बाजुराः जिल्लाको हिमाली गाउँपालिकामा ५५ जना नेकपा एमाले परित्याग गरि नेपाली काङ्ग्रेस पाटीमा प्रवेश गरेका छन।पालिकाको वडा नम्बर २ कोटमा नेपाली काङ्ग्रेसको पाटी सुदृढीकरण कार्यक्रम संगै ५५ जना नेकपा एमाले परित्याग गरि नेपाली काङ्ग्रेस पाटीमा प्रवेश गरेका छन। पाटी प्रवेश गर्ने वडा नम्बर २ कोट गाउँका ३८ जना, नातिखोलाका १ जना, रुम्दी गाउँका १६, जना गरि जम्मा ५५ जना नेकपा एमाले परित्याग गरि नेपाली काङ्ग्रेस पाटीमा प्रवेश गरेका वडा सभापति काली बहादुर थापाले बताएका छन।
नेपाली काङ्ग्रेस पाटीको वडा छलफल नेताकार्यकर्ता बीच भव्य रूपमा गरिएको छ। पाटी संघसंगठन स्तर बढाउन वडा कार्यसमिति आयोजनामा औपचारिक कार्यक्रम समेत भएको छ। उक्त कार्यक्रमको प्रमुख अतिथि नेपाली काङ्ग्रेस महासमिति सदस्य गोबिन्द बहादुर मल्ल, बिशिस्ट अतिथि नेपाली काङ्ग्रेस महासमिति सदस्य रमेश वि.क, अतिथिमा नेपाली काङ्ग्रेस जिल्ला कार्यसमिति कोषाध्यक्ष भिमानन्द पाण्डे, गाउँ कार्यसमिति सभापति अमलाल कार्की, सहित नेताकार्यकर्ता भेला गराइ कार्यक्रम गरिएको सभापति थापाले बताएका छन।नेकपा एमाले परित्याग गरी नेपाली कांग्रेसमा प्रबेश गर्ने ब्यक्तिहरुलाई टिका सहित खादा, मालाहरुले स्वागत समेत गरीएको छ ।