युनिकोड    राशिफल    एफएम रेडियाे                        
 BREAKING
देउबालाई स्वागत गर्न शुदुरपश्चिमबाट प्लेन चढेर काठमाण्डौ आए नेता कार्यकर्ता | नेपाली कला सँस्कृति प्रतिष्ठानकाे दाेस्राे बार्षिकाेत्सव हटेल किम्चिमा सम्पन्न | बाजुरामा बाढीपहिरोका कारण १६ घरपरिवार प्रभावित, साँफे–मार्तडी सडकखण्ड अवरुद्ध | नीति तथा कार्यक्रम खारेज गरी पुनर्लेखन गर्न एमालेको माग | वीर बहादुर बिष्टकाे "खण्सापका" मुक्तक विमाेचन | दार्चुलामा भूकम्पको धक्का महसुस | साउने संक्रान्तीको अवसरमा विरेखोलामा देउडा कार्यक्रम हुनेु | बाजुरा अदालतमा आर्थिक बर्षमा १ सय ८० मुद्दा दर्ता , सबै भन्दाबढि सम्बन्ध विच्छेदका मुद्दा | बुढिगंगाका बुढथापाको नदिमा डुबेर मृत्यु | बाजुरा जिल्ला पूर्णखोप सुनिश्चित तथा दिगोपना घोषणा |
1,014 पटक पढिएको

मिन बहादुर खड्का बाजुराः बडीमालिका नगरपालिका वडा नं. ७ का वडा अध्यक्ष धर्मराज पाध्यायले नगरपालिका सबै वडा मध्यको नमुना वडा बनाउने संकल्पका साथ काम गरिरहेको बताउनु भएको छ । रेडियो पौरखीको पालिका संग पौरखी सम्बाद कार्यक्रममा कुराकानी गर्दै उहाँले पाँच वर्षमा वडाको मुहार फेर्ने गरि काम गरिरहेको बताउनु भएको हो । यस अघि पनि वडा अध्यक्षको एक कार्यकाल बिताइसकेका वडा अध्यक्ष पाध्यायले अघिल्लो कार्यकालमा हुन नसकेका कामहरू पूरा गर्ने प्रयत्न गरिरहेको बताउनुभयो ।

आफ्नो वडा अन्य वडाको तुलनमा धेरै आगाडी रहेको दावी गर्नुभएको छ । शिक्षा, स्वास्थ्य, खानेपानी, सञ्चार, विद्युत, लगायतका विकासलाई प्रमुख प्राथमिकतामा राखेर काम गरेको बताउनुहुँदै विकासका आधारभुत आवस्यकता पूरा हुन बाँकी रहेका टोल बस्तीमा पाँच वर्ष भित्र पूरा गर्ने बताउनुभयो । जनताको जनअपेक्षा अनुसार काम गरिरहेकि भन्नुहुँदै उहाँले चुनाबी प्रतिबद्धता अनुसार नै निरन्तर जनताको सेवामा समर्पित रहेको बताउनुभयो । वडाका विकासका लागि वडाको श्रोत साधनले नभ्याएका योजनाहरुमा नगर, प्रदेश र संघ सरकार संग पनि आवस्यक पहल गर्दै आएको दावी गर्नुभयो ।

निरन्तर वडाको विकासका लागि प्रदेश सरकार संघ सरकार संग समन्वय गरेर वडामा गौरवका योजनाहरु ल्याउन सफल भएको पनि वडा अध्यक्ष पाध्यायको भनाई छ । उहाँले भन्नुभयो, “ १० शैयाको अस्पताल बन्दै छ, कालाजग्रको पर्यटन प्रबर्द्धनलाई प्रमुख प्राथमिकतामा राखेको छु, पर्यटकिय पार्किङ निर्माणका लागि ७ करोड बजेट बिनियोजन भएर काम सुरु भएको छ, हिजो बिद्यालयको भौतिक संरचना जिर्ण अवस्थाको थियो, डेस्क बेन्च थिएनन्, सौचालयको व्यवस्था थिएन, तर आज सुबिधा सम्पन्न बिद्यालयको भौतिक संरचना निर्माण गर्न हामी सफल भयौं, कृषि क्षेत्रको विकासका लागि पनि सिचाइको सुबिधा बिस्तार सबै बस्तीहरुमा भैरहेको छ, शैक्षिक गुणस्तर पनि सुधार गर्ने प्रयासमा छौँ, सडकहरु सबै बस्ती सम्म पुर्याउदै छौँ, कयौं बस्तीहरुमा खानेपानीको अभाव थियो,कुवाको पानी पिउनुपर्ने बाध्यता थियो, त्यो परिस्थितिको अन्त्य हुँदैछ, युवाहरुलाई स्वरोजगार बनाउन व्यावसायिक कृषि खेतीमा प्रोत्साहन गर्न विभिन्न बोटहरु वितरण पनि ग¥यौ तर जनता पनि कान गर्दैनन् ,विद्युतको पहुँच थिएन, सञ्चारको सुबिधा थिएन, तर अहिले यो बाट कोही नागरिक बन्चित छन् जस्तो मलाई लाग्दैन हुन नसकेका कामहरू गर्ने प्रयत्न पनि जारी नै छ, बिगतको भन्दा धेरै कुरा हामीले फरक गरेका छौँ,”।

