साहित्य एक समाजको ऐना हो । जसले समाजका हरेक बिकृति बिसंगतीहरुलाई पछि पार्दै समाज रुपान्त्ररणको बिकाशमा लागी पर्दछ । साहित्यले समाज मात्र नभई ब्यक्तित्व बिकाशमा अहम भुमिका निर्वाह गरेको हुन्छ । साहित्य लेखनमा रुचि राख्ने मान्छेले हरेक कुराको अध्ययन गरी त्यसको बारेमा लेख सिर्जना निमार्ण गर्दछ । साहित्य समाज बिकाशको निम्ति एक गतिशिल पाटोको रुपमा अगाडी बढिरहेको हुन्छ । त्यस्तै साहित्यमा केहि गर्छु साहित्यको निम्ति लागी पर्छु भनेर साहित्यमा अहोरात्र कलम चलाउदै आइरहेका जिल्लाको बडिमालिका नगरपालिका वडा नं ७ का साहित्यिक अनुरागि गोबिन्द्र राज तिमिल्सेनाले साहित्यलाई समाज निमार्ण को आधारको रुपमा अगाँल्दै साहित्यमा कलम चलाउदै आइरहेका छन ।
पछिल्लो समयमा उनले धेरै सिर्जनाहरु रचना गरीसकेका छन तर बिषेष आर्थिक अभावका कारण ति रचनाहरु यथावत रहिरहेका छन । तर उहाँले बजारमा किताब ल्याउनै ठुलो कुरा होइन रचना गरेर सामाजिक संञ्जाल मार्फत बाहिर ल्याउनै पनि ठुलो कुरा हो भनेर साहित्यमा लागी परेका छन । साहित्यलाई समाजको आँखा ठानेर साहित्यमा कलम चलाउदै आइरहेका छन । साहित्यलाई समाज निमार्णको आधार मान्दै भावी समयमा पनि यसलाई आँगालेर अगाडी लैजानु प्रर्ने आबश्यकता देखीने उहाँको सोच रहेको छ । समाजका हरेक कुराको अध्ययन संगै सामाजिक परीचालको साधनको रुपमा अडिग रहेको यो साहित्य बगिरहने खोला हो,जिन्दगी मा आभाष ल्याइरहेने यस साहित्यलाई सदैब आत्मसाथ गरीरहनु प्रर्ने उहाँको भनाई रहेको छ ।
साहित्यमा कलम चलाउनेहरु सदैब साहित्यलाई आत्मसाथ गरेर अगाडी बढ्दछन । यो साहित्यिक परिबेश भनेको यस्तो परिबेश हो जसमा मान्छे लाग्न चाहदैन तर लागीहाल्यो भने त्यो परिबेशबाट कहिल्यै बाहिर जान चाहदैनन । यसले देश बिकाशमा ठुलो भुमिका निर्वाह गने गर्दछ । समाज रुपान्त्ररणको बलियो आाँखाका रुपमा र समाजको ऐनाका रुपमा साहित्यलाई लिन सकिने साहित्यिक अनुयायी कुशम कान्छो गोबिन्द्र को सोच रहेको छ ।
उहाँका केहि उत्कृष्ठ मुक्तकहरु तल उल्लेख रहेका छन
१ जस्को िजन्दगी नै छैन उसले रमाएर के गर्नु ।
पग्ली जाने घिउलाई खाली जमाएर के गर्नु ।
मलाई शरीरमा जस्तो लाए नि हुन्छ,
फेसन अनि महंगा लुगा लगाएर के गर्नु ।
२ मत परे गाँउले ठिटो तिमि शहरमा पो छौ ।
मलाई छोडी तिमि अर्कैको रहरमा पो छौ,
मेरो भाग्यमा त खुसीको नामै छैन,
नौलो अनि उमंगको तिमि बहरमा पो छौ ।
३ आउछ झल्को तिम्रै माया मार्न सकिन ।
पायौ दुख,पिडा तर टार्न सकिन ।
