युनिकोड    राशिफल    एफएम रेडियाे                        
 BREAKING
नेपाली जनसमाज भारत पुर्बी दिल्ली नगर समिति महिला बिभागको तिज बिशेष कार्यक्रम सम्पन्न | नेपाल शिक्षक संघ बडीमालिका नगरकार्य समिति बाजुराद्धारा आपत्तिजनक बिज्ञप्ती, के लेखिएको बिज्ञप्तीमा हेर्नुस । | पहिरोले कुवाडी नदी थुनिएको आशंका ,सचेत रहन गाउँपालिका द्धारा आग्रह | तनहुँ बस दुर्घटनामा २७ जनाको मृत्यु भएको पुष्टि | अविरल वर्षाका कारण पिनालेखमा एक घर भत्कियो | बझाङमा पहिरोमा परी एकै परिवारका चार जनाको मृत्यु | धार्मिक आस्थाको धरोहर बडिमालिका,बुढीनन्दा लगायत क्षेत्रमा आज पुजाआजा गरिदै | पहाड भित्र लुकेको अर्को नँया संसार “बुढीनन्दा ” राज्यको नजरमा पर्न सकेन् | काँग्रेस बाजुराले दियो दर्शनार्थीहरुलाई शुभकामना | बडिमालिका नगरपालिकाले गर्यो बजार सरसफाई |
237 पटक पढिएको

बाजुराः  बडीमालिका नगरपालिका वडा नं.८ का वडा अध्यक्ष चन्द्र थापाले केही समुहले राजनीति प्रतिसोधका आधारमा बिरोध गरिरहेको आरोप लगाएका छन् । रेडियो पौरखीको पालिका सँग पौरखी सम्बाद कार्यक्रममा वडा सरकारलाई असफल बनाउने गरि आफ्नो चरित्र हत्या गर्ने काम भएको आरोप लगाएका छन् । वडा बासिमा गलत भ्रम फैलाउन केही व्यक्तिहरुको समुह राजनीति पुर्वाग्रह राखेर बिरोध र आलोचना गर्न थालेको टिप्पणी गरेका छन् । आफुले राम्रो गरेको देखि नसहनेहरुले मात्रै बिरोध र आलोचना गरेको उनको भनाईको तात्पर्य थियो ।

उनले सामाजिक सञ्जालमा वडाको बिषयमा भैरहेको विभिन्न टिकटिप्पणीका बिषयमा वडाको बदनाम गर्न खोजेको दावी गरेका छन् । आफुमाथि लगाइएका विभिन्न आरोपहरु सत्य पुष्टि भएमा सजायको भागेदार हुन तयार रहेको बताए ।आलु पकड क्षेत्रको अनियमित भएको भन्ने तपाई माथि लगाइएको आरोप के हो भने प्रश्नको जवाफमा उनले यसमा आफ्नो कुनै संलग्नता नरहेको जिकिर गरेका छन् । उनले भने अनुगमनमा गएको दुई दिनको १७ सय भत्ता बाहेक मैले एक रुपैयाँ पनि अनियमितता गरेको छैन, बिरोध गर्नेहरूलाई खुला चुनौती दिन चाहान्छु, सत्य प्रमाणित गरेर देखाउनुस, म सजायको भागेदार हुन तयार छु, बिरोधको नाममा बिरोध नगर म आग्रह गर्दछु, गलत भ्रममा नपर्न वडा वासिलाई म अनुरोध गर्छु, यो बिषयलाई लिएर सामाजिक सञ्जालमा चौतर्फी वडा अध्यक्ष थापा र नगरपालिकाको बिरोध र आलोचना भएको थियो । बिरोध गर्नेहरूलाई प्रमाण सहित कारबाही गर्न चुनौती समेत दिएका छन् । रेडियो पौरखीको पालिका संग पौरखी सम्बाद कार्यक्रममा कुराकानी गर्दै उहाँले पाँच वर्षमा वडाको मुहार फेर्ने गरि काम गरिरहेको बताएका छन् । सदरमुकाम भित्रको वडा रहेकाले अन्य वडाको तुलनामा थुप्रै चुनौती रहेको बताउदै उनले अव्यवस्थित मार्तडी बजारलाई व्यवस्थित बनाउन, अनियमित खानेपानी, विद्युतको नियमितता, बसपार्क निर्माण, खेलमैदान निर्माण कार्यलाई वडा कार्यालयले मात्रै नभैई सिङ्गो नगरपालिका लागि परेको स्पष्ट पारेका छन् ।

नगरपालिकाले करार कर्मचारीको म्याद थप नगर्दा आफ्ना वडाका पनि १६ जनाको रोजिरोटी खोसिएको प्रति आफु पनि दुखित भएको बताउदै उनले फेरी पनि उनीहरुलाई रोजगारीको व्यवस्था गर्ने प्रयासमा रहेको बताएका छन् । आफ्नो वडा वासिलाई अवको पाँच वर्षमा शिक्षा, स्वास्थ्य, खानेपानी, विद्युत, सञ्चार, लगायतका विकासका पुर्वाधारको पहुँचमा पुर्याइसक्ने प्रतिबद्धता जनाएका छन् । शिक्षा, स्वास्थ्य, खानेपानी, सञ्चार, विद्युत, लगायतका विकासलाई प्रमुख प्राथमिकतामा राखेर काम गरेको बताउदै उनले विकासका आधारभुत आवस्यकता पूरा हुन बाँकी रहेका टोल बस्तीमा पाँच वर्ष भित्र पूरा गर्ने प्रतिबद्धता जाहेर गरेका हुन् । केही व्यक्तिहरुले आफ्नो र वडाका जनप्रतिनिधिका विषयमा समय समयमा आलोचना गर्दै आएको भएपनि आफुले जनताको जनअपेक्षा अनुसार काम गरिरहेको दाबी गरेका छन् । कार्यकालको १६ महिना मात्रै भएको भन्दै उनले चुनाबी प्रतिबद्धता अनुसार नै निरन्तर जनताको सेवामा समर्पित रहेको र चुनाबी प्रतिबद्धता पूरा गर्ने बताएका छन् । वडाका विकासका लागि वडाको श्रोत साधनले नभ्याएका योजनाहरुमा नगर, प्रदेश र संघ सरकार संग पनि आवस्यक पहल गर्दै आएको दावी गरेका छन् ।

