युनिकोड    राशिफल    एफएम रेडियाे                        
 BREAKING
देउबालाई स्वागत गर्न शुदुरपश्चिमबाट प्लेन चढेर काठमाण्डौ आए नेता कार्यकर्ता | नेपाली कला सँस्कृति प्रतिष्ठानकाे दाेस्राे बार्षिकाेत्सव हटेल किम्चिमा सम्पन्न | बाजुरामा बाढीपहिरोका कारण १६ घरपरिवार प्रभावित, साँफे–मार्तडी सडकखण्ड अवरुद्ध | नीति तथा कार्यक्रम खारेज गरी पुनर्लेखन गर्न एमालेको माग | वीर बहादुर बिष्टकाे "खण्सापका" मुक्तक विमाेचन | दार्चुलामा भूकम्पको धक्का महसुस | साउने संक्रान्तीको अवसरमा विरेखोलामा देउडा कार्यक्रम हुनेु | बाजुरा अदालतमा आर्थिक बर्षमा १ सय ८० मुद्दा दर्ता , सबै भन्दाबढि सम्बन्ध विच्छेदका मुद्दा | बुढिगंगाका बुढथापाको नदिमा डुबेर मृत्यु | बाजुरा जिल्ला पूर्णखोप सुनिश्चित तथा दिगोपना घोषणा |
336 पटक पढिएको

जय बहादुर रावत, बाजुराः  खाद्य व्यवस्था तथा व्यापार कम्पनी लिमिटेड बाजुरा शाखामा खाद्यान्नका लागि चामल सकिएको छ । सदरमुकाम मार्तडीको डिपोमा भदौ २४ गते देखि चामल सकिएर कम्पनी शाखा बाजुराले जनाएको छ ।विपद र जिल्ला कारागारमा रहेका कैदीका लागि मात्र एक सय ५० क्वीन्टल चामल राखिएको र सर्वसाधारणका लागि गरिने चामल सकिएको खाद्य व्यवस्था तथा व्यापार कम्पनी लिमिटेड बाजुरा शाखाका प्रमुख मेखराज ओझाले जानकारी दिएका छन् ।

उनले दिएको जानकारी अनुसार अति आवश्यक विपद र कारागारका लागि मात्र चाम राखिएको र सर्वसाधारणलाई विक्री गर्ने चामल सकिएकाले कम्पनी विक्री बन्द गरिएको सार्वजनिक सूचना जारी गरेको बताए ।दुर्गमका डिपोमा ५ महिना देखि चामल अभाव रहेको छ । सदरमुकाम मार्तडीको डिपोमा भदौ २४ गते देखि चामल सकिएर सुचना टाँस गरि गोदाममा ताला लगाइएको छ ।डिपोमा रहेको मौज्दात चामल सकिएको हुँदा ठेका प्रक्रियाबाट ढुवानी नहुन्जेलसम्म खाद्यान्न विक्रि वितरण कार्य बन्द गरिएको शाखा प्रमख मेखराज ओझाले बताएका छन् ।सदरमुकाम मार्तडीको डिपोमा एक सय ५० क्वीन्टल कारागारका कैदीबन्दीलाई र विपद आएमा राहत दिने गरी राखिएको छ ।पुर्वी उत्तरी भेगको कोल्टी दुई सय क्वीन्टल चामल मौजाद रहेको छ । कोल्टी डिपोमा रहेको चामल एक साताका लागि मात्र पुग्ने भएकाले एक सातापछि ताला लगाएर विक्री बन्दको सार्वजनिक सूभचना टाँस गर्नु पर्नै अवस्था आउने शाखा प्रमुख ओझाको भनाई रहेको छ ।

खाद्य ब्यबस्था तथा ब्यापार कम्पनी लिमिटेड बाजुरा शाखा प्रमुख ओझाका अनुसार ठेक्का वोलपत्र आह्वान साउन २१ गते सकिएको हो । त्यसपछिको प्रकृया चलिरहेको छ । यस्तै ढिला सुस्ती हो भने दशैसम्म पनि चामल आउन नसक्कने ओझा बताउँछन् ।हिमाली गाउँपालिकामा खाद्यन्न संकट भएको पाँच महिना बढ भएको छ । गाउँपालिकाको कवाडी अस्थायी डिपोमा गत आर्थिक वर्षको चामल जेठमा सकिएपछि पाँच महिना देखि खाद्य संकट भएको स्थानिय धनलाल रोकायाले बताए । ढुवानी अनुदानको चामल डिपोमा नभएपछि हिमाली गाउँपालिका १, २ र ३ को विच्छ्याँ, गाउँपालिकाको केन्द्र रहेको वडा नम्वर ४ र ५ को रुगीनमा खाद्य संकट भएको हो ।त्यस्तै हुम्लाको ताजाकोट गाउँपालिकामा समेत संकट भएको छ । हिमाली गाँउपालिका १ बिच्छयाँका धर्मलाल रोकाया दुुई दिन लगाएर कवाडी अस्थायी डिपोमा चामल किन्न आएका भएपनि डिपोमा चामल नपाएपछि बजारको महँगो चामल किनेर घर फर्किएका छन् ।

