बाजुराः बडीमालिका नगरपालिका वडा न । ४ का वडा अध्यक्ष अर्जुन नाथले आफ्नो वडा भित्रका कुनै पनि बालबालिकाले बालबिवाह गरेको खबर पाएमा आफै प्रहरीमा उजुरी दिने बताएका छन् । रेडियो पौरखीको पालिका संग पौरखी सम्बाद कार्यक्रममा बोल्दै अध्यक्ष नाथले यस्तो बताएका हुन् । बालबिवाह न्यूनीकरणका लागि वडाले समय समयमा जनचेतनामूलक कार्यक्रम संगै थुप्रै प्रयास गर्दै आएको बताउदै उनले भने “जो कार्यक्रममा सहभागी हुन्छन् , उनीहरुले नै बालबिवाह गर्छन् , जति भनेपनि मान्दैनन् , बढी जसो प्रेममा परेर बालबिवाह हुने गरेको छ,”
अब यसलाई नियन्त्रण गर्नका लागि आफै प्रहरीमा उजुरी दिएर कानुनी कारबाही गराउनेतयारीमा रहेको उनले बताएका छन् । यस्तै अन्य सामाजिक समस्याको न्यूनीकरणका लागि पनि वडाको तर्फबाट लागिपरेको उनको भनाई छ । यी समस्याहरी एकैचोटि हामीले न्यूनीकरण गर्न खोज्दैमा शुन्यमा न्यूनीकरण गर्ने कुरा सम्भव नभएको भन्दै नाथले बिस्तारै कम हुँदै जाने बिश्वास व्यक्त गरेका छन् । अन्य ठाउँको तुलनामा छाउपडी पर्था र जातीय विभेद कम रहेको दाबी गरेका छन् । आफू निर्वाचित भैसकेपछी विगतमा सार्वजनिक ठाउँ जस्तै मन्दिर लगायतका सार्वजनिक क्षेत्रमा दलित प्रवेश निशेध गर्ने प्रचलन अन्त्य गर्न सफल भएको बताएका छन् ।
उनले आफु निर्वाचित भैसकेपछी शिक्षा,स्वास्थ्य,कृषीऽ खानेपानी,पर्यटनलाई प्रमुख प्राथमिकतामा राखेको बताएका छन् । अध्यक्ष नाथले भने “ वडामा आइसिटी जडानको प्रक्रियामा छौँ वडामा रहेको स्वास्थ्य सस्थामा एक जना पनि कर्मचारी थिएनन्, अहिले कार्यालय सहयोगि, अनमी लगायत तीन जना कर्मचारी राख्न सफल भएका छौँ, बर्थिा सेन्टर स्थपना हुनुपर्छ भनेर मैले नै पहल गरेको थिए, वडाका सबै बस्तिमा प्राय खानेपानीको पहुँच छ एक ठाँउ मात्रै नभएको बताउदै सो ठाँउमा खोनेपानिीको व्यवस्था गर्न यसै आथिर्कक वर्षमकमा रु ५ लाख बेजेट विनियोज गरिसकेका छौँ, सडकको पहँच नपुगेका ठाँउमा पुयाएने कगरी काम भइरहेको छ, उत्कृष्ट ३६ जना कृर्षकलाई सम्मान गरेका छौँ दहडाँडा क्षत्रलाई पर्यटकिय क्षत्र घोषणा गर्ने योजना छ त्यसका लागि म निरन्तर पहलमै छु,”
आफ्नो वडामा विद्युत र सञ्चारको भने समस्या नरहेको बताएका छन् । कृषि क्षेत्रको विकासका लागि थुप्रै कामको सुरुवात गर्न खोजेपनि सिँचाइको समस्याका कारण समस्या भएको बाताउदै उनले सबै बस्तीमा सिचाइको व्यवस्था गर्न प्रदेश र संघ सरकार संग पहल गरिरहेको बताए । थुप्रै नयाँ कामको सुरुवात आफू निर्वाचित भैसकेपछि गरेको पनि अध्यक्ष नाथले दाबी गरेका छन् । अध्यक्ष नाथले आफ्नो कार्यकाल भित्र वडा कार्यालयको भवन निर्माण गरिसक्ने, सबै बस्तीहरुमा सडकको पहुँच पुर्याउने वडा भित्र रहेका सबै बिद्यालयको भौतिक संरचना निर्माण गर्नुका साथै गुणस्तर सुधार गर्ने, आधारभुत स्वास्थ्य उपचारको व्यवस्था वडा भित्रै व्यवस्था गर्ने, युवाहरूलाई स्वरोजगार बनाउने सिपमुलक तालिम सञ्चालन गर्ने योजनामा रहेको बताएका छन् । वडा कार्यालयले एक बाहेकका सबै योजनाहरुको काम सम्पन्न भएको पनि उनले बताएका छन् ।
आफ्नो कार्यकालामा वडाको विकासका लागि नगर सरकार, प्रदेश सरकार , र संघ सरकार संग निरन्तर समन्वय र सहकार्य गरिरहेको बताएका छन् । यतिबेला प्रदेशबाट आएका जम्मै योजनाहरु कमिसनका योजना रहेको अध्यक्ष नाथको आरोप छ। आफुले कमिसन दिएर योजना ल्याउन नचाहेको बताउदै उनले बाजुराका विभिन्न ठाउँमा आएको बजेटहरु कमिसन दिएर मात्रै आएको टिप्पणी गरेका छन् । आगामी आर्थिक वर्षमा बडीमालिकाका अन्य वडामा भन्दा आफ्नो वडामा बढी बजेट ल्याउने प्रयास गर्ने पनि उनले बताएका छन्।कार्यपालिकामा आफुहरुले गरेका कुराको सुनुवाई नगरेको आरोप लगाएका छन् । कार्यपालिकामा बहुमतको दम्भ देखाउने गरेको आरोप लगाए।
उनले भने, “हाम्रो कुरा सुनुवाई हुदैन, गरो निर्णयहरु कार्यान्वयन हुँदैनन् कृर्षकहरुलाई रेनकोटर घाँस काट्ने मेसिन दिने भने, तर खै त अहिले दिएको, हाम्रो पनि कुरा सनेको भए नगरको यो अवस्था हुँदैन थियो,”कार्यपालिकामा सबै सदस्यका सुझावहरुलाई ग्रहण गरेर मात्रै निर्णय गर्नुपर्ने आफुहरुको माग गर्दै आएको भएपनि बहुमतले निर्णय पारित गर्ने गरेको बताएका छन् । कार्यपालिकाले गरेका थुप्रै निर्णयहरु कार्यान्वयन गर्न असफल भएको पनि अध्यक्ष नाथको भनाई छ । सबैका कुरा सुनुवाई नहुँदा नगरको विकासको गतीलाई लिएर जनताले प्रश्न उठाइरहेको नाथले बताए।