मिन बहादुर खड्का बाजुराः नेपाल विद्यार्थी संघ बाजुराका जिल्ला उपाध्यक्ष युवा प्रखर वक्ता तपेश रावलले पार्टीलाई सहि बाटोमा हिडाउन विद्यार्थी संगठनको महत्त्वपूर्ण भुमिका हुने बताउनु भएको छ । रेडियो पौरखीको पौरखी बहस कार्यक्रममा कुराकानी गर्दै उहाँले पार्टी नेतृत्वले गलत गर्दै गर्दा सुध्रिनका लागि सुझाव दिने विद्यार्थी संगठनहरुका कारण पार्टीलाई सहि दिशामा हिड्न मद्धत पुग्ने बताउनु भएको हो । नेतृत्वले गलत गर्दा पनि टुलुटुलु हेरेर बस्ने सच्चा कार्यकर्ता हुन सक्दैनन् भन्ने जननायक बिपी कोइरालाको भनाईलाई उदृद गर्दै उहाँले भन्नुभयो, विद्यार्थी संगठनले पार्टी नेतृत्वको चाकडी गर्ने होईन, दबाब बस्ने होईन, आफ्नाले गलत गर्दा चुपचाप बस्ने र अरुले गलत गर्दा राजनीति प्रतिसोध साँटेर बिरोध गर्ने, आलोचना मात्रै गर्ने काम विद्यार्थी संगठनको होईन, देशमा व्याप्त भ्रस्टाचार भैरहेको छ, जनता माथी अन्याय अत्याचार दिन प्रतिदिन भैरहेको छ, देशभरका शैक्षिक सस्थाहरुको अवस्था दया लाग्दो छ यी बिषयमा विद्यार्थी संगठनको ध्यान जानुपर्छ, ।बाजुराका विद्यार्थी संगठनहरु भने पछिल्लो समयमा पार्टीका नेताहरुको ठाडो निर्देशनमा चल्ने गरेको भन्दै उहाँले यस्ता व्यवाहारले विद्यार्थी संगठनको नै बदनाम हुने स्थिति सिर्जना भैरहेको उहाँको भनाई थियो । पार्टीका नेतृत्वले गरेका गलत क्रियाकलाप सच्याउन विद्यार्थी संगठन नै सक्रिय हुन आवश्यक रहेको रावलले बताउनुभयो ।
राष्ट्रको हित बिपरित काम गर्ने पार्टी भित्रकै व्यक्तिका विरुद्ध पनि नेविसंघ सशक्त भएर उभिने स्पष्ट पार्नुभयो । परिवर्तनका लागि राजनीति आस्थाभन्दा माथि उठ्नु वर्तमान आवस्यकता रहेको बताउनुभयो । बाजुराको विकासका लागि राजनीति आस्थाबाट माथि उठ्न सकिएन भने बाजुरामा नेतृत्व फेरिएपनि अवस्था जेनको तेन नै रहिरहने उहाँले बताउनुभयो । बाजुराका सबै राजनीति दलहरु एकै ठाउँमा राखेर बहस गर्न, बाजुराको विकासमा छलफल र समिक्षा गर्न आवस्यक रहेको उहाँको भनाई छ । त्यसका लागि नेविसंघ बाजुराले सबै राजनीति दलका व्यक्तिगरुलाई एक ठाउँमा उभ्याउने प्रयास गरिरहेको बताउनु भयो । नेपाल विद्यार्थी संघ शैक्षिक गतिविधिका बिषयमा मात्रै नभई देशमा भैरहेको व्याप्त भ्रष्टाचार, अन्याय, अत्याचार, दुराचार, बिकृती बिसंगती बिरुद्ध सशक्त भएर आवाज उठाउदै आएको दावी गर्नुभयो ।
राष्ट्रको हित बिपरित भएका अन्तर्राष्ट्रिय सन्धि सम्झौता, मुल्यवृद्धि, लगायतका जनताको हित बिपरित हुने कामहरूका बिरुद्ध आफ्नै पार्टीको सरकार हुँदा पनि नेविसंघ त्यसको प्रतिबादमा सडकमा उत्रिएर सरकारको ध्यानाकर्षण गराउदै आएको दावी गर्नुभएको छ । नेपालको राजनीति इतिहासमा राज्य व्यवस्था परिवर्तनमा नेपाल विद्यार्थी संघको महत्त्वपूर्ण भुमिका रहेको उल्लेख गर्नुभयो । विद्यार्थी संगठनहरु आफ्ना माओ पार्टीको छत्रछायामा बस्नु दुस्खद विषय हुने बताउनुहुँदै उहाँले राजनीति आस्थाभन्दा माथि रहेर राष्ट्र राष्ट्रियता, लोकतन्त्र, संविधान, र नेपाली जनताको पक्षमा उभिनुपर्नेमा जोड दिनुभयो ।