आर्थिक वर्षमा ०७९÷०८० मा कवाडी डिपोमा ३५ सय क्वीन्टल रहेको थियो । कवाडी डिपोको कोटाको चामल जेठ महिनामै सकिएपछि डिपोमा चामल नरहेको खाद्य व्यवस्था तथा व्यापार कम्पनी लिमिटेड बाजुराले जनाएको छ ।०८०,०८१ मा कुवाडी डिपोका लागि २५ सय क्वीन्टल कोटा रहेको छ । उक्त चामल ढुवानी ठेक्का प्रक्रियामा रहेकाले चामल आउने अहिले कुनै टुङ्गो छैन । कवाडी डिपोमा चामल भए मोटो चामल प्रति किलो ५२ रुपैयामा विक्री हुने गरेको थियो । डिपोमा चामल अभाव भएपछि सर्वसाधारणले बजारमा प्रति किलो ८० रुपैयाँमा हालेर चामल किन्ने गरेका छन् ।साविकको विच्छ्याँ गाविसमा मात्र चार हजार जनसंख्या रहेको छ । डिपोमा चामल सकिएपछि विच्छ्रयाका घर घरमा खाद्य संकट भएको छ । स्थानीय उत्पादनले वर्षमा दुई महिना पनि खान नपुग्ने गरेको छ ।हिमाली गाँउपालिका जिल्लाकै दुर्गम तथा विकट गाउँपालिका हो । गाँउपालिकाको टाढाको गाँउ पुग्न सदरमुकाम मार्तडीबाट एक साता लाग्ने गरेको छ ।

त्यस्तै स्वामीकार्तिक गाउँपालिकामा रहेको मुक्तिकोट अस्थायी विक्री केन्द्रमा पनि चामल सकिएको चार महिना पुगेको स्वामीकार्तिक खापर गाउँपालिका अध्यक्ष भरत रोकायाले बताएका छन् ।
गत आर्थिक वर्षको पाँच सय क्वीन्टल चामल जेठ अन्तिम सातामा सकिएको हो । यो आर्थिक वर्षको चामल पाँच सय क्वीन्टल रहेको भएपनि ढुवानी ठेक्का प्रक्रियामा रहेको छ ।जिल्लाका खाद्य डिपो र अस्थायी विक्री केन्द्रमा चामल सकिएको भएपनि ढुवानी प्रक्रिया कहिले सकिने हो, कहिले चामल दुवानी हुने हो यकिन नभएको खाद्य व्यवस्था तथा ब्यापार कम्पनी लिमिटेड बाजुरा शाखा प्रमुख बताएका छन् ।

प्रतिक्रिया

सम्बन्धित खवर

लोक सेवा आयोग
प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय
सङ्घीय मामिला तथा सामान्य प्रशासन मन्त्रालय
गृह मन्त्रालय
अर्थ मन्त्रालय
परराष्ट्र मन्त्रालय
रक्षा मन्त्रालय
कानून, न्याय तथा संसदीय मामिला मन्त्रालय
सञ्‍चार तथा सूचना प्रविधि मन्त्रालय
कर्णाली प्रदेश
प्रदेश नं. ५
भौतिक पूर्वाधार तथा यातायात मन्त्रालय
स्वास्थ्य तथा जनसंख्या मन्त्रालय
शिक्षा विज्ञान तथा प्रविधि मन्त्रालय
कृषि तथा पशुपन्छी विकास मन्त्रालय
ऊर्जा, जलस्रोत तथा सिंचाइ मन्त्रालय
संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालय
उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्रालय
महिला बालबालिका तथा ज्येष्ठ नागरिक मन्त्रालय
गण्डकी प्रदेश
भूमि व्यवस्था,सहकारी तथा गरिबी निवारण मन्त्रालय
सहरी विकास मन्त्रालय
श्रम, रोजगार तथा सुरक्षा मन्त्रालय
वन तथा वातावरण मन्त्रालय
युवा तथा खेलकुद मन्त्रालय
खानेपानी मन्त्रालय
सर्वोच्च अदालत
निर्वाचन आयोग
प्रदेश नं. १
सुदूर पश्चिम प्रदेश
भुमि व्यवस्था, कृषि तथा सहकारी मन्त्रालय
उद्योग, पर्यटन, वन तथा वातावरण मन्त्रालय
भौतिक पूर्वाधार विकास मन्त्रालय
प्रदेश लेखा नियन्त्रक कार्यालय
आन्तरिक मामिला तथा कानून मन्त्रालय
सामाजिक विकास मन्त्रालय
प्रदेश सभा सचिवालय
आर्थिक मामिला तथा योजना मन्त्रालय
मुख्यमन्त्री तथा मन्त्रीपरिषद्को कार्यालय
प्रदेश प्रमुखको कार्यालय

बाजुरा स्थानिय सरकार

बडीमालिका नगरपालिका
त्रिवेणी नगरपालिका
बुढीगंगा नगरपालिका
बुढीनन्दा नगरपालिका
गौमुल गाँउपालिका
जगन्नाथ गाँउपालिका
स्वामिकार्तिक खापर गाँउपालिका
खप्तड छेडेदह गाँउपालिका
हिमाली गाँउपालिका
error: Content is protected !!