बाजुराः बडीमालिका नगरपालिकाले मर्यादित ढङ्गले तिज मनाउन नगरवासिलाई अनुरोध गरेको छ । आज बिहिवार एक सुचना जारी गर्दै नगरपालिकको कार्यालयले मर्यादित र व्यवस्थित ढङ्गले तिज मनाउन आग्रह गरेको हो ।हरितालिका तिज संगै मौलिक सस्कुति बिग्रने , शान्ति सुरक्षा खलबल हुने, र बिकृति फैलिने हुदाँ सवै सजग हुन नगरपालिकाकले सुचना मार्फत अपिल गरेको छ । साथै राती अबेर सम्म तिज बिशेष कार्यक्रमहरु सञ्चालन गर्दा उछ्ङखल व्यत्तिःहरुको भिड जम्मा हुन, अनैतिक व्वाहार गर्ने, असभ्य भाषाको प्रयोग गर्ने, लगायतका जनगुजासो आएकोले यस्ता गतिबिधि रोक्न नगरवासि सम्पुर्ण दिदिबहिनीहरुलाई अनुरोध गर्दछौँ, नगरपालिकाले जारी गरेको सुचनामा उल्लेख छ ।
यो संगै राती ९ बजेपछी तिज बिशेष कार्यक्रम नगर्न पनि सुचनामा भनिएको छ । यदि यो सचनालाई अवज्ञा गरि टोकिएको समय भन्दा पछि तिज बिशेष कार्यक्रम गरेको पाइएमा त्यसबाट उत्पन्न्न भएको कुनैपनि समस्यामा महिलाहरु स्वम जवाफदेही हुनुपर्ने पनि नगरपालिकाका प्रमुख प्रशासकिय अधिकृत देवेन्द्र सावकोटा द्धारा हस्ताक्षरित सुचनामा उल्लेख गरिएको छ ।
जारी सुचना