समग्रमा वडा अध्यक्ष थापाले वडामा कृषि क्षेत्रको विकास,पर्यटन क्षेत्रको विकास, बाढी पहिरो प्रभावित स्थानीयको समस्या समाधानका लागि निरन्तर लागिरहेको बताएका छन् । एक चोटि सबै कुरा गर्न सकिन्छ भन्ने भ्रममा नपर्न वडा बासिलाई आग्रह गर्दै उनले जनता सामु गएर गरेका प्रतिबद्धता पूरा गर्ने संकल्प गरिरहेको बताएका छन् । आफू निर्वाचित भैसकेपछि आफ्नो वडावासिलाई सेवा सुबिधामा विभेद नगरेको बताएका छन् । जनप्रतिनिधि सबैका साझा हुनुपर्नेमा जोड दिदै उन्ले सबैलाई समान व्यवाहार गरेको उनको भनाई थियो ।

 

यता प्रतिपक्षी दलका नेताहरुले जनताको जनअपेक्षा अनुरुप काम गर्न नसकेको, राजनीतिकरण बढी केन्द्रित भएको, वडाको विकास भन्दा पनि आफ्ना कार्यकर्ता संरक्षणमा व्यस्त भएको आरोप लगाउदै आएक छन् । उसो त वडा अध्यक्ष थापाको उनी निर्वाचित भैसकेपछिको कार्यशैली र विकास निर्माणमा सुस्त गति हेर्दा उनी आफ्नो कार्यकालमा केही गर्न सक्दैनन् भन्ने प्रमाणीत भएको प्रतिपक्षी दलका नेताहरुले टिप्पणी गर्दै आएका छन् ।वडा भित्रका १६ जनाको एकपटक रोजिरोटी खोसिदा पनि चुईक्क समेत नबोलेको, विकास निर्माणमा सुस्तता देखिएको, युवा नेताको जुन जोश जाँगर अनुसारको काम गर्नुपर्ने जनताको अपेक्षा थियो त्यो अनुसार काम गर्न नसकेको भन्दै पटकपटक वडा अध्यक्ष थापाको पटकपटक आलोचना हुँदै आएको छ । तर वडा अध्यक्षले भने जिम्मेवारीमा पुगेपछि समर्थन आलोचना र बिरोध चलिरहने प्रक्रिया रहेको भन्दै यसलाई आफुले सामान्य रुपमा बुझ्ने गरेको बताएका छन् ।

प्रतिक्रिया

सम्बन्धित खवर

लोक सेवा आयोग
प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय
सङ्घीय मामिला तथा सामान्य प्रशासन मन्त्रालय
गृह मन्त्रालय
अर्थ मन्त्रालय
परराष्ट्र मन्त्रालय
रक्षा मन्त्रालय
कानून, न्याय तथा संसदीय मामिला मन्त्रालय
सञ्‍चार तथा सूचना प्रविधि मन्त्रालय
कर्णाली प्रदेश
प्रदेश नं. ५
भौतिक पूर्वाधार तथा यातायात मन्त्रालय
स्वास्थ्य तथा जनसंख्या मन्त्रालय
शिक्षा विज्ञान तथा प्रविधि मन्त्रालय
कृषि तथा पशुपन्छी विकास मन्त्रालय
ऊर्जा, जलस्रोत तथा सिंचाइ मन्त्रालय
संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालय
उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्रालय
महिला बालबालिका तथा ज्येष्ठ नागरिक मन्त्रालय
गण्डकी प्रदेश
भूमि व्यवस्था,सहकारी तथा गरिबी निवारण मन्त्रालय
सहरी विकास मन्त्रालय
श्रम, रोजगार तथा सुरक्षा मन्त्रालय
वन तथा वातावरण मन्त्रालय
युवा तथा खेलकुद मन्त्रालय
खानेपानी मन्त्रालय
सर्वोच्च अदालत
निर्वाचन आयोग
प्रदेश नं. १
सुदूर पश्चिम प्रदेश
भुमि व्यवस्था, कृषि तथा सहकारी मन्त्रालय
उद्योग, पर्यटन, वन तथा वातावरण मन्त्रालय
भौतिक पूर्वाधार विकास मन्त्रालय
प्रदेश लेखा नियन्त्रक कार्यालय
आन्तरिक मामिला तथा कानून मन्त्रालय
सामाजिक विकास मन्त्रालय
प्रदेश सभा सचिवालय
आर्थिक मामिला तथा योजना मन्त्रालय
मुख्यमन्त्री तथा मन्त्रीपरिषद्को कार्यालय
प्रदेश प्रमुखको कार्यालय

बाजुरा स्थानिय सरकार

बडीमालिका नगरपालिका
त्रिवेणी नगरपालिका
बुढीगंगा नगरपालिका
बुढीनन्दा नगरपालिका
गौमुल गाँउपालिका
जगन्नाथ गाँउपालिका
स्वामिकार्तिक खापर गाँउपालिका
खप्तड छेडेदह गाँउपालिका
हिमाली गाँउपालिका
error: Content is protected !!