बाजुराः जिल्लाको हिमाली गाउँपालिका वडा नम्बर ६ धिम गाउँ नजिकैको लेख झिनीमा पाकेका स्याउहरु बजारको अभावले बारीमै थन्किएका छन । स्याहरु पाकेर बारीभरी लटरम्मै भएका छन तर बजारको अभावले स्याहरु ढुवानी गर्न नसकिएको स्थानियले बताएका छन । विगत लामो समय देखि झिनी लेखमा स्याउ खेती गरीदै आएको छ हरेक वर्ष स्याउ फलाउने गरेपनि बजारीकरण नहुदा स्याउ बजारीकरणमा निकै समस्या भएको छ । गाउँमा भएको स्याउ मेला पर्वमा अलि बेचबिखन भएतापनि पुरै स्याहरु कतैपनि ढुवानी नहुँदा बारीमै कुहिने अबूथामा रहेको स्थानियको भनाई रहेको छ ।
स्याउ प्रत्येक वर्षमा क्विण्टलको हिसाबले फले पनि बजार नपाउदा कृषक स्याउ खेतीबाट घाटामा परेका छन। कतिपय बारी बाट स्याउ ल्याएर आफ्ना आफन्त लाई कट्ठाका हिसाबले दिने गरेको छ। कहिले काहिँ सस्तो दर लगाएर बेच्ने गरेपनी भने जस्तो मुल्यमा बेच्न नपाँउदा समस्या भएको कृषक मोहन रावतले वताएका छन ।
धिम गाउँमा करिब ३० प्रतिशत मान्छे स्याउ खेतीमा लागेका छन। स्याउ साउन र भाद्र महिनामा रुखमा लटरम्म फलेको हुन्छ। जति फल लागेपनी बजार नपाउदा स्याउ जग्गा तथा लेखका छानामा राख्ने गरिन्छ। कतिपय स्याउहरु कुहिने गरेक छन। फलेको जति स्याउ बेच्ने हो भने कृषकलाई जीवन निर्वाह गर्न सजिलोसंग हुने थियो तर त्यो सम्भव जस्तो देखिदैन बजारको अभावले स्याउहरु बारीमै राख्न बाध्य त्यहाँका स्थानियहरु रहेका छन । एक जनाले कम्तीमा ५क्विण्टल स्याउ फलाउने गरेका छौ। सबै स्याउ घरमा लिएर आफ्ना आफन्त लगायत नयाँ व्यक्तिलाई निशुल्क वितरण गर्ने गरेका छौ। घरमा लामो समय सम्म राखे भने कुहिने डरले भएपनि निशुल्क दिइने गरेको कृषक कलक रावतले वताएका छन ।
अहिलेको अवस्थामा पनि स्याउ बारीको बारीमा रहेका छ्न। बजार नपाउदा स्याउ भुइँमा झरेर कुहिने गरेका छन। कतिपय कृषकले स्याउ कुहिने डरले गाइ बस्तुलाई आहारा रूपमा खुलाउने गरेका छन। स्याउ रुख बाट निकाली सकेको अलि धेरै समय भए चाडै बिक्री गर्न पाएन भने कट्टामा कुहिने हुँदा खेतीयोग्य ठाँउमा फालिने गरीएको छ ।स्याउ बिक्रिको लागी तत्काल बजारको ब्यबस्था मिलाउन र उत्पादित स्याउ अन्य जिल्लाहरुमा पनि बजारीकरण गर्न तत्काल पहलको आबश्यकता रहेको स्थानियको भनाई रहेको छ । यो समस्या तत्काल समाधान गर्न पनि स्थानियले माग गरेका छन ।