बाजुरा ,१ असोजः बाजुरामा भर्खैरै आउनु भएका नयाँ प्रमुुख जिल्ला अधिकारी सिडियो भिमकान्त पौडेललाई बडीमालिका नगरपालिका द्धारा स्वागत गरेको छ । आज सोमबार एक औपचारिक कार्यक्रमका साथ बडीमािलका नगरपालिकाका नगर प्रमुख अमरबहादुर खड्का लगायत नगरपरिवारको तर्फबाट सिडियो पौडेललाई नगरपालिकाको कार्यालय मै स्वागत गरिएको हो ।बाजुरा जिल्लामा प्रमुख जिल्ला अधिकारी सिडियो को जिम्मेवारी पाएर आउनु भएका भिमकान्त पौडेललाई टिका र माला लगाएर स्वागत गरेको बडीमालिका नगरपालिका नगर प्रमुख अमर खड्काले बताएका छन । सानो एक औपचारिक कार्यक्रम पछि सिडियो पौडेलले जिल्लाको शान्ति सुरक्षा र सु(व्यवस्था कायम राख्न प्रशासन र स्थानीय तह विच समन्वयकारी भुमिका निर्वाह गर्दै अगाडि बढ्ने बताएका थिए ।
यस अघिका तत्कालिन सिडियो पुष्कर खड्का बाजुराबाट सरुवा भइ डडेल्धुरा जिल्लाको सहायक सिडियोको जिम्मेवारी सम्हाल्ने गरी गएका छन् भने उनको ठाउँमा पौडेल आएका हुन् । पौडेलले यस अघि पर्सा जिल्लाको सहायक सिडियो भइ काम गरेका थिए।बडिमालिका नगरपालिकाले गरेको स्वागत पछि सिडियो पौडेलले जिल्लाको आर्थिक तथा सामाजिक विकाससंगै समग्र शान्ति सुरक्षालाई सुव्यवस्थित बनाउन आफ्नो कार्यकाल अवधिभर यहाँका स्थानीय तहका जनप्रतिनिधिहरुका साथै सरोकारवाला निकायहरुसग समन्वय गरेर अगाडि बढ्ने बताएका छन् ।











