कञ्चनपुर- आरक्ष पिडित संघर्ष समिति कञ्चनपुरले ६ सुत्रिय माग राख्दै माईतिघर मण्डला काठमाण्ठाैमा धर्ना गरेकाे छ । चाैथाे दिनकाे धर्नामा सँघर्ष समितिका अध्यक्ष कर्णबहादुर चन्द, सचिव प्रेमदत्त भट्ट लगायत सँघर्ष समितिका पदाधिकारीहरुकाे उपस्थिति रहेकाे थियाे ।
धर्ना चौथो दिनबाट स्थगीत गर्ने गरी संविधान सभा सदस्य समेत रहेका सुदूरपश्चिम प्रदेस सभा सदस्य बहादुरसिंह थापाले अनसन तोडाउनु भएको हाे । प्रधानमन्त्री र परराष्ट्रमन्त्री स्वदेश फर्किएपछि उहाँहरुसँग बसेर छलफल गराउने सर्तमा अनसन तोडेका हौँ: अध्यक्ष चन्दले भन्नू भएकाे छ ।
प्रदेश सांसद थापाले आन्दोलनरत पक्षलाई प्रधानमन्त्री र परराष्ट्रमन्त्री सँग छ्लफल गराउने प्रतिवद्द्ता जनाउनुभएको।
अनसनमा बसेकाहरुलाई आन्दोलन स्थगीतका लागि आग्रह गर्न नेका कञ्चनपुरका उपसभापति मीनबहादुर सिँह, क्षेत्र नम्बर २ का पार्टीटी सभापति लालबहादुर सिंहलगायतका नेता माइतीघर पुग्नु भएको थियो ।