बाजुरा– बलत्कार गरेको आरोपमा बाजुराका एक युवक नेपालगञ्जमा प्रकाउ परेका छन। बाजुरास्थित जगन्नाथ गाउँपालिका ४ का २० वर्षीय दिलबहादुर बुढा बलात्कार आरोपमा नेपालगंज प्रहरीले पक्राउ गरेको हो ।
जिल्ला प्रहरी कार्यालय बाजुराका प्रहरी निरीक्षक दानसिहं भण्डारीका अनुसार बुढा नेपालगञ्जमा हिजो पक्राउ परेको र अहिले जिल्ला पुगाइसकेको बताएका छन। प्रहरीका अनुसार बुढा जबर्जस्ती करणी गरेको आरोपमा समातिएका हुन्। दिल बहादुर बिरुद्ध जबर्जस्ती करणी बिरुद्ध मुद्धा आएकोले थप अनुसन्धान हुने प्रहरीको भनाइ रहेको छ ।