विद्यार्थी संगठन जहिले सरकारको प्रतिपक्षमा रहने उल्लेख गर्नुहुदै रावलले आफ्नो पार्टी सरकारमा हुँदा पनि सडकबाटै सदनको ध्यानाकर्षण गराउदै आएको दावी गर्नुभयो । नेविसंघले विद्यार्थीको हक हितका लागि मात्र नभई राष्ट्र र राष्ट्रिय नेपाली जनताको पक्षमा उभिएर हिजो पनि वकालत गर्दै आएको आज पनि गरिरहेको र भोलि पनि गरिरहने स्पष्ट पार्नुभयो । आफ्नो माओ पार्टी नेपाली कांग्रेसको नेतृत्व पंक्तिले गलत गर्दापनी सर्वप्रथम आवस्यक सुझाव दिने गरेको र अन्ततः नमानेको खण्डको त्यसको प्रतिबादमा उत्रिने गरेको पनि रावलको भनाई थियो । बाजुराबाट पनि नेपाली कांग्रेसको तर्फबाट निर्वाचित प्रदेश सभा सदस्य र प्रतिनिधि सभामा सदस्यलाई पनि पटकपटक बाजुरेली जनताका समस्याका बारेमा ध्यानाकर्षण गराउदै आएको बताउनुभयो ।बिगतमा बाजुराका विभिन्न विद्यार्थी संगठनको एकतामा बाजुराका साझा समस्या समाधानका लागि सयुक्त आन्दोलन गरेको इतिहास बारे चर्चा गर्नुहुँदै वर्तमान समयमामा पनि त्यो आवस्यकता रहेको औल्याउनु भएको छ । बाजुराको हकमा पनि जनताका जनजीविकाका सवालमा सम्बन्धित सरोकारवाला निकायको ध्यानाकर्षण गराउदै समस्या समाधानला लागि पहल गर्दै आएको बताउनुभयो । आफ्नो माओ पार्टी नेपाली कांग्रेसका विषयमा बोल्दै समग्रमा नेतृत्व पंक्तिहरुले आफ्ना कमिकमजोरीहरुलाई स्वीकार गर्दै कमजोरी सच्चाएर अगाडि बढ्न आवस्यक रहेको बताउनुभयो । पार्टीका भातृ संगठनहरु अधिवेशन नै गर्न नसकेर तदर्थ समिति गठन गरेको प्रति असन्तुष्टि जनाउदै उहाँले यसमा पार्टी नेतृत्व प्रती फरक मत रहेको स्पष्ट पार्नुभयो ।
लोकतान्त्रिक प्रतिस्पर्धाका माध्यमबाट नेतृत्व चयन हुनुपर्ने वर्तमान आवस्यकता रहेको बताउनुहुँदै आफू त्यसको पक्षमा रहेको उहाँको भनाई थियो । संगठन प्रति गरेको त्याग, तपस्या, र योगदानको मुल्यांकन नगरी आफ्ना नजिकका आसेपासेहरुलाई जिम्मेवारी सुम्पिराख्ने प्रवृत्ति चलिरने हो भने कांग्रेस कमजोर हुँदै जाने आसय व्यक्त गर्नुभयो । जसले नेताहरुको चाकडी बढी गर्यो, जो नजीकको छ उसलाई टीका लगाउने र नेतृत्व चयन भएको घोषणा गर्ने प्रवृत्ति स्विकार्न नसकिने विद्यार्थी नेता रावलको भनाईको तात्पर्य थियो ।
प्रजातन्त्रको स्थापना पन्चायती व्यवस्थाको अन्त्य, राजतन्त्रको अन्त्य गरि नेपालमा संघीय लोकतान्त्रिक गणतन्त्रको स्थापन गरि संविधान जारी गर्नमा नेपाली कांग्रेसको महत्त्वपूर्ण भुमिका रहेको बताउदै रावलले कांग्रेस सुध्रिनका लागि नेतृत्व परिवर्तन र जनताको जनअपेक्षा अनुसारको काम गर्नुपर्नेमा जोड दिनुभएको छ । बाजुरामा जनताको अपेक्षा अनुसारको काम नुहुँदा हरेक निर्वाचनमा फरक राजनीति दल रोज्ने गरेको इतिहास साच्ची रहेको उल्लेख गर्नुहुँदै उहाँले कुन पार्टी सक्किन कुन बलियो हुने भन्ने कुरा नरहेको बताउनुभयो । बाजुराका कांग्रेस भित्र आन्तरिक बिबाद छ, यहीँ कारणले कांग्रेस सकिन्छ भन्ने भ्रमलाई २०८९ को प्रदेश तथा प्रतिनिधि सभाको निर्वाचनले चिरिदिएको स्पष्ट पार्नुहुँदै अब कांग्रेस यसरी नै एकताबद्ध भएर अगाडि बढ्ने बताउनु भएको छ ।