उहाँले थप्दै भन्नुभयो, “वडाको श्रोत साधनले भ्याए सम्म सबै कामको थालनी गरेका छौँ, थालनी मात्रै गरेका छैनौं, पूरा गर्ने संकल्प पनि हामीले गरेका छौँ, वडाको श्रोत साधनले सम्भव नहुने योजनाहरुका लागि उपल्लो निकाय संग निरन्तर समन्वय र छलफलमा म जुटिरहेको छु, केही भएन भन्न पाँउने ठाउँ छैन, हामीले सबै कुरा गरिसक्यौं भन्न सकिने अवस्था पनि छैन, सबैकुरा एकैपटक गर्न सकिदैन, बिस्तारै परिवर्तन भैरहेको छ,”वडा कार्यालयको भवन बन्न नसकेको बिषय स्वीकार गर्नुहुँदै उहाँले नगर भित्रका कुनै पनि वडा कार्यालय भवनहरु बन्न नसकेकाले बनाउने तयारीमा रहेको स्पष्ट पार्नुभएको छ । यस्तै जिल्लिमा निरन्तर हरेक वर्षातमा बगिरहने पहिरोका बिषयमा बोल्दै वडा अध्यक्ष पाध्यायले स्थानीयको बस्ती स्थानान्तरण गर्नुपर्ने मागलाई सम्बोधन गर्न वडा सरकारको श्रोतले सम्भव नहुने बताउनुभयो । वडाको तर्फबाट बस्ती स्थानान्तरणका लागि र पहिरो रोकथामका लागि गर्नुपर्ने प्रयासहरु केही बाँकी नराखेर गरेको पनि दावी गर्नुभएको छ ।

जनताको जनभावना बिपरित गएर भने हालसम्म आफुले काम नगरेको उल्लेख गर्नुभयो । जनताका समस्याहरु सामाधान गर्न सफल भएकै कारण वडा वासिले आफुलाई दोश्रो पटक पनि चुनेको भन्नुहुँदै उहाँले वडाको विकास वडा वासीको समृद्धि संग केन्द्रित रहेर काम गर्ने र आफ्नो दोश्रो कार्यकाललाई पनि उपलब्धिमुलक कार्यलालका रुपमा स्थापित गर्ने प्रतिबद्धता व्यक्त गर्नुभएको छ ।वडा अध्यक्ष पाध्याय संग वडाले सञ्चालन गरेका गतिविधि, वडा वासिका जनगुनासा संग केन्द्रित रहेर कुराकानी गरिएको हो ।खस्किदो शैक्षिक गुणस्तर सुधार गर्न नसकेको, पहिरो पीडित स्थानीयको समस्यालाई समाधान गर्न नसकेको, दुई कार्यकाल भैसक्दा पनि वडाको भवन बनाउन नसकेको, भाडामा भवन लिएर वडा कार्यालयको कामकाज भैरहेको लगायतका आरोपहरु स्थानीयले लगाउदै आएका छन् । यी बिषयको पनि स्पष्ट जवाफ वडा अध्यक्ष पाध्यायले दिनुभएको छ ।

प्रतिक्रिया

सम्बन्धित खवर

लोक सेवा आयोग
प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय
सङ्घीय मामिला तथा सामान्य प्रशासन मन्त्रालय
गृह मन्त्रालय
अर्थ मन्त्रालय
परराष्ट्र मन्त्रालय
रक्षा मन्त्रालय
कानून, न्याय तथा संसदीय मामिला मन्त्रालय
सञ्‍चार तथा सूचना प्रविधि मन्त्रालय
कर्णाली प्रदेश
प्रदेश नं. ५
भौतिक पूर्वाधार तथा यातायात मन्त्रालय
स्वास्थ्य तथा जनसंख्या मन्त्रालय
शिक्षा विज्ञान तथा प्रविधि मन्त्रालय
कृषि तथा पशुपन्छी विकास मन्त्रालय
ऊर्जा, जलस्रोत तथा सिंचाइ मन्त्रालय
संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालय
उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्रालय
महिला बालबालिका तथा ज्येष्ठ नागरिक मन्त्रालय
गण्डकी प्रदेश
भूमि व्यवस्था,सहकारी तथा गरिबी निवारण मन्त्रालय
सहरी विकास मन्त्रालय
श्रम, रोजगार तथा सुरक्षा मन्त्रालय
वन तथा वातावरण मन्त्रालय
युवा तथा खेलकुद मन्त्रालय
खानेपानी मन्त्रालय
सर्वोच्च अदालत
निर्वाचन आयोग
प्रदेश नं. १
सुदूर पश्चिम प्रदेश
भुमि व्यवस्था, कृषि तथा सहकारी मन्त्रालय
उद्योग, पर्यटन, वन तथा वातावरण मन्त्रालय
भौतिक पूर्वाधार विकास मन्त्रालय
प्रदेश लेखा नियन्त्रक कार्यालय
आन्तरिक मामिला तथा कानून मन्त्रालय
सामाजिक विकास मन्त्रालय
प्रदेश सभा सचिवालय
आर्थिक मामिला तथा योजना मन्त्रालय
मुख्यमन्त्री तथा मन्त्रीपरिषद्को कार्यालय
प्रदेश प्रमुखको कार्यालय

बाजुरा स्थानिय सरकार

बडीमालिका नगरपालिका
त्रिवेणी नगरपालिका
बुढीगंगा नगरपालिका
बुढीनन्दा नगरपालिका
गौमुल गाँउपालिका
जगन्नाथ गाँउपालिका
स्वामिकार्तिक खापर गाँउपालिका
खप्तड छेडेदह गाँउपालिका
हिमाली गाँउपालिका
error: Content is protected !!