुने गरेको स्थानीय विष्णु रोकायाले बताए । विस्तारै गाउँमा मानिसहरुको जनसंख्या बृद्धिसंगै घरपरिवारको संख्या बढ्न थालेपछि आजभोली खानेपानीको झन अभाव हुने गरेको अर्का स्थानीय धौली रोकायाले बताइन् । उनले भनिन् अरानीबाट ल्याएको पानी पनि धेरै वर्षदेखि आउँदैन्, खानेपानीको मुहानको ट्ङ्की सहीत बिचमा पाइप लाइन विग्रिएका कारण अवरुद्ध भएको छ । गाउँ नजिकै रहेको मुहानमा सानो पानी आउँन्छ, हिउँदयाममा त झन मुहान सुक्ने गर्छ । जसका कारण गाउँमा खानेपानीको चरम अभाव हुने गरेको रोकायाले बताएकी छन् ।लामो समयदेखि हाम्रो गाउँमा खानेपानीको अभाव हुदै आएको छ, वर्षातको बेलामा खानेपानीको समस्या हुन्छ । भने फागुन, चैत, बैशाख र जेठको महिना त झनै खानेपानीको ठुलो दुःख पाउन्छौ, औला रोकाया भनिन् ।

हिउँदयाममा घर नजिकै रहेको मुहानलाई बेलुका खानका लागि दिनभरी बन्द गर्ने र विहानका लागि प्रत्येक घरमा खान पुग्ने गरी पानी भरेर बुलुकादेखि रातभरी बन्द गर्ने गर्छौ । त्यही थोपा–थोपा जम्मा भएको पानी यति ठुलो गाउँमा जनतेन खानलाई पुगाउने गर्छौ, उनले बताइन् ।गाउँका सबैका लागि खानेपानीका दुई वटा धारा मात्र त्यसैमा पनि पानी धेरै सानो आउने भएकाले पानी भर्नका लागि विहान, बेलुका लाइनमा लागेर पालो कुर्नुपर्ने बाध्यता रहेको स्थानीय औला रोकायाले बताइन् । पालो मिचिएपछि झगडा सहीत छिमेकीसंग तिक्तता हुने गरेको छ । उनले भनिन्, टाडाको मुहानबाट पानी ल्याउन आफूहरुको आर्थिक अवस्था छैन् । विहान बेलुका गाउँ नजिककै ट्याङकीमा खानेपानी जम्मा गरेर भर्ने गर्छौ ।

लुगा कपडा धुन, नुहाउन सहीत सरसफाई गर्न एक घण्टा हिडेर बुढीगंगा नदीमा जानुपर्ने बाध्यता छ । भने तरकारी धेरै फलाएर अमनग्य आम्दानी गर्ने इच्छा थियो । तर पानी नहुँदा तरकारी उत्पादन पनि वर्षेनी घट्दै गएको रोकायाले दुखेको गरेकी छन् ।गाउँमा खानेपानीको समस्या समाधान गर्न ठुलो योजनाको आवश्यक छ । गौमुल गाउँपालिकाको केन्द्र घट्मुना बजारमा दडीपाटाकै तरकारी जाने गर्दछ । पछिल्लो केही वर्ष यता भने पानी अभावका कारण तरकारी कम लगाउने र उत्पादनमा गिरावट हुन थालेपछि तरकारी बजारमा आउने क्रम घट्दै गएको छ । उक्त गाउँमा खानेपानी प्रशस्त मात्रामा भईदिएपछि त्यहाँका स्थानीयलाई दुई फाईदा हुने देखिन्छ ।स्थानीय एकातिर तरकारी उत्पादन गरी विक्रि गरेपछि आर्थिक संकटबाट मुक्त हुन्थ्ये । भने अर्को खानेपानीको समस्या झेल्नु पर्ने बाध्यता हट्ने थियो । तर गाउँमा खानेपानीको संकट भएपछि दुबै फाईदाबाट बञ्चित हुनुपर्ने बाध्यता छ । त्यहाँका स्थानीय भने तरकारी उत्पादन भन्दा पनि आफूहरुलाई उपयोग हुने गरी प्रशस्त मात्रामा खानेपानी समस्याको समाधानको अपेक्षामा गरिरहेका छन् ।

