युनिकोड    राशिफल    एफएम रेडियाे                        
 BREAKING
देउबालाई स्वागत गर्न शुदुरपश्चिमबाट प्लेन चढेर काठमाण्डौ आए नेता कार्यकर्ता | नेपाली कला सँस्कृति प्रतिष्ठानकाे दाेस्राे बार्षिकाेत्सव हटेल किम्चिमा सम्पन्न | बाजुरामा बाढीपहिरोका कारण १६ घरपरिवार प्रभावित, साँफे–मार्तडी सडकखण्ड अवरुद्ध | नीति तथा कार्यक्रम खारेज गरी पुनर्लेखन गर्न एमालेको माग | वीर बहादुर बिष्टकाे "खण्सापका" मुक्तक विमाेचन | दार्चुलामा भूकम्पको धक्का महसुस | साउने संक्रान्तीको अवसरमा विरेखोलामा देउडा कार्यक्रम हुनेु | बाजुरा अदालतमा आर्थिक बर्षमा १ सय ८० मुद्दा दर्ता , सबै भन्दाबढि सम्बन्ध विच्छेदका मुद्दा | बुढिगंगाका बुढथापाको नदिमा डुबेर मृत्यु | बाजुरा जिल्ला पूर्णखोप सुनिश्चित तथा दिगोपना घोषणा |
377 पटक पढिएको

बाजुराः  त्रिवेणी नगरपालिकाले तीज बिशेष कार्यक्रम सञ्चालन गरेको छ । हिन्दुनारीहरुको महान पर्व तीजको अवसर पारी सद्भावका लागि तीज बिशेष साँस्कृतिक कार्यक्रमको आयोजना गरेको हो । नौ वटै वडाका महिलाहरुको उपस्थिति रहने गरि आपसी सहकार्य, सद्भाव र भेटघाटका लागि तीज बिशेष आयोजना गरिएको नगर उपप्रमुख कमला कुमारी न्यौपानेले बताएकी छन् । न्यौपानेकै अध्यक्षतामा सञ्चालन भएको कार्यक्रममा प्रमुख अतिथी प्रदेश सभा सदस्य जुना दानी रहनु भएको छ ।

महिला दिदीबहिनीको साँस्कृतिक पर्व तीजलाई भेटघाट र सद्भावको पर्वका रुपमा मनाउन पालिका भरिकै महिलाहरु बोलाएर कार्यक्रम आयोजना गरिएको नगर प्रमुख कर्णबहादुर थापाले बताएका छन् । तीज बिशेष कार्यक्रममै दर खाने, नाचगान र रमाइलो गर्ने कार्यक्रम राखिएको थियो ।तीज बिशेष कार्यक्रमले रमाइलो नाचगान सँगै लामो समय भेट्न नपाएका, भेट नभएका, चिनजान हुन बाँकी रहेका महिला दिदीबहिनीसँग भेट हुने, आपसी दुख सुखका कुरा साँट्ने, चिना परिचय हुने अवसर जुराएको प्रदेश सभा सदस्य जुना दानीले बताएकी छन् ।

नेपालीहरुले मनाउने हरेक पर्वमा आपसी सद्भाव, भाइचारा, हार्दिकता सहीतको मौलिक बिशेषता रहेको बताउँदै दानीले तीजलाई पनि साँस्कृतिक पर्वका रुपमा विकास गरिनु पर्नेमा जोड दिएकी छन् । हामीले अरुको नक्कल र बाह्य सँस्कृतिको बढावा दिने कुरालाई विस्थापित गर्दै आफ्नो मौलिक पहिचान र साँस्कृतिक विरासद बचाउने गरि संरक्षणमा सबैले लाग्नु पर्ने सुझाव दानीको छ ।कार्यक्रम नेपाली काँग्रेसकी नेतृ कविता विष्ट सहीत महिलाहरुको व्यापक सहभागिता रहेको कार्यक्रम त्रिवेणी नगरपालिकाको सभा हलमा आयोजना गरिएको हो । कार्यक्रममा महिला पुरुष सबैले नाचगान गर्दै रमाइलो गरेका छन् । पालिकाहरुले तीज बिशेष कार्यक्रम गर्ने चलन पछिल्लो समयमा बढ्दै गएको छ ।

प्रतिक्रिया

सम्बन्धित खवर

लोक सेवा आयोग
प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय
सङ्घीय मामिला तथा सामान्य प्रशासन मन्त्रालय
गृह मन्त्रालय
अर्थ मन्त्रालय
परराष्ट्र मन्त्रालय
रक्षा मन्त्रालय
कानून, न्याय तथा संसदीय मामिला मन्त्रालय
सञ्‍चार तथा सूचना प्रविधि मन्त्रालय
कर्णाली प्रदेश
प्रदेश नं. ५
भौतिक पूर्वाधार तथा यातायात मन्त्रालय
स्वास्थ्य तथा जनसंख्या मन्त्रालय
शिक्षा विज्ञान तथा प्रविधि मन्त्रालय
कृषि तथा पशुपन्छी विकास मन्त्रालय
ऊर्जा, जलस्रोत तथा सिंचाइ मन्त्रालय
संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालय
उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्रालय
महिला बालबालिका तथा ज्येष्ठ नागरिक मन्त्रालय
गण्डकी प्रदेश
भूमि व्यवस्था,सहकारी तथा गरिबी निवारण मन्त्रालय
सहरी विकास मन्त्रालय
श्रम, रोजगार तथा सुरक्षा मन्त्रालय
वन तथा वातावरण मन्त्रालय
युवा तथा खेलकुद मन्त्रालय
खानेपानी मन्त्रालय
सर्वोच्च अदालत
निर्वाचन आयोग
प्रदेश नं. १
सुदूर पश्चिम प्रदेश
भुमि व्यवस्था, कृषि तथा सहकारी मन्त्रालय
उद्योग, पर्यटन, वन तथा वातावरण मन्त्रालय
भौतिक पूर्वाधार विकास मन्त्रालय
प्रदेश लेखा नियन्त्रक कार्यालय
आन्तरिक मामिला तथा कानून मन्त्रालय
सामाजिक विकास मन्त्रालय
प्रदेश सभा सचिवालय
आर्थिक मामिला तथा योजना मन्त्रालय
मुख्यमन्त्री तथा मन्त्रीपरिषद्को कार्यालय
प्रदेश प्रमुखको कार्यालय

बाजुरा स्थानिय सरकार

बडीमालिका नगरपालिका
त्रिवेणी नगरपालिका
बुढीगंगा नगरपालिका
बुढीनन्दा नगरपालिका
गौमुल गाँउपालिका
जगन्नाथ गाँउपालिका
स्वामिकार्तिक खापर गाँउपालिका
खप्तड छेडेदह गाँउपालिका
हिमाली गाँउपालिका
error: Content is protected !!