युद्धभुमिको खेलाडी हुँ न भोक छ न निद्रा,
गरे संङर्घष,दुख तर मायामा हार्न सकिन ।।।
४ हटाउ मनबाट आँखाको परेली नभन ।
गुन्जिएर जान्छ संगितको तरेली नभन।
त्यहि नामको यादले सताइरहन्छ मलाई,
भन्छ्यौ अबदेखी मलाई तिमि बरेली नभन ।।
५ जति गरे नि हुन्न मादलको ताल उस्तै छ ।
कतैबाट राम्रो छैन यो साल उस्तै छ ।
छुटाउन खोज्छु झन झन गाँढा हुन्छ ,
छोड्नै नसकिने यो मायाको जाल उस्तै छ ।।
६ नानाथरी बाहाना अनि चर्तिकला किन देखाउछौ ।
जिन्दगीमा खाली दुखै दुख किन लेखाउछौ ।
सबैलाई माया गर्ने ममता गर्ने मान्छे चाहियो,
खाली भाडभैलो उदण्डा मच्चाउने मान्छे किन भेटाउछौ ।।।
७ तिम्रै माया पाएको छु अझै पाउन सकु।
ुहसिलो त्यो तिम्रो मुहारमा अझै हाँसो छाउन सकु ।
सारा खुसी नै रोजेर ल्याइदिन्छु बरु,
देश दुनिया सबै सारा धाउन सँकु ।
८ आउ मिलेर खेल खेलौ हित तिम्रै हुन्छ ।
बरु मै हारुला खेलमा जित तिम्रै हुन्छ ।
यो नाता सम्बन्ध प्रगाढ बनाउदा,
टुटेको नाता गासिन्छ प्रित तिमै हुन्छ ।
९ छोड तिम्ले साथ बरु हाँसेर जाला ।
एकै पटक भएनी छातीमा टाँसेर जाला ।
तिम्ले नाता टुटाएर गए नी केहि हुन्न,
बरु मैले नी नाता गाँसेर जाला,
१० यो स्वार्थि दुनियामा स्वार्थि माया लाउने हजारौ रहेछन ।
दुई चार पटक जिन्दगीमा छाउने हजारौ रहेछन ।
जस्लाई मन मुटु दिएर आफ्नो ठानिन्छ ,
उसैलाई गलत्त्याएर जिन्दगीबाट धपाउने हजारौ रहेछन ।
११ गरीब दुखीयाको अगाडी शान नगर ।
भो फाटो टालो एक मुठी गाँस दान नगर ।
बिचारा जसरी नि भएर खाइरहेको हुन्छ,
फेरी सारा दुनियाको अगाडी उसकै अपमान नगर ।।
१२ छोडे सबैले तिम्ले नी छोड्रदा के हुन्छ ।
जाउ बरू अरूसंग नाता तोड्रदा के हुन्छ ।
म त संगै िजउने बाँचा कसम सोचीरहेको थिय,
दोबाटोमै छोडी बाटो मोड्रदा नि के हुन्छ ।
१३ आज यो मुटुमा कसैको बास भएको छ ।
अब लाग्छ शान्तिको आभास भएको छ ।
हुने खाने त भब्य भोजमा रमाउलान,
तर गरीबको लागी एक मुठी गाँस भएको छ ।
१४ जिन्दगी बगिजाने खोलीको पानी रहेछ ।
हाँसो खेलमै बित्ने आनीबानी रहेछ ।
कति दुख गरे होला सबैको माया पाउन,
सबैले घृणा गर्ने कस्तो जिन्दगानी रहेछ ।
१५ भाग्यले ठगिएको हुँ माया लाउन जान्दैन ।
जिन्दगीका कठोर यात्रा धाउन जान्दैन ।
सबैलाई माया गरीरहन्थे मैले ,
तर कसैबाट मिठो माया पाउन जान्दैन ।
समाज रुपान्त्ररणको बलियो जग खम्बा भनेकै साहित्य हो यसलाई कहिल्यै पनि पछाडी राख्नु हुँदैन सदैव आत्मसाथ गरेर अगाडी बढ्नुपर्छ ।