यता गौमुल गाउँपालिकाले भने खानेपानीको समस्याको समाधानका लागि पहल भईरहेको बताएको छ । दडीपाटा गाउँमा सानो रकमले व्यवस्थापन गर्न नसकिने र ठुलो बजेट सहीतको योजनाले मात्र खानेपानी बनाउन सम्भव रहेकाले गैरसरकारी संस्था तथा सम्बन्धित निकायहरुसंग समन्वय गरी सहकार्य र सहजकीरणको पहल भईरहेको गाउँपालिकाले जनाएको छ ।वडा नं ६ का वडाध्यक्ष प्रकाशबहादुर रोकायाले भने खानेपानी निर्माण गर्नका लागि वडाबाट पहल कदमी भईरहेको बताएका छन् । आफ्नो वडाका नागरिकका समस्या समाधान गर्न आफू प्रतिवद्ध रहेको बताउँदै खानेपानीको समस्या हटाउन सम्बन्धित निकाय र सहयोगी संस्थाहरुसंग समन्वय भईरहको वडाध्यक्ष रोकायाले बताए ।

वडाका धेरै गाउँमा एक घर एक खानेपानीको धारा निर्माण भईसकेका भएपनि लोमो समयदेखि खानेपानीको समस्या झेल्दै आएका दडीपाटा गाउँवासीको समस्या समाधान हुने वडाध्यक्ष रोकायले बताएका छन् । उनले भने, त्यो गाउँमा केही समयअघि खानेपानीको अभाव हुने गरेकोले त्या समस्या समाधान गर्नका लागि स्थानीय सरकारले काम गरेको छ, चाडैं त्यहाँका नागरिकको समस्या हट्ने छ ।

प्रतिक्रिया

सम्बन्धित खवर

लोक सेवा आयोग
प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय
सङ्घीय मामिला तथा सामान्य प्रशासन मन्त्रालय
गृह मन्त्रालय
अर्थ मन्त्रालय
परराष्ट्र मन्त्रालय
रक्षा मन्त्रालय
कानून, न्याय तथा संसदीय मामिला मन्त्रालय
सञ्‍चार तथा सूचना प्रविधि मन्त्रालय
कर्णाली प्रदेश
प्रदेश नं. ५
भौतिक पूर्वाधार तथा यातायात मन्त्रालय
स्वास्थ्य तथा जनसंख्या मन्त्रालय
शिक्षा विज्ञान तथा प्रविधि मन्त्रालय
कृषि तथा पशुपन्छी विकास मन्त्रालय
ऊर्जा, जलस्रोत तथा सिंचाइ मन्त्रालय
संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालय
उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्रालय
महिला बालबालिका तथा ज्येष्ठ नागरिक मन्त्रालय
गण्डकी प्रदेश
भूमि व्यवस्था,सहकारी तथा गरिबी निवारण मन्त्रालय
सहरी विकास मन्त्रालय
श्रम, रोजगार तथा सुरक्षा मन्त्रालय
वन तथा वातावरण मन्त्रालय
युवा तथा खेलकुद मन्त्रालय
खानेपानी मन्त्रालय
सर्वोच्च अदालत
निर्वाचन आयोग
प्रदेश नं. १
सुदूर पश्चिम प्रदेश
भुमि व्यवस्था, कृषि तथा सहकारी मन्त्रालय
उद्योग, पर्यटन, वन तथा वातावरण मन्त्रालय
भौतिक पूर्वाधार विकास मन्त्रालय
प्रदेश लेखा नियन्त्रक कार्यालय
आन्तरिक मामिला तथा कानून मन्त्रालय
सामाजिक विकास मन्त्रालय
प्रदेश सभा सचिवालय
आर्थिक मामिला तथा योजना मन्त्रालय
मुख्यमन्त्री तथा मन्त्रीपरिषद्को कार्यालय
प्रदेश प्रमुखको कार्यालय

बाजुरा स्थानिय सरकार

बडीमालिका नगरपालिका
त्रिवेणी नगरपालिका
बुढीगंगा नगरपालिका
बुढीनन्दा नगरपालिका
गौमुल गाँउपालिका
जगन्नाथ गाँउपालिका
स्वामिकार्तिक खापर गाँउपालिका
खप्तड छेडेदह गाँउपालिका
हिमाली गाँउपालिका
error: Content is protected !!