गाेबिन्द्र राज पाध्याय,बाजुराः बडिमालिका नगरपालिकाले खुला महिला तिज वप्रतियोगिता गरेर हिन्दु नेपाली नारीहरुको महान चाड हरीतालिका तिज पर्व मनाउने भएको छ । नगरपािलकाले एक सुचना जारी गर्दै वडाभरी रहेका नौ वटै वडाका महिलाहरु बिच प्रतिस्पर्धा गराएर तिज वर्व मनाउने भएको छ । तिज पर्व हिन्दु नेपाली नारीहरुको एक महान चाडपर्व हो घरमा सुख शान्ति प्राप्ति गर्नको लागी ,आफ्नो जिवनमा राम्रो श्रीमान प्राप्ति होस भन्ने उदेश्यका साथ नेपाली नारीहरु ब्रत बसेर तिज पर्व मनाउने गर्दछन । पानी नै नखाएर घरपरिवारको सुख शान्तिको लागी महिला नारीहरु तिजको बर्त बस्ने गर्दछन । यसै तिज पर्वको अबसरमा बडिमालिकाले खुला नृत्य प्रतियोगिता संञ्चालन गरेर तिज मनाउने भएको छ ।
तिजको अवसरमा नृत्य प्रतियोगिता यहि मिति २०८० भाद्र ३० गते सदरमुकाम मार्तडीको खेलकुद कर्बड हलमा संञ्चालन हुने नगरपालिकाले निकालेको सुचनामा उल्लेख गरीएको छ। नृत्य प्रतियोगितामा सहभागी हुन चाहनेहरुले यहि मिति २०८० भाद्र २९ गते दिउसो ३ बजेसम्म गरीसक्नुपर्ने छ ।एक टिममा कम्तिमा दश जना हुनुपेर्न छ । भने नृत्य प्रतियोगिता बिहान दश बजेबाट संञ्चालन हुने नगरपालिकाले जनाएको छ । तिज बिषेश अबसरमा संञ्चालन हुने नृत्य प्रतियोगितामा सहभागी हुन चाहनेहरुले रञ्जिता शाही रावलको सम्पर्क मोबाइल नम्बर ९८४८२४०७१६ मा सम्पर्क गर्न पनि नगरपालिकाले जनाएको छ ।











