बाजुराः जिल्लाको हिमाली गाउँपालिकाका भौतिक पुर्वाधार विकास सहजका लागि आफ्नै डोजर खरिद गरिएको छ्न।पालिका भरीका भौतिक योजना निर्माणकार्यमा सहज बनाउन हिमाली गाउँपालिकाले आफ्नै डोजर खरिद गरिएको छ। पालिका भित्र घटेका विपदका घटनाहरुलाई तत्काल समाधान गर्नका लागी डोजर खरिद गरीएको हो । १२ औं गाउँ सभा तयार गरेर निति तथा कार्यक्रम पहिलो प्राथमिकता राख्दै शुक्रबार दिउँसो गाउँपालिकामा नयाँ डोजर पुर्याएको हिमाली गाउँपालिका कार्यालयले जनाएको छ।
गाउँपालिकामा रहेका सडक निर्माणका काम लगायत विभिन्न किसिमबाट गर्न सकिने कामकाज सहजीकरण गर्नका लागि स्रोतसाधन अभाव नहुन दिन पालिकाको डोजर भित्र्याएको छ। अब गाउँपालिका मुख्य सडक देखि ग्रामीण सडक विभिन्न कारणले बन्द भएपनि छिटोछरितो सञ्चालन गर्नका लागिसजिलो हुने भएको छ ।भौतिक पुर्वाधार बिकासमा सहज बनाउनका लागी उक्त डोजर खरिद गरीएको पालिका अध्यक्ष गोबिन्द बहादुर मल्लले बताउनुभएको छ ।
हिमाली गाउँपालिकाले आफ्नै डोजर इन्जिनियर मदन राज पाण्डे र सूचना प्रविधि अधिकृत सागर रोकायाले डोजर खरिद पत्र र चापी समेत बुझेका छन।अब हिमाली गाँउपालिकामा बिपदजस्ता घटनाहरुको तत्काल समाधान गर्नमा डोजरले महत्वपुर्ण भुमिका खेल्ने पनि अध्यक्ष मल्लले बताएका छन ।