बाजुराः बाजुरामा आएका नयाँ प्रमुख जिल्ला अधिकारी भिमकान्त पौडेल सँगको परिचयात्मक कार्यक्रम सम्पन्न भएको छ । जिल्ला स्थित गैरसरकारी कार्यालयका प्रमुख एवम् प्रतिनिधि, सञ्चारकर्मी र प्रमुख जिल्ला अधिकारी बीच भएको परिच्यात्मक कार्यक्रम जिल्ला प्रशासन कार्यालय बाजुरामा सम्पन्न भएको हो । जिल्ला प्रशासन कार्यालय बाजुराको आयोजनामा परिच्यात्मक कार्यक्रमको आयोजना गरिएको हो ।
कार्यक्रममा उपस्थितले, अवरुद्ध सडक खण्ड तत्काल खुलाउन पहल, खाद्यान्न अभावको समस्या सामाधान, किसानहरुको स्याउ ढुवानीका लागि पहल,जिल्लामा बढ्दै गएका चोरी लगायतका अपराधका घटनाहरु नियन्त्रण गरि शान्ति सु(व्यवस्था कामम गर्नुपर्ने, सवारी दुर्घटना लगायतका घटनाहरु कम गर्न जिल्ला प्रशासन कार्यालयकै तर्फबाट पहल गर्नुपर्ने, लगायका समस्याहरु समाधानका लागि तत्काल पहल गर्न प्रमुख जिल्ला अधिकारीलाई अनुरोध गरेका थिए । यता प्रमुख जिल्ला अधिकारी भिमकान्ता पौडेलले जिल्लाका सबै सरकारी तथा गैरसरकारी निकाय संग स्थानीय पालिकासंग समन्वय सहकार्य गरेर अगाडि बढ्न तयार रहेको बताएका छन् । जिल्लामा शान्ति सुरक्षा कायम गरि शान्ति सुव्यवस्था कायम गर्ने कुरामा काहीं कतै कमजोरी नराख्ने उनले बताएका छन् । छलफलका क्रममा आएका सुझावलाई ग्रहण गरेर सोही अनुसारको काम अगाडि बढाउने प्रजिअ पौडेलको भनाई थियो । जिल्ला प्रशासन कर्यालयको तर्फबाट र अन्य सरकारी कार्यालयहरुको तर्फबाट प्रदान गरिने सेवाहरु चुस्त दुरुस्त बनाउदै लजाने पनि उनले बताएका छन् ।
यो बिषयमा सोमबार जिल्ला प्रशासन कार्यालयमा भएको परिचयात्मक कार्यक्रममा बाजुरामा यतिबेला महङ्गो चामल मात्रै आएको यसले सर्वसाधारण मारमा परेको बिषयमा छलफल भएको छ । जिल्ला स्थित सरकारी तथा गैरसरकारी कार्यालयका प्रमुख एवम् प्रतिनिधि, सञ्चारकर्मीहरु संग भएको परिचयात्मक कार्यक्रममा प्रजिअलाई जिल्लामा रहेको जरजर खाद्यान्न समस्याका लागि पहल गर्न अनुरोध गरिएको छ । प्रमुख जिल्ला अधिकारी भिमकान्त पौडेलले पनि जतिसक्दो चाडो समस्या समाधानका लागि पहल गर्ने बताएका छन् ।कार्यक्रममा प्रमुख जिल्ला अधिकारी भिमकान्त पौडेल, सहायक प्रमुख जिल्ला अधिकारी, जिल्ला स्थित गैरसरकारी कार्यालयका प्रमुख एवम् प्रतिनिधि पत्रकार लगायतको उपस्थिती रहेको थियो ।











